NE/Prabhupada 0027 - तिनीहरुलाई अर्को जीवन छ भनेर थाहा छैन



Lecture on CC Adi-lila 7.1 -- Atlanta, March 1, 1975


(पढ्दै) " एक व्यक्ति भाैतिक अस्तित्वकाे बद्ध जीवनमा असहाय अवस्थामा हुन्छ | तर बद्ध जीव माया वा बाह्य शक्तिकाे प्रभावमा याे साेच्दछ कि ऊ अाफ्नाे देश, समाज , मित्रता र प्रेमबाट पूर्ण रूपमा सुरक्षित छ , उसलाई थाहा छैन कि मृत्युकाे समयमा कसैले पनि उसलाई बचाउन सक्दैनन् । " यसलाइ माया भनिन्छ । तर ऊ विश्वास गर्दैन । मायाकाे प्रभावमा ऊ याे पनि विश्वास गर्दैन कि जोगिनु भनेकाे के हाे । जोगिनु । जोगिनु अर्थात् अाफुलाई याे जन्म र मृत्युकाे चक्रबाट जाेगाउनु । यसलाई वास्तविक रुपमा जोगिनु भनिन्छ । तर उनीहरूलाई थाहा छैन । (पढ्दै) "भाैतिक प्रकृतिकाे नियम यति बलियाे छ कि हाम्रा कुनै पनि भाैतिक सम्पत्तिले हामीलाई मृत्युकाे क्रुर हातबाट बचाउन सक्दैन । " सबैलाई याे कुरा थाहा छ । र याे हाम्राे वास्तविक समस्या हाे । मृत्युसँग काे डराउँदैन ? प्रत्येक व्यक्ति मृत्युसँग डराउछ । किन ? किनभने कुनै पनि जीव मर्नकाे लागि बनेको हाेइन । ऊ शाश्वत छ , त्यसकारण जन्म , मृत्यु , जरा र व्याधि, यी कुराहरु उसकाे लागि कष्ट हुन् । ऊ शाश्वत भएकाले उसले जन्म लिंदैन , न जायते , र जसले जन्म लिंदैन , उसकाे मृत्यु पनि हुँदैन, न म्रियते कदाचित् (भ गी २।२०) । याे हाम्राे वास्तविक अवस्था हाे ।

त्यसकारण हामी मृत्युसँग डराउँछाैँ । याे हाम्राे प्राकृतिक झुकाव हाे । त्यसकारण हामीलाई मृत्युबाट बचाउनकाे लागि .... याे मानवजातिकाे पहिलाे कर्तव्य हाे । हामी कृष्ण भावनामृत अभियानमा केवल यही प्रयाेजन लागि सिकाउँदैछौं । यो उद्देश्य प्रत्येक व्यक्तिकाे हुनुपर्दछ । याे शास्त्रकाे निर्देशन हाे । जाे अभिभावक छन् .... सरकार , पिता , गुरू , उनीहरू बच्चाका अभिभावक हुन् । उनीहरूलाई थाहा हुनुपर्दछ कि कसरी संसारलाई सुरक्षा दिन सकिन्छ ..... न मोचयेद् यः समुपेत मृत्युम् (श्री भा ५|५|१८)। सारा संसारमा याे दर्शन कहाँ छ ? यहाँ यस्ताे कुनै दर्शन छैन । यस कृष्ण भावनामृत अभियान एकमात्र स्थान हो जसले यस दर्शनलाई अघि सरेको छ, मनाेमानी रूपमा हाेइन तर अाधिकारिक शास्त्रबाट , वैदिक साहित्यबाट , अधिकारीहरूबाट | त्यसकारण याे हाम्राे अनुराेध हाे । हामी मानव समाजकाे कल्याणकाे लागि विश्वभर विभिन्न केन्द्र खाेलिरहेका छाैँ, उनीहरूलाई जीवनकाे लक्ष्य के हाे थाहा छैन , मृत्यु पछि अर्काे जीवन हुन्छ भन्ने थाहा छैन । यी कुराहरू उनीहरूलाई थाहा छैन । निसन्देह अर्काे जीवन छ र तपाईले अाफ्नाे अर्काे जीवनकाे तैयारी यही जीवनमा गर्न सक्नुहुन्छ । तपाई उच्च लाेकहरूमा जान सक्नुहुन्छ , उच्च अारामकाे लागि , भैातिक अारामकाे लागि । तपाई यहाँ सुरक्षित अवस्थामा रहन सक्नुहुन्छ । सुरक्षित अर्थात याे भाैतिक जीवन ।

जस्तै भनिएकाे छ ,

यान्ति देव​-व्रता देवान् पितृन् यान्ति पितृ-व्रताः भूतानि यान्ति भूतेज्या मद्-याजिनो ऽपि यान्ति माम्
(भ गी ९।२५)

स्वर्गीय लाेकहरूमा उच्च स्तरकाे जीवनकाे लागि तपाई अाफुलाइ तयारी गर्न सक्नुहुन्छ अथवा यसै संसारकाे उच्च समाजमा अथवा त्याे लाेकमा जान सक्नुहुन्छ जहाँ भूतप्रेत र अन्य नीच जीवहरूले नियन्त्रण गरीरहेका छन् । अथवा तपाई त्यस लाेकमा जान सक्नुहुन्छ जहाँ कृष्ण उपस्थित हुनुहुन्छ । सबैकुरा तपाइकाे लागि खुला छ । यान्ति भूतेज्या मद्-याजिनो ऽपि यान्ति माम् | तपाईले केवल अाफुलाई तयार राख्नुपर्छ । जस्तै युवा अवस्थामा उनीहरूलाई शिक्षा दिइन्छ - कुनै व्यक्ति इन्जीनिएर बन्नेछ , कुनै व्यक्ति स्वास्थकर्मी बन्नेछ , कुनै व्यक्ति वकिल र अरू धेरै व्यवसायिक व्यक्ति - र उनीहरू शिक्षाले तयारी गर्छन्, त्यसैगरी , तपाई अाफ्नाे अर्काे जीवनकाे तयारी गर्न सक्नुहुन्छ । याे बुझ्नलाइ गाह्राे छैन । तर उनीहरू अर्काे जीवनमा विश्वास गर्दैनन् , यद्यपि याे सामान्य कुरा हाे । वास्तवमा अर्काे जीवन छ किनभने श्रीकृष्ण भन्नुहुन्छ र हामीले थाेरै बुद्धिकाे प्रयाेग गरेर याे दर्शन बुझ्न सक्छाैँ कि अर्काे जीवन हुन्छ । हाम्राे प्रस्ताव यो हाे कि "यदि तपाई अर्काे जीवनकाे लागि अाफुलाई तयार पार्न चाहनुहुन्छ भने तपाई किन भगवद् धाम फर्कनकाे लागि कठिनाइ उठाउनुहुन्न ? याे हाम्राे प्रस्ताव हाे ।