NE/Prabhupada 0153 - साहित्यिक योगदानद्वारा बुद्धिमानीको परीक्षण हुन्छ



Interview with Newsweek -- July 14, 1976, New York


पत्रकार: के हजुरले उल्लेख गर्नुभएका यी तीन कुरा- खानु, सुत्नु र यौन जीवनको बारेमा भन्न सक्नुहुन्छ, र मलाई भन्न सक्नुहुन्छ कि तपाईले ती मानिसलाई कस्तो नियम वा संकेत दिनुहुन्छ, जसले आफ्नो जीवनलाई सार्थक बनाउन आध्यात्मिक प्रबुद्धता खोज्दैछन् |

प्रभुपाद: हो, त्यो हाम्रा पुस्तकहरुमा छ | यी हाम्रा पुस्तकहरु हुन् | हामीसँग बुझ्न पर्याप्त विषय छन् | यो कुरा तपाईले एक मिनेटमा बुझ्नुहुन्छ भन्ने होइन |

पत्रकार: मलाई लाग्छ तपाई धेरै कम सुत्नुहुन्छ | तपाई एक रातमा तीन देखि चार घण्टा सुत्नुहुन्छ | के तपाईलाई लाग्छ कि यो कुरा आध्यात्मिक झुकाव भएको मानिसले पनि अनुभव गर्नेछ ?

प्रभुपाद: सक्छ, हामीले गोस्वामीहरुको व्यवहारबाट देख्छौं | उहाँहरुसँग व्यवहारिक रुपमा भौतिक आवश्यकताहरु थिएन | उहाँहरु व्यवहारिक रुपमा खानु, सुत्नु, मैथुन गर्नु र रक्षा गर्नु जस्ता गतिविधिहरुमा संग्लग्न हुनुहुन्नथ्यो | उहाँहरु केवल कृष्णको कार्यमा संग्लग्न हुनुहुन्थ्यो |

पत्रकार: केमा संग्लग्न ?

रामेश्वर: कृष्णको कार्य वा भगवानको सेवा |

बलि-मर्दन: उहाँले अघिल्ला आध्यात्मिक गुरुहरुको उदाहरण दिंदै हुनुहुन्छ |

पत्रकार: मेरो मतलब यो थियो कि किन....... के उहाँलाई लाग्छ कि तीन वा चार घण्टाको निद्रा पर्याप्त हुन्छ ?

बलि-मर्दन: अर्को शब्दमा, किन..... उनले सोध्दैछिन् कि हजुर किन तीन देखि चार घण्टा सुत्नुहुन्छ | हजुर कसरी त्यो स्तरमा पुग्नुभयो ?

प्रभुपाद: त्यो कृत्रिम रुपमा गरेको होइन | तपाई जति धेरै आध्यात्मिक गतिविधिहरुमा संग्लग्न हुनुहुन्छ, त्यति नै भौतिक गतिविधिहरुबाट मुक्त हुनुहुन्छ | त्यो परिक्षण हो |

पत्रकार: त्यसैले हजुर त्यो स्तरमा पुग्नु........

प्रभुपाद: होइनम मैले मेरो बारेमा भनेको होइन, तर त्यो परिक्षण हो | भक्तिः परेशानुभवो विरक्तिर् अन्यत्र स्यात् (श्री भा ११।२।४२) | यदि तपाईले भक्तिमा, आध्यात्मिक जीवनमा विकास गर्नुहुन्छ, तब तपाई भौतिक जीवनमा अनिच्छुक हुनुहुन्छ |

पत्रकार: के तपाईलाई लाग्छ कि संसारका फरक मानिसहरुमा कुनै भिन्नता छ ? अर्को शब्दमा, के तपाईलाई लाग्छ कि युरोपेलीको तुलनामा भारतीयहरुसँग कृष्ण भावना स्वीकार्ने धेरै झुकाव हुन्छ ?

प्रभुपाद: होइन, कुनै पनि बुद्धिमान वर्गको मानिस कृष्ण भावनाभावित हुन सक्छ | त्यो मैले पहिल्यै व्याख्या गरिसकें कि जबसम्म कोहि मानिस धेरै बुद्धिमान हुँदैन, उसले कृष्ण भावना स्वीकार्न सक्दैन | त्यसैले यो सबैको लागि खुल्ला छ | तर बुद्धिमानीको विभिन्न स्तर हुन्छ | युरोपमा, अमेरिकामा, मानिसहरु बुद्धिमान छन् तर तिनीहरुको बुद्धि भौतिक प्रयोजनको लागि प्रयोग हुँदैछ | र भारतमा उनीहरुको बुद्धि आध्यात्मिक प्रयोजनको लागि प्रयोग हुन्छ | तसर्थ तपाईले धेरै उच्च स्तरको जीवन, पुस्तक साहित्य पाउनुहुन्छ | जस्तै व्यासदेव | व्यासदेव पनि गृहस्थ जीवनमा थिए, तर उनी जङ्गलमा बस्थे र उनको साहित्यको देन हेर्नुहोस् | कसैले सपनामा पनि सोच्न सक्दैन | साहित्यिक देनद्वारा एक मानिसको बुद्धिमानीको परिक्षण हुन्छ | सबै भौतिक जगतका ठुला-ठुला मानिसहरु, वैज्ञानिकहरु, दार्शनिकहरु, प्राविधिकहरुलाई पनि, तिनीहरुको लेख, तिनीहरुको देनद्वारा चिनिन्छ, तिनीहरुको विशाल शरीरद्वारा होइन |