NE/Prabhupada 0116 - आफ्नो अमूल्य जीवन नाश नगर्नुहोस्



Lecture with Allen Ginsberg at Ohio State University -- Columbus, May 12, 1969

आत्मा छ र यो शरीर त्यस आत्माको मंचमा बनेको छ, र त्यो आत्मा एक शरीरबाट अर्कोमा सरिरहेको छ | यसलाई भनिन्छ क्रमागत उन्नति | र यो उन्नतिको प्रक्रिया ८४ लाख योनिहरुमा चलिरहेको छ, जलचर, पंक्षी, जनावर, रुख-बिरुवा र जीवनका अरु विभिन्न योनिहरु | र अहिले हामीसँग यस विकसित चेतना छ, मानव जीवन छ | हामीले यसको सहि उपयोग गर्नुपर्छ | त्यो हो हाम्रो कृष्ण भावनामृत अभियान | हामी केवल मानिसहरुलाई शिक्षा दिंदैछौं,"आफ्नो अमूल्य समय, मानव जीवन नाश नगर | यदि तपाईले यो मौका गुमाउनुभयो भने तपाईले आत्महत्या गर्दै हुनुहुन्छ |" त्यो हो हाम्रो प्रचार | आत्महत्या नगर्नुहोस् | यो कृष्ण भावनालाई अपनाउनुहोस् |

यो प्रक्रिया निकै सजिलो छ | तपाईले योग विधि अथवा सैद्धान्तिक, काल्पनिक विधि लिनुपर्दैन | यस युगमा त्यसो गर्न सम्भव छैन | त्यो... मैले आफ्नो अनुभवबाट बोलेको होइन तर मैले महान आचार्य तथा महान निष्ठावान ऋषिको अनुभव बताउँदैछु | उहाँहरु भन्नुहुन्छ कि कलौ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा | यदि तपाईलाई आत्मबोध गर्ने इच्छा छ भने, यदि तपाईलाई अर्को जन्म बारे जान्ने इच्छा छ भने, यदि तपाईलाई भगवानको बारे जान्ने इच्छा छ भने, यदि तपाईलाई भगवानसँगको आफ्नो सम्बन्ध बारेमा जान्ने इच्छा छ भने यी सब कुरा तपाई सामु प्रकट हुनेछ- यो वास्तविक ज्ञान हो- केवल यो मन्त्र जपेर, हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे / हरे राम, हरे राम, राम राम हरे हरे। यो व्यवहारिक छ | हामीले कुनै मूल्य लिएका छैनौँ | हामीले झुटो बोलेका छैनौँ कि "म तपाईलाई केहि दिन्छु, गुप्त मन्त्र, र पचास डलर लिन्छु |" होइन | यो सबैको लागि खुल्ला छ | केवल यसलाई ग्रहण गर्नुहोस् | यो हाम्रो अनुरोध छ | हामी भिख माग्दैछौं,"आफ्नो जीवन नाश नगर्नुहोस् | केवल यो मन्त्र ग्रहण गर्नुहोस् | मन लागेको स्थानमा जप गर्नुहोस् |" यसमा पालन गर्नुपर्ने कुनै कठोर नियम छैन | जब तपाईलाई इच्छा लाग्छ, जहाँ इच्छा लाग्छ, जीवनको कुनै पनि परिस्थितिमा... जस्तै, हामीले आधा घण्टा अगाडि जप गर्यौं | कुनै पनि परिस्थितिमा, तपाईले आनन्द अनुभव गर्नुहुन्छ | त्यसैगरी, तपाईले यसलाई निरन्तरता दिन सक्नुहुन्छ | यो हरे कृष्ण मन्त्रको जप गर्नुहोस् | यो तपाईलाई निःशुल्क दिइएको छ | तर यदि तपाईलाई यस हरे कृष्ण मन्त्र सिद्धान्तद्वारा जान्ने इच्छा छ भने, ज्ञानद्वारा, तर्कद्वारा जान्ने इच्छा छ भने हामीसँग धेरै पुस्तकहरु छन् | यो नसोच्नुहोस् कि भावनामा आएर नाचेको | होइन, हामीसँग पृष्ठभूमि छ | यो कृष्ण भावनामृत अभियान बुझ्ने प्रयास गर्नुहोस् | म विशेषगरि तपाईको राष्ट्रमा यस राम्रो सन्देश दिन आएको हुँ, किनकि यदि तपाईले यसलाई स्वीकार्नुहुन्छ भने, यदि तपाईले कृष्ण भावनाको विज्ञान बुझ्न सक्नुहुन्छ भने विश्वको अन्य भागले पनि अनुसरण गर्नेछन् र विश्वको मुहार परिवर्तन हुनेछ | यो तथ्य हो |