NE/Prabhupada 0026 - तपाई पहिले कृष्णको जगतमा स्थानान्तरित हुनुहुनेछ



Morning Walk -- October 5, 1975, Mauritius


भारतीय व्यक्तिः स्वामीजी , भनिएकाे छ कि हामी जस्ताे कर्म गर्छौं.... हामी अाफ्नाे कर्म अनुसार जन्म लिन्छौं । यदि हामीले कुनै कर्म गरेका छौं भने परमेश्वरकाे नियम अनुसार जन्म लिनैपर्छ ।

प्रभुपादः तपाईले जन्म लिनैपर्छ । याे वास्तविकता हाे । तपाई यसबाट बच्न सक्नुहुन्न । तपाईकाे कर्म अनुरूप तपाईले जन्म लिनुपर्छ ।

भारतीय व्यक्तिः तर .... यसकाे अर्थ याे हाे कि तपाइले जे लेखिएकाे छ , त्यही भाेग्नु पर्छ । हाे ? त्यसकारण के तपाई साेच्नुहुन्छ कि.....

प्रभुपादः जस्तै, जब तपाईकाे याे सर्ट च्यातिन्छ , तब तपाईले नयाँ सर्ट किन्नुपर्ने हुन्छ । अब , त्याे सर्ट तपाइले अाफ्नाे मुल्य अनुसार किन्नुपर्ने हुन्छ । यदि तपाईले राम्राे मुल्य दिनुहुन्छ ,भने तपाईले राम्राे सर्ट पाउनुहुनेछ । तर यदि तपाईसँग पैसा छैन भने तपाईले नराम्राे सर्ट पाउनुहुनेछ । बस् ।

भारतीय व्यक्तिः म याे भन्न चाहन्थें, स्वामीजी , कि नर्क पनि यसै संसारमा स्थित छ, किनभने तपाईलाई के लाग्छ कि हामीले हाम्राे कर्जा कहाँ तिर्न सक्छाैं ? पाप , हाम्राे पापकाे कर्जा । तपाईलाई के लाग्छ हामीले याे कहाँ तिर्न सक्छौं ? नर्कमा , जुन ....

प्रभुपादः नर्क तपाईलाई सजाय दिइने स्थान हाे ।

भारतीय व्यक्तिः त्यसकारण याे पृथ्वीमा नै छ ।

प्रभुपादः किन पृथ्वी ?

भारतीय व्यक्तिः पृथ्वीमा नै हाेइन र ?

प्रभुपादः हाेइन । याे हुन सक्दैन ....

भारतीय व्यक्तिः अरू कुनै ग्रहमा ? प्रभुपादः .... लाखौं मील टाढा । भारतीय व्यक्तिः तर याे पत्ता लागेकाे छैन ... केवल नर्क एक स्थानमा स्थित छ वा प्रदा (?) अरू कुनै स्थानमा अवस्थित छ ? तपाई के साेच्नुहुन्छ , स्वामीजी ? प्रभुपादः हाे । हाे । थुप्रै ग्रहहरू छन् । भारतीय व्यक्तिः यस संसारमा थुप्रै व्यक्तिहरू पिडित छन् ।

प्रभुपादः पहिले उनीहरूलाइ नारकीय लाेकहरूमा प्रशिक्षण दिइन्छ र त्यसपछि उनीहरू त्यही स्तरकाे जीवन बाँच्न यहाँ अाउने गर्छन् ।

भारतीय व्यक्तिः जब हाम्राे अात्मा यस शरीरबाट बाहिर निस्कन्छ , तब याे नर्कमा जान्छ वा ....

प्रभुपादः नर्क |

भारतीय व्यक्तिः .... गोलार्द्ध वा तुरून्तै जन्म लिन्छ ?

प्रभुपादः हाे । जाे पापी छन् , उनीहरूले तत्काल जन्म लिंदैनन् । सर्वप्रथम त उनीहरूलाई नर्कमा प्रशिक्षण दिइन्छ, कसरी दुःख भाेग्ने, पीडासँग अभ्यस्त हुने र त्यसपछि उनीहरू जन्म लिन्छन्, अनि दुःख भाेग्छन् । जस्तै तपाई अाइ.ए.एस पास गर्नुहुन्छ । त्यसपछि तपाई न्यायाधीशकाे सहायक बन्नुहुन्छ । तपाईले सिक्नुहुन्छ । त्यसपछि तपाईलाई न्यायाधीशकाे रूपमा नियुक्त गरीन्छ । तपाई परमेश्वरकाे धाम जानकाे लागी याेग्य भए तापनि तपाईलाई सर्वप्रथम त्यस लाेकमा लगिन्छ, जहाँ भगवान् श्रीकृष्ण अहिले उपस्थित हुनुहुन्छ र त्यहाँ तपाई अभ्यस्त हुनुहुन्छ । त्यसपछि तपाई वास्तविक वृन्दावनमा जानुहुन्छ ।

भारतीय व्यक्तिः तसर्थ , हाम्राे मृत्युपछि ....

प्रभुपादः भगवानका सारा व्यवस्थाहरू पूर्ण छन् । पूर्णम्। पूर्णम् अदः पूर्णम् इदं पूर्णात् पूर्णम्। (इशोपनिषद् मंगलाचरण)। जुन वस्तु भगवानद्वारा सिर्जित हुन्छन् , ती सबै पूर्ण हुन्छन् ।