NE/Prabhupada 0078 - केवल श्रद्धासाथ सुन्ने प्रयास गर्नुहोस्
Lecture on SB 1.2.16 -- Los Angeles, August 19, 1972
शुश्रूषोः श्रद्दधानस्य वासुदेव-कथा रुचिः | यो भन्दा अघिल्लो श्लोकमा भनिएको छ, यद् अनुध्यासिना युक्ताः (श्री भा १।२।१५ | मानिस सधैं स्मरणमा संग्लग्न हुनुपर्दछ। यो तरवार हो | यो कृष्ण भावनाको तरवार तपाईहरू सबैले लिनुपर्छ । यति गर्नुभयो भने तपाईहरुले मुक्ति पाउनुहुनेछ। यहि तरवारले गाँठो काटिदिन्छ। अब, यो तरवार हामीहरुले कसरी पाउन सक्छौं ? उक्त प्रकृया पनि यहीं बताइएको छ- तपाईले केवल श्रद्धापूर्वक सुन्ने प्रयास गर्नुहोस् । त्यो तरवार तपाईले पाउनुहुनेछ। यति हो।
वास्तवमा, हाम्रो कृष्ण भावनामृत अभियान फैलिरहेको छ। केवल श्रवणद्वारा हामीले यस्तो तरवार पाइरहेका छौं। मैले न्यु योर्कमा यो अभियान सुरु गरेको थिएँ । तपाईहरु सबैलाई थाहा छ | मसँग वास्तवमा यस्तो कुनै तरवार थिएन । जस्तै कुनै धार्मिक सिद्वान्तमा उनीहरु एक हातमा धार्मिक ग्रन्थ लिन्छन् र अर्को हातमा तरवार:"तिमीहरुले यो धर्म स्वीकार गर, अन्यथा तिमीहरुको टाउको काटिदिन्छु ।" त्यो पनि अर्को किसिमको प्रचार हो। तर मसँग पनि तरवार थियो, तर त्यस्तो किसिमको तरवार होइन | यो तरवार- मानिसहरूलाई सुन्ने मौका दिनु । त्यति हो । वासुदेव कथा रुचिः ।
जब उसले रुचि प्राप्त गर्छ.... रुचि | रुचि अर्थात् स्वाद | "ओहो ! यहाँ कृष्ण कथा हुँदैछ, धेरै राम्रो । म पनि सुन्नुपर्यो।" यो तरवार तपाईहरुले लिनुपर्छ, तत्काल | त्यो तरवार तपाईहरुको हातमा छ | वासुदेव कथा रुचिः (श्री भा १।२।१६ )। तर रुचि कसलाई आउँछ ? यो स्वाद? किनकि, यो कुरा मैले धेरै पटक तपाईहरुलाई बताएको छु, यो स्वाद, सक्खर जस्तै । सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ, तर यदि तपाईले कमलपित्त लागेको मान्छेलाई सक्खर दिनुभयो भने उसलाई त्यो तितो लाग्छ। सबैलाई थाहा छ कि सक्खर गुलीयो हुन्छ, तर त्यो कमलपित्त रोगीलाई, उसलाई त्यहि सक्खर तितो लाग्छ। सबैलाई थाहा छ। यो तथ्य हो |
त्यसैले रुचि, वासुदेव कथा, कृष्ण कथा सुन्नका लागि रुचि, यो भौतिक रोगले पीडित मानिसले आस्वादन गर्न सक्दैन । यो रुचि, स्वाद | यो स्वाद पाउनको लागि प्राथमिक कार्यहरू छन्। के हो त्यो ? पहिलो काम सराहना गर्नु:"ओहो ! यो त राम्रो छ।" आदौ श्रद्धा, श्रद्दधान | श्रद्धा, सराहना गर्नु, यहि हो सुरुवात। त्यसपछि साधु सङ्ग(चै च मध्य २२।८३ ) । त्यसपछि मिसिनु:"ठिक छ, यिनीहरू कृष्णका बारेमा जप गर्छन् र कुरा गर्छन्। म पनि जानु पर्यो र अझ धेरै सुन्नु पर्यो।" यस्तो धारणालाई साधु सङ्ग भनिन्छ । भक्तहरुको साथमा सङ्ग गर्नु । यो भयो दोस्रो स्तर । तेस्रो स्तर हो भजन-क्रिया। जब कसैले राम्ररी सङ्ग गर्दछ, उसलाई लाग्न थाल्छ,"म शिष्य बनुँ कि?" हामीहरुले निवेदनहरू प्राप्त गर्छौं,"प्रभुपाद, कृपया मलाई पनि हजुरको शिष्यको रुपमा स्वीकार्नुहोस् |" यो भजन क्रियाको सुरुवात हो । भजन क्रिया भनेको भगवानको सेवामा संग्लग्न हुनु हो। यो तेस्रो स्तर हो ।