NE/Prabhupada 0062 - चौबिस घण्टा कृष्णलाई देख्नुहोस्



Lecture on SB 1.8.18 -- Chicago, July 4, 1974


प्रभुपाद: आराधितो यदि हरिस् तपसा ततः किं | यदि तपाई कृष्णको आराधना गर्नुहुन्छ भने, कुनै तपस्या आवश्यक छैन... किनकि आत्मा साक्षात्कार गर्न या भगवानलाई जान्न धेरै विधि, तपस्या छन् | कहिलेकहीं हामी जंगलमा जान्छौं, जंगलमा भगवान् कहाँ हुनुहुन्छ भनेर देख्न जान्छौं, कहाँ.... विभिन्न प्रक्रियाहरु छन्, तर शास्त्रमा भनिएको छ कि यदि तपाई वास्तवमा कृष्णको आराधना गर्नुहुन्छ भने आराधितो यदि हरिस् तपसा ततः किं अर्थात् कठोर तपस्या गर्ने कुनै जरुरत छैन | र नाराधितो यदि हरिस् तपसा ततः किं, र अन्त्यमा गम्भीर तपस्या गरेर, यदि तपाइलाई कृष्ण को हुनुहुन्छ भनेर थाहा छैन भने के काम भयो? त्यो निरर्थक हुन्छ | नाराधितो यदि हरिस् तपसा ततः किं, अन्तर् बहिर् यदि हरिस् तपसा ततः किं | त्यसैगरी, यदि तपाईले चौबिस घण्टा कृष्णलाई भित्र र बाहिर देख्नुहुन्छ भने त्यो सम्पूर्ण तपस्याको अन्त्य हो | त्यसैले यहाँ कृष्णले पुनः भन्नुहुन्छ, कुन्तीले भन्छिन् कि "कृष्ण भित्र र बाहिर हुनुभए तापनि, हामीसँग उहाँलाई देख्ने आँखा छैन,"अलक्ष्यम्" अदृश्य" | जस्तै कृष्ण कुरुक्षेत्रको युद्धमा उपस्थित हुनुहुन्थ्यो, केवल पाँच पाण्डव र उनीहरूकी आमा कुन्ती, उनीहरुले बुझ्थे कि कृष्ण पूर्ण पुरुषोत्तम भगवान् हुनुहुन्छ | र केहि अरु | कृष्ण नै त्यहाँ उपस्थित हुनुहुन्थ्यो, कसैले उहाँलाई साधारण मानिसको रुपमा लियो | अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रितम् (भ गी ९।११ ) उहाँ मानव समाजप्रति निकै दयालु हुनुभएकाले उहाँ व्यक्तिगत रुपमा आउनुभयो | तर पनि, उनीहरुसँग उहाँलाई देख्ने आँखा नभएकाले उनीहरुले देख्न सकेनन | त्यसैले कुन्तीले भन्छिन्, अलक्ष्यम्" तपाई अदृश्य हुनुहुन्छ, जबकि तपाई अन्तः बहिः, सर्व​-भुतनम् हुनुहुन्छ ।" यो होइन कि भक्तको अन्तः बहिः- सबैको |

सबैको हृदयमा कृष्ण विराजमान हुनुहुन्छ, ईश्वरः सर्व​-भूतानां हृद्-देशे (भ गी १८।६१ ) हृद् देशे, यहाँ हृदयमा कृष्ण हुनुहुन्छ | तसर्थ, ध्यान, योग सिद्धान्त भनेको कृष्णलाई हृदयमा भेटाउन हो | त्यसलाई ध्यान भनिन्छ | कृष्णको स्थिति सधैं दिव्य छ | यदि हामीले यो दिव्य विधि, कृष्ण भावनामृत स्वीकार्छौं, विधि-विधान पालन गर्छौं र पापी जीवनबाट मुक्त हुने प्रयास गर्छौं | किनकि पाप गर्दै तपाईले कृष्णलाई देख्न या बुझ्न सक्नुहुँदैन | तब यो सम्भव हुँदैन | न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमाः (भ गी ७।१५ ) जो दुष्कृतिन: छन्...कृति भनेको योग्यता, सराहनीय; तर दुष्कृति, योग्यता पापको लागि प्रयोग गरिएको छ |

त्यसैले हामी अनुरोध गर्छौं.... हामी अनुरोध गर्दैनौं, मेरो मतलब हाम्रो नियम र विधान, कि मानिस पापी गतिविधिबाट मुक्त हुनुपर्छ | पापी गतिविधिहरु, पापका चार स्तम्भ, अवैध यौन जीवन, मांसाहार, नशा र जुवा हुन् | त्यसैले हाम्रा शिष्यहरूलाई सल्लाह दिइन्छ....,सल्लाह होइन, तिनीहरुले पालन गर्नैपर्छ; अन्यथा तिनीहरुको पतन हुन्छ | किनकि एक पापी मानिसले भगवानलाई बुझ्न सक्दैन | एकतिर हामीले यी नियम र भक्तिमय विधिको पालना गर्नुपर्छ, अर्कोतिर हामी पापबाट बच्नुपर्छ | तब कृष्ण उपस्थित हुनुहुन्छ र तपाई कृष्णसँग बोल्न सक्नुहुन्छ, हामी कृष्णसँग हुनसक्छौं | कृष्ण अति दयालु हुनुहुन्छ | जस्तै कुन्ती आफ्नो भतिजको रुपमा कृष्णसँग बोल्दैछिन्, त्यसैगरी तपाई कृष्णसँग बोल्न सक्नुहुन्छ, आफ्नो छोराको रुपमा, आफ्नो पतिको रुपमा, आफ्नो प्रेमीको रुपमा, आफ्नो साथीको रुपमा, आफ्नो मालिकको रुपमा, जस्तो तपाई चाहनुहुन्छ | म निकै खुसी छु, यो सिकागो मन्दिर देखेर |

तपाईहरु निकै राम्रो गर्दै हुनुहुन्छ र यो हल पनि निकै राम्रो छ | आफ्नो सेवा भाव कायम गरिरहनुहोस् र कृष्णलाई जान्नुहोस् | तब तपाईको जीवन सफल हुनेछ | धेरै धेरै धन्यवाद |

भक्तहरु: जय ! हरि बोल !