NE/Prabhupada 0130 - कृष्ण यति धेरै अवतारमा प्रकट हुनुहुन्छ



Lecture on BG 4.5 -- Bombay, March 25, 1974

कृष्ण विभिन्न अवतारमा प्रकट हुनुहुन्छ | केवल कृष्णको स्थान बुझ्ने प्रयास गर्नुहोस् | उहाँ सबैको हृदयमा परमात्माको रुपमा विराजमान हुनुहुन्छ | ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति (भ गी १८।६१) | र उहाँले सबैलाई निर्देशन दिंदै हुनुहुन्छ | धेरै असिमित, अनगन्ती जीव छन् | र उहाँले धेरै जीवलाई विभिन्न तरिकाले उपदेश दिनुपर्छ | उहाँ कति व्यस्त हुनुहुन्छ, केवल कल्पना गर्ने प्रयास गर्नुहोस् | अझ पनि, उहाँको स्थिति उही छ | गोलोक एव निवसत्य् अखिलात्म​-भूतः (ब्र स ५।३७) । गोलोक एव निवसति | कृष्ण अझै पनि आफ्नो वास्तविक स्थान, गोलोक वृन्दावनमा हुनुहुन्छ, र उहाँ श्रीमती राधारानीको सङ्गको आनन्द लिंदै हुनुहुन्छ | त्यस कार्य होइन....यो मायावादी दर्शन होइन | यद्यपि उहाँले आफुलाई जीवहरुको हृदयमा विस्तार गर्नुभएको छ, तर त्यसको मतलब यो होइन कि उहाँ आफ्नो धाममा हुनुहुन्न | होइन | तब पनि उहाँ त्यहीं हुनुहुन्छ | ती हुनुहुन्छ कृष्ण | पूर्णस्य पूर्णम् आदाय पूर्णम् एवावशिष्यते (इशो) | यो वैदिक जानकारी हो |

यहाँ हामीसँग भौतिक अनुभव छ | यदि तपाईसँग एक रुपैंया छ, यदि तपाईले एक आना लिनुभयो भने त्यो पन्ध्र आना हुन्छ | वा यदि तपाईले दुई आना लिनुहुन्छ, त्यो चौध आना हुन्छ | यदि तपाई सोह्र आना लिनुहुन्छ, त्यो शुन्य हुन्छ | तर कृष्ण त्यस्तो हुनुहुन्न | उहाँले आफुलाई असिमित रुपमा विस्तार गर्न सक्नुहुन्छ; तब पनि, मूल कृष्ण यथावत रहनुहुन्छ | ती हुनुहुन्छ कृष्ण | हामीसँग अनुभव छ: एकमा एक घटाउँदा शुन्य हुन्छ | तर त्यहाँ, आध्यात्मिक जगतमा.... त्यसलाई परम भनिन्छ | एकमा, लाखौँ गुणा एक घटाउँदा पनि मूल एक एक नै हुन्छ | ती हुनुहुन्छ कृष्ण | अद्वैतम् अच्युतम् अनादिम् अनन्त रूपम् (ब्र स ५|३३) |

ती कृष्णलाई तपाईले बुझ्न सक्नुहुन्न, वेदेषु, केवल वैदिक साहित्य पढेर | वेदको भनेको, वेदान्त भनेको, कृष्णलाई बुझ्नु भए तापनि | वेदैश् च सर्वैर् अहम् एव वेद्यः (भ गी १५।१५) | तर दुर्भाग्यवश, हामी कृष्ण वा उहाँको भक्तको आश्रय लिदैनौं, त्यसैले हामी वेदको प्रयोजन के हो बुझ्न सक्दैनौं | त्यसको व्याख्या सातौँ अध्यायमा गरिनेछ | मय्य् आसक्त​-मनाः पार्थ​.... मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः | मद्-आश्रयः. असंशयं समग्रं मां यथा ज्ञास्यसि तच् छृणु (भ गी ७।१)। यदि तपाई कृष्णलाई असंशयम् बुझ्न चाहनुहुन्छ, कुनै शंका बिना र समग्रं, पूर्ण रुपले बुझ्न चाहनुहुन्छ भने तपाईले यस योग विधिको अभ्यास गर्नुपर्छ |

त्यो योग के हो ? मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८।६५) | मद्-आश्रयः योगं युञ्ज्... योगं युञ्जन्, मद् आश्रयः | मद्-आश्रयः, यो शब्द निकै महत्वपूर्ण छ | मत् भनेको "कि तिमी प्रत्यक्ष रुपमा लिऊ..." त्यो त्यति धेरै सजिलो कुरा होइन - "....मेरो आश्रय, वा जसले मेरो आश्रय लिएको छ, तिमी उसको आश्रय लिऊ |" जस्तै बिजुलीघरमा एउटा प्लग हुन्छ | त्यस प्लग बिजुलीघरसँग जोडिएको हुन्छ र यदि तपाईले आफ्नो तार त्यस प्लगमा छिराउनुहुन्छ भने तपाईले पनि बिजुली प्राप्त गर्नुहुन्छ | त्यसैगरी, यस अध्यायको सुरुवातमा वर्णित छ भएजस्तै एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४।२) । यदि तपाईले परम्परा विधिको आश्रय लिनुहुन्छ.....

उही उदाहरण | यदि तपाईले बिजुलिघरसँग जोडिएको प्लगको आश्रय लिनुहुन्छ भने तपाईले तत्काल बिजुली पाउनुहुन्छ | त्यसैगरी, यदि तपाई परम्परा विधिबाट आएका व्यक्तिको आश्रय लिनुहुन्छ..... एउटा परम्परा विधि छ | कृष्णले ब्रह्माजीलाई उपदेश दिनुभयो | ब्रह्माजीले नारदलाई उपदेश दिनुभयो | नारदले व्यासदेवलाई उपदेश दिनुभयो | व्यासदेवले मध्वाचार्यलाई उपदेश दिनुभयो | मध्वाचार्यले धेरै तरिकामा उपदेश दिनुभयो | त्यसपछि माधवेन्द्र पुरी | माधवेन्द्र पुरी, ईश्वर पुरी | ईश्वर पुरीबाट चैतन्य महाप्रभु | यस प्रकारको परम्परा विधि छ | चार वैष्णव सम्प्रदाय छन् | रुद्र सम्प्रदाय, ब्रह्म सम्प्रदाय, कुमार सम्प्रदाय र लक्ष्मी सम्प्रदाय वा श्री सम्प्रदाय |

सम्प्रदाय​-विहीना ये मन्त्रास् ते निष्फला मताः | यदि तपाईले कृष्णको उपदेश सम्प्रदायबाट लिनुहुन्न भने निष्फला मताः, तब जे तपाईले सिक्नुभएको छ, त्यो बेकार हुन्छ | त्यो बेकार हुन्छ | त्यो नै कमजोरी हो | धेरै मानिसहरु भगवाद् गीता पढ्दैछन्, तर तिनीहरु बुझ्दैनन् कि कृष्ण को हुनुहुन्छ | किनकि तिनीहरु एवं परम्परा-प्राप्तम् (भ गी ४।२) बाट प्राप्त गर्दैनन् | परम्परा, जबसम्म तपाई परम्पराकहाँ जानुहुन्न....उही उदाहरण | यदि तपाई बिजुलिघरसँग जोडिएको प्लगबाट बिजुली लिनुहुन्न भने तपाईको चिम र तारको के महत्व रहन्छ ? त्यसको कुनै महत्व हुँदैन |

तसर्थ कसरी कृष्ण विस्तारित हुनुहुन्छ, त्यो वेदेषु दुर्लभ​ छ | यदि तपाईसँग केवल शैक्षिक ज्ञान छ भने यो सम्भव हुँदैन | वेदेषु दुर्लभम् अदुर्लभम् आत्म​-भक्तौ (ब्र स ५|३३) | यो ब्रह्म संहिताको बयान हो |