NE/Prabhupada 0053 - पहिलो कुरा भनेको हामीले सुन्नुपर्छ



Lecture on SB 2.1.5 -- Delhi, November 8, 1973


हामी पनि प्रकृति हौँ | हामी पनि भगवानको शक्ति हौँ | र हामीले पदार्थको स्रोतको उपयोग गर्न खोजिरहेको कारण भौतिक वस्तुको मूल्य छ | अन्यथा, त्यसको मूल्य छैन, शुन्य | तर हाम्रो काम भनेको.... त्यो यहाँ वर्णित छ, कि हामी यस पदार्थमा अल्झिएको कारण.. यो पदार्थ हाम्रो सरोकारको विषय होइन | हाम्रो एकमात्र सरोकार भनेको यो पदार्थबाट कसरी बाहिर निस्कने भन्ने हो | त्यो हाम्रो वास्तविक कर्तव्य हो | यदि तपाईलाई कर्तव्य चाहिन्छ भने यहाँ सुझाव छ | त्यो के हो ? श्रोतव्यः कीर्तितव्यश् च​ । जबसम्म तपाई सुन्नुहुन्न, तपाईले कसरी आफ्नो स्थिति बुझ्नुहुन्छ? जब तपाई भगवानलाई, कृष्णलाई बुझ्नुहुन्छ र तपाईले बुझ्नुहुन्छ कि तपाई भगवानको अंश हुनुहुन्छ, वा कृष्णको अंश हुनुहुन्छ, तब तपाईले आफ्नो स्थिति बुझ्न सक्नुहुन्छ: "ओहो! हामी भगवानका अंश हौँ |"

कृष्ण परमपुरुष हुनुहुन्छ, षड्-ऐश्वर्य-पूर्णम्, सबै ऐश्वर्यले पूर्ण | जस्तै बाटोमा एउटा पागल छोरा भट्किरहेको छ, जब उसले राम्रो दिमागले बुझ्छ कि "मेरा पिता कति धनि हुनुहुन्छ, कति शक्तिशाली हुनुहुन्छ, र म किन बौलाहा जसरी सडकमा घुम्दैछु? मसँग खाना छैन, बास छैन | म ढोका-ढोकामा गएर मागिरहेको छु," तब ऊ आफ्नो चेतनामा आउँछ | त्यसलाई ब्रह्म-भूत (भ गी १८।५४) स्तर भनिन्छ | "ओहो! म यो पदार्थ होइन | म आत्मा हुँ, भगवानको अंश | ओहो!" त्यो चेतना हो | हामीहरु यस चेतनालाई जगाउन प्रयासरत छौं |

यो मानिसको लागि सर्वोत्तम कल्याणकारी सेवा हो, उसको गुमेको चेतना जगाउने | उसले मूर्खातापुर्वक सोचिरहेको छ कि "म पदार्थको प्रतिफल हुँ, र मैले यो भौतिक जगतमा आफ्ना कार्यहरु मिलाउनु छ |" यो मूर्खता छ | वास्तविक बुद्धिमानी भनेको ब्रह्म भूत, अहं ब्रह्मास्मि | अहं ब्रह्मास्मि "म भगवानको अंश हुँ | भगवान् परम ब्रह्म हुनुहुन्छ | म अंश भएको कारणले...." जस्तै सुनको खानीको अंश, त्यो सानो झुम्का हुनसक्छ, त्यो पनि सुन हो | त्यसैगरी, समुद्रको पानीको सानो कणको गुण पनि उही हुन्छ, नुनिलो | त्यसैगरी, हामी भगवानका अंश भएकाले, हामीसँग उही गुण छन् | गुणात्मक हिसाबले हामी एक हौँ | किन हामी प्रेम पछि छौं ? किनकि कृष्णमा प्रेम छ |

हामी यहाँ राधा-कृष्णको पुजा गरिरहेका छौं | मूल रुपमा प्रेम छ | तसर्थ हामी भगवानको अंश भएकाले, हामी पनि प्रेम गर्न खोजिरहेका छौं | एक पुरुष अर्की महिलालाई प्रेम गर्न प्रयासरत छ, महिला अर्को पुरुषलाई प्रेम गर्न प्रयासरत छिन् | त्यो प्राकृतिक हो | त्यो कृत्रिम होइन | तर त्यो भौतिक आवरणमा विकृत छ | त्यो कमजोरी हो | जब हामी भौतिक आवरणबाट मुक्त हुन्छौं, तब हामी गुणात्मक हिसाबले अानन्दमयो अभ्यासात् (वेदांत सूत्र १।१।१२), खुसी.....जसरी कृष्ण सधैं नाच्नुहुन्छ.... तपाईले कृष्णलाई कहिल्यै भेटाउन सक्नुहुन्न.... तपाईले कृष्णको तस्विर देख्नुभएको छ | उहाँ कालिया नागसँग लडाईं गर्दै हुनुहुन्छ | उहाँ नाच्नुहुन्छ | उहाँ त्यस नागसँग डराउनुहुन्न | उहाँ नाच्नुहुन्छ | जसरी उहाँ गोपीसँग रास-लिलामा नाच्नुहुन्छ, त्यसैगरी, उहाँ नागसँग नाच्नुहुन्छ | किनकि उहाँ अानन्दमयो अभ्यासात् हुनुहुन्छ | उहाँ अानन्दमय हुनुहुन्छ, सधैं खुसी | सधैं | तपाईले कृष्णलाई देख्नुहुन्छ.....कृष्ण.....जस्तै कुरुक्षेत्रको लडाईं चलिरहेको छ | कृष्ण खुसी हुनुहुन्छ | अर्जुन उदास छन् किनकि उनी जीव हुन्, तर उहाँ उदास हुनुहुन्न | उहाँ खुसी हुनुहुन्छ | त्यो भगवानको प्रकृति हो | अानन्दमयो अभ्यासात् | यो सुत्र हो, ब्रह्म-सुत्रमा भनिएको छ कि "भगवान् आनन्दमय हुनुहुन्छ, सधैं खुसी, सधैं प्रसन्न |"

तपाई पनि प्रसन्न बन्न सक्नुहुन्छ, जब तपाई घर फर्कनुहुन्छ, भगवद् धाम फर्कनुहुन्छ | यो हाम्रो समस्या छ | तसर्थ हामी कसरी त्यहाँ जान सक्छौं ? पहिलो कुरा भनेको हामीले सुन्नुपर्छ | श्रोतव्य: । केवल सुन्नुहोस् कि भगवान् के हुनुहुन्छ, उहाँको राज्य के हो, उहाँ कसरी कार्य गर्नुहुन्छ, कसरी उहाँ प्रसन्न हुनुहुन्छ | यी कुराहरु सुन्नुपर्छ | श्रवणम् | जब तपाई आश्वस्त हुनुहुन्छ "ओहो! भगवान् कति राम्रो हुनुहुन्छ", तब तपाई यस खबर सारा संसारलाई वितरण गर्न वा प्रसारण गर्न तत्पर हुनुहुन्छ | यो कीर्तनम् हो |