NE/Prabhupada 0063 - म एक महान मृदंग वाद्यक बन्नुपर्छ



Arrival Lecture -- Dallas, March 3, 1975

म यहाँको वातावरण देखेर निकै खुसी छु | शिक्षा भनेको कृष्ण भावनामृत हो | यो हो शिक्षा | यदि हामीले केवल बुझ्यौं कि "कृष्ण परम पुरुष हुनुहुन्छ | उहाँ महान हुनुहुन्छ, र हामी सबै उहाँको अधिनमा छौं | त्यसैले हाम्रो कर्तव्य कृष्णको सेवा गर्नु हो |" यदि हामीले यी दुई हरफ बुझ्यौं भने हाम्रो जीवन पूर्ण हुन्छ | यदि हामीले केवल बुझ्यौं कि कसरी कृष्णको आराधना गर्ने, उहाँलाई खुसी बनाउने, कसरी उहाँलाई सुन्दर गरि अलंकृत गर्ने, कसरी उहाँलाई मिठो भोजन दिने, कसरी उहाँलाई गहना र फुलद्वारा शृंगार गर्ने, कसरी उहाँलाई सम्मानपूर्वक दण्डवत प्रणाम गर्ने, कसरी उहाँको नाम जप्ने, यसरी, यदि हामीले केवल सोच्यौं भने, तथाकथित शिक्षा बिना, हामी यस जगतभित्र पूर्ण मानिस बन्छौं | यो कृष्ण भावना हो | यसलाई क-ख-ग-घ / ए-बि-सी-डी शिक्षा चाहिंदैन | यसलाई केवल चेतनाको परिवर्तन चाहिन्छ |

त्यसैले यदि यी बच्चाहरुलाई जीवनको सुरुवातदेखि नै सिकाइयो भने... हामीलाई आफ्ना माता-पिताबाट प्रशिक्षणको मौका यसरी मिलेको थियो | धेरै सन्तहरु मेरो पिताको घरमा आउँथे | मेरो पिता वैष्णव हुनुहुन्थ्यो | उहाँ वैष्णव हुनुहुन्थ्यो र उहाँ मलाई वैष्णव भएको देख्न चाहनुहुन्थ्यो | जब कोहि सन्त आउँथे, उहाँले भन्नुहुन्थ्यो, "कृपया मेरो छोरालाई आशिर्वाद दिनुहोस कि ऊ राधारानीको दास बन्न सकोस् |" त्यो उहाँको प्रार्थना हुन्थ्यो | उहाँले अरु केहीको लागि प्रार्थना गर्नुभएन | र उहाँले मलाई मृदंग बजाउने तालिम दिनुभयो | मेरी आमा त्यसको विरुद्धमा हुनुहुन्थ्यो | दुई शिक्षक थिए - एक मलाई ए-बि-सी-डी सिकाउन र अर्को मलाई मृदंग सिकाउन | त्यसैले एक शिक्षक कुर्नुहुन्थ्यो जब अर्को शिक्षकले मलाई मृदंग बजाउन सिकाउनुहुन्थ्यो | मेरी आमा रिसाउनुहुन्थ्यो कि " यो के बेवकुफी हो? तपाई मृदंग सिकाउँदै हुनुहुन्छ? उसले यो मृदंगले के गर्छ?" तर सायद मेरो बुवाले चाहनुहुन्थ्यो कि म भविष्यमा महान मृदंग वाद्यक बन्नुपर्छ | (हाँसो चल्छ) त्यसैले म मेरो बुवाप्रति निकै ऋणी छु, र मैले मेरो किताब, कृष्ण किताब, उहाँप्रति समर्पित गरेको छु | उहाँले चाहनुहुन्थ्यो | उहाँले मलाई भागवतको, श्रीमद् भागवतमको प्रचारक बनेको देख्न चाहनुहुन्थ्यो, र मृदंग वाद्यक तथा राधारानीको दास बनेको देख्न चाहनुहुन्थ्यो |

सबै माता-पिताले त्यसरी सोच्नुपर्छ, अन्यथा कोहि माता या पिता बन्नुहुँदैन | त्यो शास्त्रको आदेश हो | त्यो श्रीमद् भागवतममा वर्णित छ, पाँचौं स्कन्ध, पिता न स स्याज् जननी न स स्याद् गुरुर् न स स्यात् स्व​-जनो न स स्यात् | यसरी, निष्कर्ष यो हो कि, न मोचयेद् यः समुपेत​-मृत्युम् (श्री भा ५।५।१८ ) | यदि कोहि आफ्नो शिष्यलाई बचाउन सक्दैन, मृत्युजस्तो निकटस्थ खतराबाट, ऊ गुरु बन्नुहुँदैन | कोहि पिता या माता बन्नुहुँदैन, यदि उसले त्यसो गर्न सक्दैन | यसरी, न साथी, न आफन्त, न पिता, न.... यदि कसैले अरु व्यक्तिलाई मृत्युको बन्धनबाट कसरी बच्न सिकाउन सक्दैन | त्यसैले त्यस्तो शिक्षा चाहिएको छ सारा संसारभरि | र सजिलो कुरा यो हो कि मानिसले नकार्न सक्छ, यो जन्म, मृत्यु, जरा, व्याधिको बन्धनलाई, केवल कृष्ण भावनाभावित भएर |