NE/Prabhupada 0025 - यदी हामीले वास्तविक कुरा दियौं भने त्यसले कार्य गर्नेछ



Conversation with Yogi Amrit Desai of Kripalu Ashram (PA USA) -- January 2, 1977, Bombay


याेगी अमृत देसाइ: तपाईप्रति मेराे निकै नै प्रेम छ र मैले भनेकाे थिएँ कि म तपाईकाे दर्शनकाे निमित्त अाउनै पर्छ ।

प्रभुपादः धन्यवाद ।

याेगी अमृत देसाइः म भक्तहरूलाई भनिरहेकाे थिएँ । मैले भनें कि तपाई .....

प्रभुपादः तपाई डा. मिश्रासँगै हुनुहुन्छ ?

याेगी अमृत देसाइः हाेइन , म उहाँसँग छैन । म यहाँका सारा भक्तहरूलाई भनिरहेकाे थिएँ । मैले भनें कि श्रील प्रभुपाद पहिलाे व्यक्ति हुनुहुन्छ जसले भक्तिलाई पश्चिममा ल्याउनुभयाे , जहाँ याे सबैभन्दा अावश्यक छ । किनभने त्यहाँ तिनीहरू साेचिरहने गर्छन् , साेचिरहने गर्छन् । प्रेमकाे याे मार्ग निकै नै गहन छ ।

प्रभुपादः हेर्नुहोस् । यदि तपाई असली वस्तु प्रस्तुत गर्नुहुन्छ |

याेगी अमृत देसाइ: निकै नै वास्तविक छ ।

प्रभुपादः यसकाे साक्षात्कार हुनेछ ।

याेगी अमृत देसाइः त्यसकारण याे अत्यन्तै सुन्दर तरीकाले बढ्दैछ , किनभने याे असली छ ।

प्रभुपादः उनीहरूलाई असली वस्तु दिनु नै भारतीयहरूकाे कर्तव्य हाे । याे पराेपकार हाे । मभन्दा अगाडि यी सबै स्वामी र याेगीहरू उनीहरूलाई ठग्न त्यहाँ गएका थिए ।

याेगी अमृत देसाइ: हाेइन , उनीहरूलाइ डर थियाे कि उनीहरू स्वीकारीने छैनन् त्यसकारण उनीहरू सत्य दिनकाे लागि डराउँथे ।

प्रभुपादः उनीहरूलाई सत्य के हाे थाहा थिएन । (हाँसाे ) डर हाेइन । किन ? यदि कुनै व्यक्ति सत्यताकाे धरातलमा छ भने , ऊ किन डराउनु ?

याेगी अमृत देसाइ: निश्चय नै ।

प्रभुपादः उनीहरूलाई सत्य के हाे थाहा थिएन, विवेकानन्दबाट सुरू भएर ।

याेगी अमृत देसाइ: ठीक हो । तपाई अाएपछि .... म त्यहाँ सन् १९६० मा थिएँ । मैले याेग सिकाउन सुरू गरेँ । तर तपाई अाएपछि , म भक्ति र मन्त्र सिकाउन निडर भएँ । त अहिले हाम्राे अाश्रममा निकै नै भक्ति छ , निकै भक्ति । र मैले याे सम्मान तपाईलाई दिएँ किनकी म उनीहरुलाई दिन डराउँथे, किनभने म साेच्ने गर्थें, " यिनीहरू इसाई हुन् । उनीहरूले भक्ति रूचाउने छैनन् । उनीहरूले गलत अर्थ निकाल्नेछन् ।" तर तपाईले चमत्कार गर्नुभएकाे छ । भगवान् कृष्णले तपाईकाे माध्यमबाट चमत्कार गर्नुभएकाे छ । याे निकै नै आश्चर्यजनक छ, संसारको सबैभन्दा ठुलाे चमत्कार । म अत्यन्तै दृढतापुर्वक यो महसुस गर्दछु ।

प्रभुपादः तपाई निकै उदार हुनुहुन्छ कि तपाईले याे बयान दिनुभएकाे छ । यदि हामीले असली वस्तु दिन्छौं भने यसले अवश्य असर गर्नेछ ।

याेगी अमृत देसाइ: हाे । याे कार्य म पनि गर्दैछु । सबैजना .... हाम्राे अाश्रममा करिब १८० मानिस स्थायी रूपमा बसाेबास गर्छन् र उनीहरू ब्रह्मचर्यकाे अभ्यास गर्छन् । सबैजना बिहान ४:00 बजे उठ्छन् र उनीहरू ९:०० बजे सुतिसक्छन् । र उनीहरू एक अर्कालाइ स्पर्श पनि गर्दैनन् । उनीहरू फरक कक्षमा सुत्छन् । सत्संगमा पनि उनीहरू भिन्न भिन्न बस्छन् । सबै कडा छ । न नशा , न मदिरा , न मासु , न चिया , न कफि , न लसुन , न प्याज । शुद्ध ।

प्रभुपाद: धेरै राम्राे । हाे | हामी पनि यसकाे पालना गर्छाै ।

याेगी अमृत देसाइ: हाे ।

प्रभुपादः तपाइहरूसँग कुनै अर्च विग्रह हुनुहुन्छ ?

याेगी अमृतः हुनुहुन्छ । भगवान् कृष्ण र राधा हाम्रा अर्च विग्रह हुनुहुन्छ । मेराे गुरू स्वामी कृपालु अानन्दी हुनुहुन्छ । बराेडा नजिक उहाँकाे अाश्रम छ । उहाँले अाफ्नाे साधनाकाे अभ्यास २७ बर्षसम्म गर्नुभयो र १२ वर्ष पूर्ण माैन हुनुहुन्थ्यो । विगतका केही वर्ष उहाँ वर्षकाे एक वा दुई पटक बाेल्नुहुन्छ किनभने अनेक व्यक्ति अनुराेध गर्छन् ।

प्रभुपादः उहाँ जप गर्नुहुन्न ?

याेगी अमृत देसाइ: उहाँ जप गर्नुहुन्छ । अाफ्नाे माैनताकाे क्रममा , उहाँलाई जपकाे अनुमति छ । किनभने जब उहाँ भन्नुहुन्छ .... जब तपाई भगवानकाे नाम लिनुहुन्छ, यसलाई माैन व्रत तोडिएको मानिंदैन । त्यसकारण उहाँ जप्नुहुन्छ ।

प्रभुपादः माैनताकाे अर्थ याे हाे कि हामीले बेकार कुरा बाेल्नु हुँदैन । हामी हरे कृष्ण जप्न सक्छौं। त्याे माैनता हाे । समय नष्ट गर्न छाेडेर , यी भाैतिक वस्तुहरूकाे विषयमा बाेल्न छाेडेर , अाउनुहाेस् हरे कृष्णकाे जप गराैँ । याे सकारात्मक हुन्छ । र मनाैता नकारात्मक हुन्छ । बेकार कुरा छाेड्नुहाेस्, समझदारीकाे कुरा गर्नुहाेस् ।

याेगी अमृत देसाइ: सही हाे ! याे कुरा सही हाे ।

प्रभुपादः परम् दृस्ट्वा निवर्तते (भ गी २।५९)। परम् दृस्ट्वा निवर्तते । यदि कुनै व्यक्तिले आफ्ना बेकार बानि हटाउँछ , तब परम परम् दृस्ट्वा निवर्तते | जब तपाईलाई उत्तम वस्तु प्राप्त हुनेछन् , तब तपाईले स्वभाविक रूपमा सारा बेकार वस्तु छाेड्नुहुनेछ । जुनसुकै भाैतिक वस्तु पनि बेकार हुन्छ । कर्म , ज्ञान , याेग , यी सब भौतिक हुन् । कर्म, ज्ञान , याेग । यहाँसम्म कि तथाकथित याेग, यी सब भाैतिक हुन् ।