NE/Prabhupada 0147 - साधारण चामल परम चामल होइन



Lecture on BG 7.1 -- Hong Kong, January 25, 1975

भक्तहरुलाई थाहा छ कि भगवान् हुनुहुन्छ र कृष्ण नै भगवान् हुनुहुन्छ | परमेश्वरलाई भगवान् भनिन्छ | तसर्थ यहाँ भनिए तापनि...... भगवन् गीता कृष्णले भन्नुभएको हो, सबजनालाई थाहा छ | भगवद् गीताको केहि स्थानमा भगवान् उवाच भनिएको छ | भगवान् र कृष्ण-उही व्यक्ति हुनुहुन्छ | कृष्णस् तु भगवान् स्वयम् (श्री भ १।३।२८) | भगवान् शब्दको एउटा व्याख्या छ |

ऐश्वर्यस्य समग्रस्य वीर्यस्य यशसः श्रियः
ज्ञान​-वैराग्ययोश् चैव षण्णां भग इतीङ्गना
(विष्णु पुराण ६|५|४७)

भग, हामीले भाग्यवान्, भाग्य शब्द बुझ्छौं | भाग्य, भाग्यवान्, यो शब्द भगबाट आएको हो | भग भनेको ऐश्वर्य | ऐश्वर्य भनेको धन | एउटा मानिस कसरी ऐश्वर्यवान् हुन सक्छ ? यदि ऊसँग धन हुन्छ, यदि ऊसँग बुद्धि हुन्छ, यदि ऊसँग सुन्दरता हुन्छ, यदि ऊसँग मान-सम्मान हुन्छ, यदि ऊसँग ज्ञान हुन्छ, यदि ऊसँग वैराग्य हुन्छ-यो भगवानको अर्थ हो |

जब हामीले "भगवान्" भन्छौं, यी भगवान्, यी परमेश्वर..... ईश्वर, परमेश्वर; आत्मा, परमात्मा; ब्रह्म, परब्रह्म- यी दुई शब्दहरु छन् | एउटा सामान्य हो र अर्को परम हुनुहुन्छ | जस्तै हाम्रो पकाउने प्रक्रियामा हामीले विभिन्न किसिमको चामल पकाउँछौँ | चामलको भोजन हुन्छ | नाम भने विभिन्न दिइन्छ: अन्न, परमान्न, पुष्पान्न, किचोरन्न, त्यस्तै | सर्वोच्च अन्न भनेको परमान्न | परम भनेको सर्वोच्च | अन्न, चामल उही हुन्छ तर यो परम बन्छ | साधारण चामललाई परम चामल भनिंदैन | यो पनि चामल हो | र जब तपाईले चामललाई क्षीरसँग, मतलब दुध र अरु राम्रो परिकारसँग तयार गर्नुहुन्छ, यसलाई परमान्न भनिन्छ | त्यसैगरी, जीव र भगवानको लक्षण व्यवहारिक रुपमा उही छ | भगवान....... हामीसँग यो शरीर छ; भगवानसँग यो शरीर छ | भगवान् पनि जीव हुनुहुन्छ; हामी पनि जीव हौँ | भगवानसँग सिर्जनात्मक शक्ति छ; हामीसँग पनि सिर्जनात्मक शक्ति छ | तर भिन्नता यो छ कि उहाँ धेरै महान हुनुहुन्छ | एको यो बहूनां विदधाति कामान् | जब भगवानले यो सम्पूर्ण ब्रह्माण्ड सिर्जना गर्नुहुन्छ, उहाँलाई कसैको मदत चाहिंदैन | उहाँले आकाश सिर्जना गर्नुहुन्छ | आकाशबाट ध्वनि उत्पन्न हुन्छ; ध्वनिबाट हावा उत्पन्न हुन्छ; हावाबाट आगो उत्पन्न हुन्छ; आगोबाट पानी उत्पन्न हुन्छ; पानीबाट पृथ्वी उत्पन्न हुन्छ |