NE/Prabhupada 0165 - शुद्ध गतिविधिहरुलाई भक्ति भनिन्छ



Lecture on BG Introduction — New York, February 19-20, 1966


परम चेतना, भगवद् गीतामा वर्णन गरिनेछ , जीव र ईश्वर​ बीचको भेद वर्णन गरिएको अध्यायमा | क्षेत्र​-क्षेत्रज्ञ​ | क्षेत्रज्ञ ​को वर्णन यसरी गरिएको छ कि भगवान् पनि क्षेत्रज्ञ हुनुनुन्छ अथवा चेतनशील, र जीवहरु पनि चेतनशील छन्| तर फरक यति छ कि जीवात्मा आफ्नो सिमित शरीरभित्र मात्र चेतनशील छ, तर भगवान् सम्पूर्ण प्राणीहरुको बारेमा चेतनशील हुनुहुन्छ| ईश्वरः सर्व​-भूतानां हृद्-देशे ऽर्जुन तिष्ठति (भ गी १८|६१) | भगवान् सबै जीवात्माको हृदयमा निवास गर्नुहुन्छ, तसर्थ उहाँ प्रत्येक जीवको मानसिक गतिविधि, क्रियाकलापहरुको बारेमा चेतनशील छ| हामीले बिर्सिनुहुन्न| वर्णन गरिएको छ कि परमात्मा अथवा भगवान्, सम्पूर्ण जीवत्मको हृदयमा ईश्वरको रूपमा निवास गर्नुहुन्छ,नियन्त्रकका रूपमा र उहाँले मार्गनिर्देशन दिंदै हुनुहुन्छ| उहाँले मार्गनिर्देशन दिंदै हुनुहुन्छ| सर्वस्य चाहं हृदि सन्निविष्ठः (भ गी १५|१५) | उहाँ सम्पूर्ण जीवत्मको हृदयमा विराजमान हुनुहुन्छ| उहाँ आफ्नो इच्छा आनुसार चल्न मार्गनिर्देशन दिंदै हुनुहुन्छ| तर जीवत्माले के गर्ने भनेर भुल्दछ | सर्वप्रथम ऊ एक ढंगले कार्य गर्न दृढ हुन्छ र ऊ आफ्नै कर्म प्रतिफलको बन्धनमा फस्छ | तर जब ऊ एक शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्दछ........ जस्तै हामीले एक प्रकारको कपडा फुकाल्छौँ र अर्को कपडा लागाउँछौँ, त्यसैगरी,भगवद् गीतामा भनिएको छ,वासांसि जीर्णानि यथा विहाय (भ गी २|२२) | जसरी व्यक्तिले विभिन्न कपडा फेर्दछ, त्यसैगरी जीवात्माहरु पनि विभिन्न शरीर फेर्दैछन्, आत्माको स्थानान्तरण र उसका पूर्वजन्मका कर्म र प्रतिफलहरुलाई भोग्दै | यी क्रियाकलापहरु तब बदल्न सकिन्छ जब जीवात्मा सतोगुणमा हुन्छ, स्थिर बुद्धिमा हुन्छ र उसले बुझ्छ कि कस्तो प्रकारको कार्यहरुलाई स्वीकार गर्नुपर्दछ | र यदि उसले त्यसो गर्दछ भने उसका पूर्वजन्मका सम्पूर्ण प्रतिफलहरुलाई बदल्न सकिन्छ | तसर्थ कर्म शाश्वत छैन| पाँच कुरा- ईश्वर,जीव,प्रकृति,काल र कर्म मध्ये यी चार कुरा शाश्वत छन्, तर कर्म शाश्वत हुँदैन |

चेतनशील ईश्वर ,परमचेतनशील ईश्वर र परमचेतनशील ईश्वर र जीवात्मा बिचको फरक, अहिलेको परिस्थिमा यस्तो छ | चेतना, दुवै भगवान् र जीवत्माको चेतना दिव्य हुन्छ | चेतना प्रकृतिसँगको सम्पर्कमा आएर उत्पन्न हुने होइन | यो गलत धारणा हो| चेतना प्रकृतिसँगको सम्पर्कमा आएर उत्पन्न हुन्छ भन्ने सिद्धान्त गलत हो, यसलाई भगवद् गीतमा स्वीकार गरिएको छैन| चेतना भौतिक परिस्थितिको आवरणले उल्टो प्रतिबिम्बित भएको हुन सक्छ, जस्तै एउटा रंगीन सिसाबाट प्रतिबिम्बित प्रकाश, त्यहि सिसाको रंग अनुरुप देखिन्छ| त्यसैगरी, भगवानको चेतना भौतिक रुपमा प्रभावित हुँदैन| भगवान् कृष्ण भन्नुहुन्छ, मयाध्यक्षेण प्रकृतिः (भा गी ९|१०) | उहाँ यस भौतिक जगतमा अवतरित हुनुहुँदा भौतिकताले उहाँको चेतना प्रभावित हुँदैन | यदि उहाँको चेतना भौतिकताले प्रभावित हुन्थ्यो भने उहाँ भगवद् गीतामा दिव्य विषयवस्तुका बारेमा चर्चा गर्न अयोग्य हुनुहुन्थ्यो| कसैले पनि भौतिकताले दुषित चेतनाबाट मुक्त नभई दिव्य जगतको बारेमा चर्चा गर्न सक्दैन| अतः भगवान् भौतिकताले दुषित हुनुहुन्न| तर अहिलेको अवस्थामा हाम्रो चेतना भौतिकताले प्रदुषित भएको छ| समग्रमा भन्नुपर्दा, भगवद् गीताले यो सिकाइएको छ कि हामीले भौतिकताले ग्रस्त चेतनालाई शुद्ध बनाउनुपर्छ र त्यो शुद्ध चेतनामा राम्रा कार्यहरु हुनेछन् | त्यसले हामीलाई खुसी बनाउँछ| हामीले आफ्ना गताविधिहरु रोक्न सक्दैनौं | हाम्रा गतिविधिहरुलाई शुद्ध पार्नुपर्छ| र यहि शुद्ध गतिविधिहरुलाई नै भक्ति भनिन्छ | भक्ति हेर्दा सामान्य कार्यजस्तै लाग्छ तर तिनीहरु दुषित गतिविधि होइनन् | ती शुद्ध कर्म हुन्| एउटा अज्ञानी व्यक्तिलाई भक्तका क्रियाकलाप सामान्य व्यक्तिको जस्तै लाग्नसक्छ, तर अल्पज्ञानी व्यक्तिलाई यो थाहा हुँदैन कि भक्तका गतिविधि वा भगवानका क्रियाकलाप अशुद्ध भौतिक पदार्थको चेतनाले दुषित हुँदैन| त्रिगुणका अशुद्धताले, प्रकृतिका गुणले दुषित हुँदैन, यो त दिव्य चेतना हो | हाम्रो चेतना भौतिक रुपले दुषित छ, हामीलाई थाहा हुनुपर्छ|