NE/Prabhupada 0054 - सबैजना केवल कृष्णलाई दु:ख दिंदैछन्



His Divine Grace Srila Bhaktisiddhanta Sarasvati Gosvami Prabhupada's Appearance Day, SB 6.3.24 -- Gorakhpur, February 15, 1971

मायावादी प्रमाणित गर्न चाहन्छ कि परम सत्य निराकार हुनुन्छ | कृष्णले बुद्धि दिनुहुन्छ: " हो, तिमी यो अघि सार | यो तर्क अघि सार, यो तर्क, त्यो तर्क |" त्यसैगरी कृष्णले दिनुहुन्छ... एउटा बंगाली उखान छ कि भगवानले कसरी काम गर्नुहुन्छ, एउटा मानिस, एउटा गृहस्थले भगवानलाई प्रार्थना गर्दैछ, "मेरो प्रिय प्रभु, रातमा मेरो घरमा कुनै चोरी नहोस् | कृपया मलाई बचाउनुहोस् |" एउटा मानिसले त्यसरी प्रार्थना गर्छ | अर्को मानिस, चोरले प्रार्थना गर्छ,"मेरो प्रिय प्रभु, आज राती म त्यस घरमा चोरी गर्छु | कृपया मलाई केहि पाउन मदत गर्नुहोस् |" अब, कृष्णको स्थिति के हुन्छ ? (हाँसो चल्छ)

कृष्ण सबैको हृदयमा हुनुहुन्छ | त्यसैले कृष्णले धेरै प्रार्थना सन्तुष्ट पार्नुपर्छ | चोर र गृहस्थ, धेरै प्रार्थना | त्यसैले कृष्णको समायोजन... तर पनि उहाँ... त्यो कृष्णको बुद्धिमानी हो, उहाँले कसरी समायोजन गर्नुहुन्छ | उहाँ सबैलाई स्वतन्त्रता दिनुहुन्छ | र सबैलाई सुविधा दिनुहुन्छ, तर अझ पनि उहाँ झन्झटमा हुनुहुन्छ | त्यसैले कृष्ण आफ्ना भक्तलाई सुझाव दिनुहुन्छ कि "कुनै योजना नबनाऊ | हे धुर्त, हे बेकार मानिस, मलाई दुख नदेऊ | (हाँसो चल्छ ) ममा शरणागत होऊ | मेरो योजना अनुरुप हिंड; तिमी खुसी हुनेछौ | तिमी योजना बनाउँछौ, तिमी दु:खी छौ; म पनि दु:खी छु |(हाँसो चल्छ) म पनि दु:खी छु | कति धेरै योजना दिनहुँ आउँछन् र मैले पुरा गर्नुपर्नेछ |" तर उहाँ कृपालु हुनुहुन्छ | यदि कोहि....ये यथा मां प्रपद्यन्ते तांस्...(भ गी ४।११) ।

कृष्णको भक्त बाहेक, सबैले केवल कृष्णलाई दु:खमात्र दिंदैछन् | तसर्थ तिनीहरुलाई दुष्कृतिन भनिन्छ | दुष्कृतिन, सबभन्दा दुष्ट, दुष्टहरु | केहि योजना नबनाउनुहोस् | कृष्णको योजना स्वीकार्नुहोस् | त्यो केवल कृष्णलाई दु:ख दिनु हो | तसर्थ, एक भक्तले आफ्नो पोषणको लागि पनि प्रार्थना गर्दैन | ऊ शुद्ध भक्त हो | ऊ कृष्णलाई आफ्नो पोषणको लागि पनि दु:ख दिंदैन | यदि उसको पोषण हुँदैन भने उसले कष्ट भोग्छ, व्रत; तर पनि उसले कृष्णलाई माग्दैन; "कृष्ण, म धेरै भोको छु | मलाई केहि खान दिनुहोस् |" अवश्य पनि, कृष्ण आफ्ना भक्तको लागि सतर्क हुनुहुन्छ, तर भक्तको सिद्धान्त कृष्ण समक्ष कुनै योजना प्रस्तुत नगर्ने हुन्छ | कृष्णलाई गर्न दिऔं | हामीले केवल कृष्णको योजना अन्तर्गत कार्य गर्नुपर्छ |

हाम्रो योजना के हो? हाम्रो योजना भनेको, कृष्णले भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं (भ गी १८।६६ ) । मनमना भव मद् भक्तो मद्याजी (भ गी १८।६५) हाम्रो योजना उही कुरा हो | हामी केवल कृष्णको लागि प्रचार गरिरहेका छौं, कि "तपाई कृष्ण भावानाभावित बन्नुहोस् |" हामीले हाम्रो उदाहरण देखाउनुपर्छ, कसरी हामी कृष्ण भावानाभावित हुँदैछौं, कसरी हामी कृष्णको आराधना गर्दैछौं, कसरी हामी सडकमा जाँदैछौं, कृष्णको नाम, दिव्य नाम गुन्गुनाउन | अहिले हामी कृष्णको प्रसादम् वितरण गरिरहेका छौं | हाम्रो काम भनेको सम्भव भएसम्म मानिसहरुलाई कृष्ण भावानाभावित बन्न प्रेरित गर्नु हो | त्यति हो | त्यस कारणले, तपाईले आफ्नो योजना बनाउन सक्नुहुन्छ, किनकि त्यो कृष्णको योजना हो | तर त्यो कृष्णबाट स्वीकृत हुनुपर्छ | आफुद्वारा निर्मित, मनगढन्ते योजना नबनाउनुहोस् | तसर्थ, तपाईलाई मार्गदर्शन दिन एक कृष्णको प्रतिनिधि चाहिन्छ | ती हुन् अध्यात्मिक गुरु |

एउटा ठुलो योजना र ठुलो व्यवस्था छ | तसर्थ हामी महाजनहरुको पदचिन्हको अनुसरण गर्नुपर्छ | यहाँ वर्णन गरिएको छ, द्वादश्ऐते विजानीमो धर्मं भागवतं भटाः | उहाँले भन्नुभयो "हामी, चयन गरिएका महाजन, कृष्णका प्रतिनिधि, हामीलाई थाहा छ भागवत् धर्म के हो, कृष्ण धर्म के हो |" द्वादश | द्वादश भनेको बाह्र नामहरु, पहिल्यै उल्लेख गरिएको छ: स्वयम्भूर् नारद: शम्भु:...(श्री भा ६।३।२० ) | मैले बताएको थिएँ | यमराजले भन्नुभयो,"केवल हामी, यी बाह्र पुरुषहरु, कृष्णका प्रतिनिधि, हामीलाई थाहा छ कि भागवत धर्म के हो |" द्वादशैते विजानीम: । विजानीम: भनेको "हामीलाई थाहा छ |" धर्मं भागवतं भटाः, गुह्यं विशुद्धं दुर्बोधं यं ज्ञात्वामृतम् अश्नुते (श्री भा ६।३।२१) । "हामीलाई थाहा छ |"

त्यसैले सुझाव दिइएको छ, महाजनो येन गत: स पंथा: (चै च मध्य १७।१८६ ) | यी महाजनहरु, जसरी उनीहरुले सुझाव दिएका छन्, त्यो सहि बाटो हो कृष्णलाई बुझ्नलाई, वा आध्यात्मिक मोक्षको लागि | हामी ब्रह्म-सम्प्रदायको अनुसरण गरिरहेका छौं, पहिलो, स्वयम्भु | ब्रह्मा | ब्रह्मा, अनि नारद, नारादबाट व्यासदेव |

यसरी मध्वाचार्य, श्री चैतन्य महाप्रभु | आज, किनकि हामी पदचिन्हको अनुसरण गरिरहेका छौं, श्री भक्तिसिद्धान्त सरस्वती गोस्वामी प्रभुपादको, आज उहाँको अाविर्भाव दिवस हो | त्यसैले हामीले यस तिथिको सम्मानपूर्वक आदर गर्नुपर्छ र भक्तिसिद्धान्त सरस्वती गोस्वामीसँग प्रार्थना गर्नुपर्छ कि "हामी हजुरको सेवामा कार्यरत छौं | त्यसैले हामीलाई बल दिनुहोस्, बुद्धि दिनुहोस् | र हामी हजुरको दासबाट निर्देशित छौं |" यस प्रकारले हामीले प्रार्थना गर्नुपर्छ | र मलाई लाग्छ साँझमा हामी प्रसादम् वितरण गर्नेछौं |