NE/Prabhupada 0067 - गोस्वामीहरु केवल दुई घण्टा सुत्नुहुन्थ्यो



Lecture on SB 1.16.26-30 -- Hawaii, January 23, 1974

यस कृष्ण भावनामृत अभियान जति पनि अघि बढिरहेको छ, त्यो श्री चैतन्य महाप्रभुको अथाह दयाको कारणले हो, कलियुगमा पिडित अभागी मानिसको लागि | अन्यथा, कृष्ण भावनाभावित हुनु त्यति सजिलो कार्य होइन, सजिलो छैन | त्यसैले जो श्री चैतन्य महाप्रभुको कृपाले कृष्ण भावनामृत भएका छन्, तिनीहरुले यो मौका गुमाउनु हुँदैन | यो आत्मघाती हुन्छ | पतन नहुनुहोस् | यो धेरै सजिलो छ | केवल हरे कृष्ण मन्त्र जपेर, सधैं होइन, चौबिस घण्टा, यद्यपि चैतन्य महाप्रभुले बताउनुहुन्छ, कीर्तनीय: सदा हरि: (चै च अादि १७।३१ ), सधैं जप | त्यो हो सिद्धान्त |

तर हामी त्यो गर्न सक्दैनौं किनकि हामी कलिको प्रभावले पीडित छौं | त्यसैले कम्तिमा सोह्र माला | यसलाई नगुमाउनुहोस् | यस अवसरलाई नगुमाउनुहोस् | के गाह्रो छ, सोह्र माला ? बढीमा दुई घण्टा लाग्छ | तपाईसँग चौबिस घण्टा छ | तपाईलाई सुत्न मन छ; ठिक छ, सुत्नुहोस्, दस घण्टा | त्यो सिफारिस गरिएको छैन | छ घण्टा भन्दा बढी नसुत्नुहोस | तर तिनीहरु सुत्न चाहन्छन् | तिनीहरु चौबिस घण्टा सुत्न चाहन्छन् | कलि युगमा तिनीहरुको इच्छा त्यस्तो हुन्छ | तर हुँदैन | तब तपाई समय नाश गर्नुहुन्छ | आहार, निद्रा, भय र मैथुन घटाउनुहोस् | जब त्यो शुन्य हुन्छ, त्यो पूर्णता हो | किनकि यी शारीरिक आवश्यकता हुन् | आहार, निद्रा, भय, मैथुन शारीरिक आवश्यकता हुन् | तर म यो शरीर होइन | देहिनो ऽस्मिन् यथा देहे कौमारम्..(भ गी २।१३ ) | त्यो अनुभूति प्राप्त गर्न समय लाग्छ | तर जब हामी वास्तवमा कृष्ण भावनामा अघि बढ्छौं, हामीले आफ्नो कर्तव्य थाहा पाउनुपर्छ | छ घण्टा भन्दा धेरै नसुत्ने | बढीमा आठ घण्टा | जसले नियन्त्रण गर्न सक्दैन | तर दस घण्टा, बाह्र घण्टा, पन्ध्र घण्टा होइन | तब के काम...?

कोहि एकजना उन्नत भक्तलाई भेट्न गए, र नौ बजे उनी सुतिरहेको थिए | र उनी उन्नत भक्त ? हँ ? के त्यसो होइन ? त के हो...? कस्ता भक्त हुन् ती ? भक्त बिहान सबेरै उठ्नुपर्छ, चार बजेसम्ममा | पाँच बजेसम्ममा उसले नुहाउने र अरु कार्य सक्नुपर्छ | तब ऊ जप्न थाल्छ र अरु धेरै.... चौबिस घण्टा व्यस्त हुनुपर्छ | त्यसैले सुत्नु राम्रो होइन | गोस्वामीहरु केवल दुई घण्टा सुत्नुहुन्थ्यो | म पनि राति किताब लेख्छु, र म पनि सुत्छु, बढीमा तीन घण्टा | तर म कहिले थोरै, कहिले धेरै सुत्छु | यस्तो होइन..... म गोस्वामीको अनुकरण गर्दिनँ | त्यो सम्भव छैन | तर सकेसम्म, सबैले नकार्ने प्रयास गर्नुपर्छ | र निद्रा नकार्ने भनेको यदि हामीले थोरै खायौं भने हामीले नकार्नेछौँ |

आहार, निद्रा | आहार पछि निद्रा हुन्छ | त्यसैले यदि हामीले धेरै खायौं भने धेरै निद्रा हुन्छ | यदि हामीले थोरै खायौं भने थोरै निद्रा हुन्छ | आहार, निद्रा, मैथुन | र मैथुन पनि नकार्नुपर्छ | त्यो एक ठुलो निषेध हो | यौन जीवन सकेसम्म घटाउनुपर्छ | त्यसैले हामीसँग यो प्रतिबन्ध छ, "अवैध यौन सम्बन्ध नराख्नु" | यौन जीवन, हामी भन्दैनौं, "तिमीले त्यो गर्नुहुँदैन |" कसैले गर्न सक्दैन | त्यसैले यौन जीवन भनेको वैवाहिक जीवन, थोरै छुट | एउटा अनुमतिपत्र "ठिक छ, तिमि यो अनुमतिपत्र लिऊ |" तर अवैध यौन सम्बन्ध होइन | तब तिमी कहिल्यै पनि योग्य हुनेछैनौ |

त्यसैले आहार, निद्रा, मैथुन, भय | र भय, हामी विभिन्न तरिकाले आफ्नो रक्षा गर्दैछौं, तर पनि युद्ध हुँदैछ, र भौतिक प्रकृतिको आक्रमण.... तपाईको देशले राम्ररी रक्षा गरिरहेको छ, तर अहिले पेट्रोल खोसीएको छ | तपाईले रक्षा गर्न सक्नुहुन्न | त्यसैगरी सबै कुरा कुनै पनि क्षण खोसीन सक्छ | त्यसैले रक्षाको लागि कृष्णमा भर पर्नुहोस् | अवश्य रक्षिबे कृष्ण । यसलाई शरणागति भनिन्छ | शरणागति भनेको.... कृष्णले भन्नुहुन्छ "तिमी मेरो शरण लिऊ," सर्व​-धर्मान् परित्यज्य (भ गी १८।६६ ) | हामी विश्वास गरौँ कि "कृष्णले शरण लिन भन्नुभएको छ | म शरण लिन्छु | उहाँले मलाई खतराबाट बचाउनुहुन्छ |" त्यसलाई भनिन्छ शरणागति |