NE/Prabhupada 0159 - मानिसहरुलाई मेहेनत गर्ने शिक्षा दिन ठुला-ठुला योजनाहरु



Lecture on SB 5.5.15 -- Vrndavana, November 3, 1976

कलकत्ता, बम्बई, लन्डन, न्यु योर्कजस्ता ठुला, ठुला शहरहरुमा सबजना कठिन परिश्रम गर्दैछन् | यो होइन कि ठुला शहरहरुमा तिनीहरुले आफ्नो भोजन सजिलै प्राप्त गर्छन् | होइन | सबजनाले कार्य गर्नुपर्छ | र सबजना मेहेनत गर्दैछन् | के तपाईलाई लाग्छ कि सबजना उही स्तरमा छन् ? होइन | त्यो सम्भव छैन | भाग्य | एक मानिस दिन-रात, चौबीस घण्टा मेहेनत गर्छ, उसले केवल दुइटा चपाती पाउँछ | हामीले बम्बईमा देखेका छौं | तिनीहरु यस्तो दयानक परिस्थितिमा बाँच्दैछन् कि दिनको समयमा पनि तिनीहरुलाई मटितेलको बत्ति चाहिन्छ | त्यस्तो स्थानमा उनीहरु बाँच्दैछन् र यति फोहोरी स्थिति हुन्छ | के यसको मतलब सबजना बम्बईमा धेरै आरामदायी अवस्थामा बाँच्दैछन् भन्ने हो ? होइन | त्यसैगरी, हरेक शहर | यो सम्भव छैन | तपाईले आफ्नो आर्थिक स्थिति केवल कठिन परिश्रम गरेर परिवर्तन गर्न सक्नुहुँदैन | त्यो सम्भव छैन | तपाई परिश्रम गर्नुहोस् वा नगर्नुहोस्, तपाईको भाग्यमा जे छ तपाईले पाउनुहुनेछ | तसर्थ हाम्रो शक्तिको उपयोग........ मल्-लोक​-कामो मद्-अनुग्रहार्थः | हाम्रो शक्ति कृष्णलाई खुसी पार्न उपयोग गर्नुपर्छ | त्यसो गर्नुपर्छ | त्यस प्रयोजनको लागि शक्तिको उपयोग गर्नुपर्छ, आफ्नो शक्तिको नाश झुटो प्रयोजनको लागि गर्नुहुँदैन कि "म खुसी हुनेछु | म यो गर्नेछु | म त्यो गर्नेछु | मैले यसरी पैसा कमाउनेछु | म....." कुमालेको कथा छ | कुमालेले योजना बनाउँछ | ऊसँग केहि भाँडा हुन्छन् र उसले योजना बनाउँछ | "अब मसँग यी चार भाँडाहरु छन् र मैले यी बेच्नेछु | मलाई केहि फाइदा हुनेछ | अनि म दश भाँडा बनाउनेछु | अनि म दश भाँडा बेच्नेछु, मलाई केहि फाइदा हुनेछ | अनि म बीस भाँडा बनाउनेछु, अनि तीस भाँडा, चालिस भाँडा | यस प्रकाले म लखपति हुनेछु | र त्यस समयमा म विवाह गर्नेछु र म आफ्नी पत्नीलाई यो तरिका र त्यो तरिकाले नियन्त्रण गर्नेछु | र यदि उसले आज्ञा पालन गर्दिन भने म उसलाई यसरी लात हान्नेछु |" जब उसले लात हान्यो, उसले ती भाँडाहरुलाई लात हान्यो र सबै भाँडा फुट्यो | (हाँसो) तब उसको सपना पनि समाप्त भयो | बुझ्नुभयो ? त्यसैगरी, हामी केवल सपना देख्दैछौं | हामी केहि भाँडासँग सपना देख्छौं कि "यी भाँडाहरु धेरै हुनेछ, धेरै भाँडाहरु, धेरै भाँडाहरु," अनि समाप्त | कुनै कल्पना, योजना नबनाउनुहोस् | त्यो...... आध्यात्मिक गुरु र सरकार सावधान हुनुपर्छ कि "यी धूर्तहरुले कुनै योजना नबनाउन् | यो धूर्तले खुसी हुन कुनै योजना नबनाओस् |" न योजयेत् कर्मसु कर्म​-मूढान् | यो संसार कर्म-जगत् हो | यो भौतिक जगत् त्यस्तो छ | तिनीहरुको झुकाव पहिल्यै छ, त्यसैले के काम हुन्छ ? लोके व्ययायामिष​-मद्य​-सेवा नित्यास्तु जन्तुः | जस्तै यौन जीवन | यौन जीवन प्राकृतिक हो | यौन जीवनको आनन्द लिन कुनै विश्वविद्यालयको शिक्षा चाहिंदैन | तिनीहरुले यसको आनन्द लिनेछन् | कोहि पनि...... "कसैलाई पनि कसरी रुने वा कसरी हाँस्ने वा कसरी यौन जीवनको आनन्द लिने सिकाउनुपर्दैन |" एउटा बंगाली भनाइ छ | त्यो प्राकृतिक छ | तपाईलाई यो कर्मको लागि कुनै शिक्षा चाहिंदैन | अहिले तिनीहरुले मानिसलाई परिश्रम गराउने शिक्षा दिन ठुलो, ठुलो योजनाहरु बनाउँदैछन् | शैक्षिक संस्थामा मानिसलाई कसरी कृष्ण भावनाभावित हुने सिकाउनुपर्छ, यो वा त्यो बन्न सिकाउने होइन | त्यो समयको नाश हो, किनकि त्यो कार्यक्रम कहिल्यै सफल हुनेछैन | तल् लभ्यते दुःखवद् अन्यतः सुखं कालेन सर्वत्र गभीर​-रंहसा | प्रकृतिको नियमले कार्य गर्दैछ | कृतेः क्रियमाणानि गुणैः कर्माणि सर्वशः (भ गी ३|२७) | जे पनि..... तसर्थ हाम्रो वैदिक सभ्यता भनेको मानिस आफ्नो अवस्थामा खुसी हुन्छ, ब्राह्मण​, क्षत्रिय​, वैश्य​, शूद्र​ | भगवानको कृपाले उसले जे पाउँथ्यो, ऊ सन्तुष्ट हुन्थ्यो | वास्तविक शक्ति कृष्णको कृपाको प्राप्त गर्न उपयोग गरिन्थ्यो | यो आवश्यक छ, कसरी कृष्णमा शरणागत हुन सिक्ने | तब अहं त्वां सर्व​-पापेभ्यो मोक्षयिष्यामि (भ गी १८|६६) | त्यो अन्त्य थियो | भारतमा हामीले पाउँदैनौं कि...... महान सन्त, ऋषिहरुले धेरै पुस्तकहरु लेखे तर उनीहरु झुपडीमा बस्ने गर्थे | केवल राजाहरु, क्षत्रियहरु ठुलो-ठुलो महल निर्माण गर्थे किनकि उनीहरुले शासन गर्नुपर्थ्यो | अरु कसैले गर्दैनथ्यो | उनीहरुले धेरै सरल जीवन बाँच्थे | तथाकथित आर्थक विकास, गगनचुम्बी भवन, गल्लि आदि-इत्यादीको लागि समयको नाश गर्दैनथे | वैदिक सभ्यतामा यस्तो हुँदैनथ्यो | यो आसुरी सभ्यता हो |