NE/Prabhupada 0146 - मेरो अनुपस्थितिमा यो रेकर्ड बजाउँदा उही ध्वनि बज्नेछ



Lecture on BG 7.4 -- Nairobi, October 31, 1975

कृष्णले भन्नुहुन्छ कि तपाईले कसरी भौतिक वस्तुको बारेमा सोच्नुहुन्छ | भौतिक वैज्ञानिकहरु पृथ्वीको अध्ययन गर्दैछन् | के भनिन्छ ? माटो विज्ञ | तिनीहरु माटोको अध्ययन गर्दैछन्: "खानी कहाँ छ ? सुन कहाँ छ ? कोइला कहाँ छ ? यो कहाँ छ, त्यो कहाँ छ ?" तिनीहरुले धेरै कुराहरुको अध्ययन गर्दैछन् | तर तिनीहरुलाई थाहा छैन कि यी कुराहरु कहाँबाट आए | कृष्णले भन्नुहुन्छ कि भिन्ना मे प्रकृति:"यी मेरी शक्ति हुन् |" यी विभिन्न रसायन र पार्थिव पद्धार्थ कसरी प्रकट भए, कुनै पनि बुद्धिमान मानिस यो विषयमा जिज्ञासु हुन्छ | यहाँ जवाफ छ | यहाँ जवाफ छ कि,

भूमिर् आपो ऽनलो वायुः खं मनो बुद्धिर् एव च
अहङ्कार इतीयं मे भिन्ना प्रकृतिर् अष्टधा
(भ गी ७।४)

भिन्ना प्रकृतिर् अष्टधा | जस्तै मैले बोल्दैछु, यो रेकर्ड गरिंदैछ | तर मेरो अनुपस्थितिमा, यदि यो रेकर्ड बजाइन्छ भने यसबाट ठिक उही ध्वनि निस्किन्छ | मेरो शक्ति होस् वा अरु कसैको शक्ति, तर यो भिन्ना हुन्छ, मबाट भिन्न | तपाईले त्यसरी बुझ्नुपर्छ | सबै कुरा भगवान् कृष्णको शक्ति हो, तर यो भौतिक जगत् भनेको हामीले कृष्णलाई छुटाएका छौं | यो शक्ति कहाँबाट आयो ? त्यो कुरा हामीले छुटाएका छौं | भिन्ना | जसलाई थाहा हुन्छ...... जस्तै उही उदाहरण | रेकर्ड बज्दै हुन्छ, तर जसलाई थाहा छैन कि यो भाषण कसले रेकर्ड गर्यो, उसले पत्ता लगाउन सक्दैन | तर जसलाई ध्वनि थाहा छ, उसले बुझ्न सक्छ,"यो ध्वनि प्रभुपाद वा स्वामीजीको हो |" त्यसैगरी, शक्ति त्यहीं छ तर हामीले शक्तिको स्रोत बिर्सिएको कारण वा हामीलाई शक्तिको स्रोत थाहा नभएको कारण हामीले भौतिक कुरालाई अन्तिम रुपमा लिएका छौं | यो हाम्रो अज्ञानता हो |

यो प्रकृति, भौतिक जगत् यी कुराहरुले बनेको छ: भूमिर् आपो ऽनलो वायुः खं मनो बुद्धिर् एव च :(भ गी ७।४) | यो कहाँबाट आएको हो ? कृष्णले व्याख्या गर्नुहुन्छ कि "यी मेरा शक्ति हुन् |" किनकि हामीले थाहा पाउनुपर्छ..... कृष्णलाई बुझ्नु भनेको हामीले थाहा पानुपर्छ कि पृथ्वी के हो, जल के हो, अग्नि के हो, वायु के हो, आकाश के हो, मन के हो, अहंकार के हो | यी भौतिक वस्तुहरु, तिनीहरुलाई थाहा हुनुपर्छ कि यी वस्तुहरु कहाँबाट आए | तिनीहरु केवल सिद्धान्त दिन्छन् कि पानी केहि रसायन, हाइड्रोजन र अक्सीजन समिश्रण हो | तर यी रसायनहरु, हाइड्रोजन र अक्सीजन कहाँबाट आए ? त्यसको जवाफ तिनीहरुले दिन चाहँदैनन् | तसर्थ यसलाई भनिन्छ अचिन्त्य-शक्ति | अचिन्त्य-शक्ति | यदि तपाईले मान्नुहुँदैन, यदि तपाई अस्विकार गर्नुहुन्छ,अचिन्त्य-शक्ति, भगवान्, अचिन्त्य-शक्ति, तब भगवान् हुनुहुँदैन भन्ने विचार हुन्छ | अचिन्त्य-शक्ति-सम्पन्नः |

तपाईले बुझ्न सक्नुहुन्छ कि यो अचिन्त्य-शक्ति के हो | अचिन्त्य-शक्ति तपाईसँग पनि छ, सबैसँग छ, किनकि हामी भगवानका अंश हौँ | तर सानो....... तुलना के छ ? तुलना शास्त्रमा दिइएको छ....... त्यो के हो ? केशाग्र​-शत​-भागस्य शतधा कल्पितस्य च जीव​-भागः स विज्ञेयः स चानन्त्याय कल्पते (चै च मध्य १९।१४०) |

केशाग्र​-शत​-भागस्य | मैले एउटा विचारमात्र दिएको हुँ | त्यो के हो ? कपालको टुप्पो, एउटा सानो विन्दु, यो विन्दुलाई सय भागमा विभाजन गर्नुहोस् | र त्यसको एक भागलाई पुनः सय भागमा विभाजन गर्नुहोस् | त्यो भनेको, कपालको टुप्पोको दश हजार भागको एक भाग | त्यो विन्दु जस्तै हुन्छ | त्यो जीव-आत्मा, आध्यात्मिक झिल्को वा अणु-अंशको आकार हो | केशाग्र​-शत​-भागस्य शतधा कल्पितस्य च जीव​-भागः स विज्ञेयः स चानन्त्याय कल्पते (चै च मध्य १९।१४०) | यसको आकार छ तर हामीले आफ्ना भौतिक आँखाले केवल स्थुल कुराहरु देख्न सकेको कारण हामीले सुक्ष्म कुराहरु बुझ्न सक्दैनौं | तर तपाईले शास्त्रबाट श्रुतिको मदतले बुझ्न सक्नुहुन्छ | तब तपाईले बुझ्नुहुन्छ | भगवद् गीतामा एउटा श्लोक छ, इन्द्रियाणि पराण्य् आहुर् इन्द्रियेभ्यः परं मनः मनसस् तु परा बुद्धिः (भ गी ३।४२) | जस्तै, यहाँ मनो बुद्धिः भनिएको छ | मनसस् च परा बुद्धिः | मनभन्दा सुक्ष्म वा उच्च बुद्धि हुन्छ | अर्को स्थानमा पनि भनिएको छ कि यी इन्द्रियहरु स्थूल तत्त्व हुन् | इन्द्रियाणि पराण्य् आहुः | यो स्थूल दृष्टि हो | मैले एउटा मानिसलाई देख्छु भनेको मैले उसको शरीर, उसको आँखा, उसको कान, उसको हात र खुट्टा र सबै देख्छु | त्यो स्थूल दृष्टि हो | तर यी स्थूल इन्द्रियहरुभन्दा सुक्ष्म मन छ, जसले इन्द्रियहरुलाई नियन्त्रण गर्दैछ | त्यो तपाईले देख्नुहुन्न | मनलाई बुद्धिले नियन्त्रण गर्छ | मनसस् च परा बुद्धिः | तपाईले त्यसरी अध्ययन गर्नुपर्छ | यदि जनसाधारण जसरी तपाईले अस्वीकार गर्नुहुन्छ कि "भगवान् हुनुहुँदैन, आत्मा छैन," यो केवल धूर्तता हो | धूर्त नरहनुहोस् | यहाँ भगवद् गीता छ | सबै कुरा गहन रुपमा सिक्नुहोस् | यो सबैको लागि खुल्ला छ |