NE/Prabhupada 0076 - सर्वत्र कृष्णलाई देख्नुहोस्



Ratha-yatra -- San Francisco, June 27, 1971

जब हाम्रा आँखा भगवानको प्रेमले मोहीत हुन्छन्, तब हामीहरूले भगवानलाई सर्वत्र देख्न सक्नेछौं । यो शास्त्रमा उल्लेख गरिएको छ। हामीहरूले भगवानको प्रेमको विकास गरेर भगवानलाई देख्ने शक्ति बढाउनु पर्दछ। प्रेमाञ्जन​-च्छुरित भक्ति-विलोचनेन​ (ब्रम्हसंहिता ५|३८) | जब कोही कृष्ण भावनामा पूर्ण विकसित हुन्छ, तब उसले भगवानलाई आफ्नो हृदयमा र सर्वत्र देख्न सक्नेछ।

यस कृष्णभावनामृत अभियान एक प्रयास हो, मानीसहरूलाई कृष्णको दर्शन गर्न सिकाउनको निमित्त । हामीले अभ्यास गर्यौं भने कृष्णलाई देख्न सक्नेछौं। जस्तै कृष्णले भन्नुभएको छ , रसो ऽहम् अप्सु कौन्तेय​(भ गी ७।८ ) | कृष्णले भन्नुहुन्छ "म पानीको स्वाद हुँ"। हामीहरू सबैले हरेक दिन पानी पिउँछौं, एकपटकमात्र होइन दुई, तीन वा त्योभन्दा धेरै पटक । हामीले पानी पिउँदा पानीको स्वाद कृष्ण हुनहुन्छ भनेर सोच्ने गर्यौं भने, हामीहरू तत्काल कृष्ण भावनाभावित हुनेछौं।

कृष्ण भावनाभावित हुनु मुस्किल कार्य होइन। हामीले केवल यसको अभ्यास गर्नुपर्छ । जस्तै यो कसरी कृष्णभावनाको अभ्यास गर्ने भन्ने सम्बन्धि एउटा उदाहरण हो । जब तपाईहरु पानी पिएर सन्तुष्ट हुनुहुन्छ, जब तपाईको तिर्खा मेटिन्छ, तब तपाई तत्काल सोच्नुहोस् कि यो तिर्खा मेटाउने शक्ति कृष्ण हुनुहुन्छ । प्रभास्मि शशि सूर्ययोः |कृष्णले भन्नुहुन्छ, "म सूर्यको ज्योती हुँ, म चन्द्रमाको ज्योती हुँ।" हामीले दिनको समयमा सूर्यको प्रकाश देख्दछौं। तपाईहरुले सूर्यको प्रकाश देख्नासाथ तत्काल कृष्णलाई स्मरण गर्न सक्नुहुन्छ , "यहाँ कृष्ण हुनुहुन्छ |"

राती चन्द्रमा देख्नासाथ तत्काल कृष्णलाई स्मरण गर्न सक्नुहुन्छ,"यहाँ कृष्ण हुनुहुन्छ" । यस प्रकार, तपाईहरूले अभ्यास गर्नुहुन्छ भने धेरै उपायहरु छन्, भगवद् गीताको सातौं अध्यायमा धेरै उदाहरणहरू दिइएका छन, यदि तपाईले कृष्णभावना कसरी विकास गर्ने हेतुले पढ्नुहुन्छ | जब तपाई कृष्णको प्रेममा प्रौढ हुनुहुन्छ, तब तपाईले कृष्णलाई सर्वत्र देख्नुहुनेछ। कृष्णलाई देख्नका लागि कसैको पनि सहायता चाहिंदैन, तर तपाईहरूको प्रेमभाव र भक्तिको प्रभावले कृष्ण तपाईहरूको अगाडि प्रकट हुनुहुनेछ।

सेवोन्मुखे हि जिह्वादौ स्वयं एव स्फुरत्य् अद: (भ र सि १।२।२३४) | जब कोही सेवा गर्ने भावमा हुन्छ , जब कसैले "म कृष्णको नित्य दास हुँ" भनेर बुझ्दछ, तब स्वयं कृष्णले तपाईहरुलाई उहाँको दर्शन गर्न मदत गर्नुहुनेछ । यहि कुरा भगवद् गीतामा उल्लेख गरिएको छ,

तेषां सतत​-युक्तानां
भजतां प्रीति-पूर्वकम्
ददामि बुद्धि-योगं तं
येन माम् उपयान्ति ते
(भ गी १०।१० )