NE/Prabhupada 0158 - आमा मार्ने सभ्यता



Lecture on SB 5.5.3 -- Stockholm, September 9, 1973

नूनं प्रमत्तः कुरुते विकर्म (श्री भा ५।५।४) | विकर्म भनेको वर्जित, अपराधिक गतिविधिहरु | तीन प्रकारका गतिविधिहरु छन्: कर्म, विकर्म, अकर्म | कर्म भनेको तोकिएको कर्तव्य | त्यो कर्म हो | जस्तै स्व-कर्मणा | भगवाद् गीतामा स्व-कर्मणा तम् अभ्यर्च्य (भ गी १८।४६) | सबजनाको तोकिएको कर्तव्य छ | त्यसको वैज्ञानिक बुझाइ कहाँ छ ? त्यहाँ हुनुपर्छ.....जसरी म भन्दै थिएँ, मानव समाजको वैज्ञानिक विभाजन | सबभन्दा बुद्धिमान वर्ग, तिनीहरु ब्राह्मणको रुपमा प्रशिक्षित हुनुपर्छ | कम, थोरै कम बुद्धिमान, तिनीहरु प्रशासकको रुपमा प्रशिक्षित हुनुपर्छ | थोरै बुद्धिमान, तिनीहरु व्यापारी, किसान र गो रक्षकको रुपमा प्रशिक्षित हुनुपर्छ | आर्थिक विकासलाई गो-रक्षा चाहिन्छ, तर यी धूर्तहरुलाई थाहा छैन | आर्थिक विकास भनेको गो-हत्या छ | हेर्नुहोस् त, धूर्त सभ्यता | दु:खी नहुनुहोस् | यो शास्त्र हो | यो नसोच्नुहोस् कि मैले पश्चिमी सभ्यताको निन्दा गर्दैछु | यो शास्त्रले भन्छ | धेरै अनुभवी | आर्थिक विकासका अधिवक्ताहरु धेरै छन्, तर तिनीहरुलाई थाहा छैन कि गो-रक्षा आर्थिक विकासको कुराहरु मध्ये एक हो | यी धूर्तहरुलाई थाहा छैन | तिनीहरु सोच्छन् कि गो-हत्या राम्रो हो | ठ्याक्क उल्टो | तसर्थ कुरुते विकर्म | केवल जिब्रोको थोरै सन्तुष्टिको लागि | त्यहि फाइदा तपाईले दुधबाट लिन सक्नुहुन्छ, तर तिनीहरु धूर्त, पागल भएको कारण तिनीहरु सोच्छन् कि गाईको दुध खानुभन्दा रगत खानु राम्रो हो | दुध रगतको रुपान्तरण बाहेक केहि होइन, सबैलाई थाहा छ | सबैलाई थाहा छ | जस्तै एक मानव, आमा, जब बच्चा जन्मन्छ, तत्काल..... बच्चा जन्मनु अघि, तपाईले आमाको स्तनमा दुधको कुनै थोपा पाउनुहुन्न | हेर्नुहोस् | युवतीको स्तनमा दुध हुँदैन | तर बच्चा जन्मनासाथ, तत्काल दुध हुन्छ | तत्काल, स्वत: | यो भगवानको व्यवस्था हो | किनकि बच्चालाई भोजन चाहिन्छ | केवल हेर्नुहोस् कसरी भगवानको व्यवस्था छ | अझ पनि, हामी आर्थिक विकासको लागि प्रयास गर्दैछौं | जब एउटा बच्चा जन्मन्छ, भगवानको व्यवस्था यति राम्रो छ, प्रकृतिको आर्थिक कार्यक्रम, तत्काल आमा दुधसँग तयार हुन्छिन्.... यो हो आर्थिक विकास | त्यहि दुध गाईद्वारा उपलब्ध भएको छ | उनी वास्तवमा आमा हुन् र यो धूर्त सभ्यताले आमालाई मार्दैछ | आमा-मार्ने सभ्यता | केवल हेर्नुहोस् | तपाई आफ्नो जीवनको सुरुवातदेखि आमाको स्तनबाट दुध चुस्नुहुन्छ र जब उहाँ बुढी हुनुहुन्छ, यदि तपाई "आमा प्रयोगहिन बोझ हुन् | यसको घांटी काट" सोच्नुहुन्छ भने के यो सभ्यता हो ?