NE/Prabhupada 0128 - म कहिल्यै मर्नेछैन



Press Conference -- July 16, 1975, San Francisco


पत्रकार:संयुक्त राज्यमा कति सदस्यहरु छन् ? मलाई दुई हजार बताइएको थियो | के त्यो सहि हो ?

प्रभुपाद: त्यो कुरा तिनीहरु भन्न सक्छन् |

जयतिर्थ: विश्वभरि हाम्रो सदस्यताको प्रकाशित अंक दश हजार छ | त्यसमध्ये कतिजना संयुक्त राज्यमा छन्, ठ्याक्क टुक्र्याइएको छैन |

पत्रकार: मैले यस अभियानमा पाँच वर्ष अघि एउटा लेख लेखेको थिएँ र त्यस समयमा संयुक्त राज्यमा दुई हजार भक्त थिए |

प्रभुपाद: यो बढ्दैछ |

पत्रकार: यो बढ्दैछ ?

प्रभुपाद: हो | अवश्य पनि |

जयतिर्थ: मैले भनें कि विश्वभरको संख्या दश हजार छ |

पत्रकार: हो, मैले बुझें | के तपाई मलाई भन्न सक्नुहुन्छ तपाईको उमेर कति हो ?

जयतिर्थ: उहाँ हजुरको उमेर जान्न चाहनुहुन्छ, श्रील प्रभुपाद |

प्रभुपाद:म एक महिना पछि असी हुनेछु |

पत्रकार (२): असी?

प्रभुपाद: असी वर्ष |

पत्रकार: के हुनेछ.....

प्रभुपाद: म १८९६मा जन्मेंको थिएँ, अब तपाई गणना गर्न सक्नुहुन्छ |

पत्रकार: तपाईको मृत्यु भएपछि संयुक्त राज्यमा यस अभियानमा के असर पर्नेछ ?

प्रभुपाद: म कहिल्यै मर्नेछैन |

भक्तहरु: जय ! हरि बोल ! (हाँसो चल्छ)

प्रभुपाद: म मेरो पुस्तकमा बाँच्नेछु र तपाईले त्यसको उपयोग गर्नुहुनेछ |

पत्रकार: के तपाई एक उत्तराधिकारीलाई तालिम दिंदै हुनुहुन्छ ?

प्रभुपाद: हो, मेरो गुरु महाराज यहाँ हुनुहुन्छ | मेरो गुरु महाराजको तस्विर कहाँ छ ? मलाई लाग्छ....यहाँ छ |

पत्रकार: हरे कृष्ण अभियान सामाजिक आन्दोलनमा किन सहभागी हुँदैन ?

प्रभुपाद: हामी सर्वोत्तम सामाजिक कार्यकर्ता हौँ | मानिसहरु मूर्ख र धूर्त छन् | हामीले तिनीहरुलाई भागवत् चेतनाको राम्रो विचार सिकाउँदैछौं | हामी सर्वोत्तम सामाजिक कार्यकर्ता हौँ | हामीले सब अपराध रोक्नेछौं | तपाइले के सामाजिक कार्य गर्नुभएको छ ? हिप्पी र अपराधी उत्पादन गर्दै हुनुहुन्छ | त्यो सामाजिक कार्य होइन | सामाजिक कार्य भनेको मानिसहरु धेरै शान्त, चलाख, बुद्धिमान, भागवत् चेतनामा अवस्थित, पहिलो श्रेणीको मानिस हुनुपर्छ | त्यो सामाजिक कार्य हो | यदि तपाई कुनै चौथो श्रेणी, पाँचौं श्रेणी, दशौँ श्रेणीका मानिस उत्पादन गर्नुहुन्छ भने के त्यो सामजिक कार्य हो ? हामीहरु त्यो उत्पादन गर्दैछौं | हेर्नुहोस् त | यहाँ पहिलो श्रेणीको व्यक्ति छन् | यिनीहरुको कुनै नराम्रो बानि छैन, अवैध सम्बन्ध, नशा, मांसभक्षण वा जुवा | यिनीहरु सबै युवा छन् | यिनीहरु कुलतमा फसेका छैनन् | यो हो सामाजिक कार्य |

भक्तदास: श्रील प्रभुपाद, तिनीहरु जान्न चाहन्छन् कि हरे कृष्ण अभियानको राजनैतिक असर के हुनेछ ?

प्रभुपाद: यदि हरे कृष्ण अभियानलाई ग्रहण गरिन्छ भने सब कुरा चम्कनेछ | यस्यास्ति भक्तिर् भगवत्य् अकिञ्चना सर्वैर् गुणैस् तत्र समासते सुराः (श्री भ ५।१८।१२) | यदि यो भागवत् चेतना फैलियो भने सबजना शानदार ढंगले योग्य हुनेछन् | र भागवत् चेतना बिना तथाकथित शिक्षा, जुन हामी बिहान छलफल गर्दै थियौं, त्यसमा कुनै महत्व छैन | तिनीहरु केवल बोल्दैछन् | हामी कुन विषयमा बोल्दै थियौं ?

बहुलाश्व: आज बिहान मनोविज्ञानमा बोल्दै थियौं |

प्रभुपाद: नतिजा यो छ कि विद्यार्थीहरु निराशाले अग्ला भवनबाट हाम्फाल्दैछन् | र तिनीहरु सिसाद्वारा संरक्षित छन् |

बहुलाश्व: ६०ताका बर्क्ली क्याम्पसमा विद्यार्थीहरु आत्महत्या गर्न घण्टाघरबाट हाम्फाल्ने गर्थे | त्यसैले तिनीहरुले विद्यार्थीलाई हम्फालनाबाट जोगाउन त्यहाँ सिसा राखे | प्रभुपादले व्याख्या गर्दै हुनुहुन्थ्यो कि तिनीहरुले शिक्षा पाएपछि आत्महत्या गर्न हाम्फाल्नुपर्छ | (हाँसो चल्छ)

प्रभुपाद: त्यो शिक्षा होइन | विद्या दधाति नम्रता | शिक्षित मानिस भनेको ऊ विनम्र हुन्छ, सज्जन, संयमी, ज्ञानले पूर्ण, जीवनमा ज्ञानको व्यवहारिक प्रयोग गर्ने, सहनशील, मनमा नियन्त्रण भएको, इन्द्रियमा नियन्त्रण भएको | त्यो शिक्षा हो | यो शिक्षा के हो ?

पत्रकार: के तपाई विद्यालय खोल्न प्रयासरत हुनुहुन्छ ? प्रभुपाद: हो, त्यो मेरो आगामी प्रयास हो, कि हामी वर्गीकरण अनुसार शिक्षा दिनेछौं | पहिलो-वर्ग, दोस्रो-वर्ग, तेस्रो-वर्ग, चौथो-वर्गसम्म | र त्यसपछि पाँचौं-वर्ग, छैटौं-वर्ग, त्यो स्वत: मिल्नेछ | समाजमा कम्तिमा पहिलो-वर्गका मानिस हुनुपर्छ, एक आदर्श-वर्गका मानिस, जो मन निन्त्रण गर्न तालिमप्राप्त छन्, इन्द्रिय नियन्त्रण गर्ने, धेरै सफा, सत्यवादी, सहनशील, सरल, ज्ञानले पूर्ण, जीवनमा ज्ञानको व्यवहारिक प्रयोग गर्ने र भगवानमा पूर्ण श्रद्धा भएको | यो पहिलो-वर्गको मानिस हो |