NE/Prabhupada 0127 - एउटा महान संस्था मनोमानी गर्नाले गुम्न पुग्यो



Lecture on SB 1.2.11 -- Vrndavana, October 22, 1972


तब​....मेरो गुरु महाराजले भन्ने गर्नुहुन्थ्यो कि "कृष्णलाई देख्ने प्रयास नगर; यस्तो कार्य गर कि कृष्णले तिमीलाई देख्नुहुन्छ |" यो आवश्यक छ | यदि कृष्ण, यदि तपाईले कृष्णको थोरै ध्यान खिच्न सक्नुहुन्छ भने यत् कारुण्य​-कताक्ष​-वैभववताम्, कताक्ष​-वैभववताम्... प्रबोधानन्द सरस्वतीले भन्नुहुन्छ, यदि तपाईले कुनै तरिकाले कृष्णको ध्यान खिच्न सक्नुहुन्छ भने तपाईको जीवन सफल हुन्छ | तत्काल । र तपाईले कसरी खिच्न सक्नुहुन्छ ? भक्त्या माम् अभिजानाति (भ गी १८।५५) | केवल कृष्णको सेवा गरेर | सेवा लिनुहोस् , कृष्णको सेवा लिनुहोस्, जसरी गुरुले निर्देशन दिनुहुन्छ | किनकि गुरु कृष्णको प्रतिनिधि हुनुहुन्छ | हामी सिधै कृष्णको निकट जान सक्दैनौं | यस्य प्रसादाद् भगवत्-प्रसादः | यदि तपाईसँग आधिकारिक कृष्णको प्रतिनिधि वा गुरु हुनुहुन्छ भने यो धेरै कठिन छैन | सबैजना कृष्णको प्रतिनिधि बन्न सक्छन् | कसरी? यदि तपाई केवल कृष्णको सन्देश कुनै मिसावट बिना पेश गर्नुहुन्छ |

जसरी चैतन्य महाप्रभुले भन्नुभयो, आमार आज्ञाय गुरु हञा (चै च मध्य ७।१२८),"तिमी मेरो आदेशमा आध्यात्मिक गुरु बन |" यदि तपाई चैतन्य महाप्रभु, कृष्णको आदेश पालन गर्न चाहनुहुन्छ भने तपाई गुरु बन्नुहोस् | आमार आज्ञाय गुरु हञा | दुर्भाग्यवश, हामी आचार्यहरुको आदेश पालन गर्न चाहँदैनौं | हामी आफ्नै तरिका उत्पादन गर्छौं | हामीसँग व्यवहारिक अनुभव छ कि कसरी एउटा महान संस्था मनोमानी गर्नाले गुम्न पुग्यो | तिनीहरुले गुरुको आदेश पालन नगरेर अरु केहि उत्पादन गरे र त्यो सबै कुरा गुम्न पुग्यो | तसर्थ विश्वनाथ चक्रवर्ती ठाकुरले गुरुको वाणीमा धेरै जोड दिनुहुन्छ | व्यवसायात्मिका बुद्धिर् एकेह कुरु-नन्दन​ (भ गी २।४१) | यदि तपाई गुरुको आदेशमा अडिग रहनुहुन्छ भने, आफ्नो सुविधा वा असुविधाको ख्याल नगरी, तब तपाई पूर्ण बन्नुहुन्छ |

यस्य देवे परा भक्तिर्
यथा देवे तथा गुरौ
तस्यैते कथिता ह्य्
अर्थाः प्रकाशन्ते महात्मनः
(श्वे उ ६।२३)

यो सबै अधिकारीहरुको पुष्टि हो | हामीले निकै श्रद्धापूर्वक कृष्णको प्रतिनिधिको आदेश पालन गर्नुपर्छ | तब हाम्रो जीवन सफल हुन्छ | तब हामीले कृष्णलाई सत्य रुपमा बुझ्न सक्छौं । वदन्ति तत् तत्त्व​-विदस् तत्त्वम् (श्री भा १|२|११) | हामीले तत्त्व-वित् बाट सुन्नुपर्छ, तथाकथित विद्वान र राजनीतिज्ञबाट होइन | होइन | जसले सत्य जानुभएको छ, उहाँबाट सुन्नुपर्छ | र यदि तपाई त्यस सिद्धान्तमा अडिग हुनुहुन्छ भने तपाईले सबै कुरा स्पष्ट रुपमा बुझ्नुहुन्छ |

धेरै धेरै धन्यवाद |