NE/Prabhupada 0166 - तिमीले हिमपात रोक्न सक्दैनौ



Lecture on BG 2.7-11 -- New York, March 2, 1966

हामीले यो भुल्नुहुँदैन कि हामी दुःखमा छौँ | तीन प्रकारका दुःख छन्| मैले आर्थिक समस्याको बारेमा भनेको होइन...त्यो पनि अर्को समस्या हो| तर वैदिक ज्ञानको अनुसार-अथवा यो तथ्य हो-तीन प्रकारका दुःख छन् | एक प्रकारको दुःख शरीर र मनको ...... मानौं, मलाई टाउको दुखेको छ| म गर्मी अनुभव गर्दैछु, जाडो अनुभव गर्दैछु,र धेरै शारीरिक दुःख छ | त्यसैगरी, हामीलाई मानसिक दुःख छ| आज मेरो मन ठिक छैन | कसैले मलाई नराम्रो भन्यो| त्यसैले म दुःखी छु| अथवा मैले केहि वस्तु वा कुनै साथीलाई गुमाएँ, आदि इत्यादी | शरीर र मनको दुख, र दोस्रो भनेको प्रकृतिबाट प्राप्त हुने दुःख | यसलाई अधिदैविक दुःख भनिन्छ, जुन हाम्रो नियन्त्रणमा छैन| प्रत्येक दुःखमाथी हाम्रो केहि नियन्त्रण छैन, विशेषगरी......... मानौं भारी हिमपात भयो| पूरै न्यू योर्क शहर हिउँले डुब्यो र हामी सबैजना असुविधामा पर्छौं| त्यो पनि दुःख हो| तर तिमीले यसलाई नियन्त्रण गर्न सक्दैनौ| तिमीले हिमपात रोक्न सक्दैनौ| यदि चिसो हावाहुरी आयो भने तिमीले रोक्न सक्दैनौ| यसलाई अधिदैविक दुःख भनिन्छ| र मन र शरीरको दुःखलाई आध्यात्मिक दुःख भनिन्छ| र तेस्रो भनेको अधिभौतिक दुःख, अरु जीवात्माबाट आउने दुःख | मेरो शत्रुबाट, कुनै जनावरबाट अथवा किटाणुबाट, धेरै | अत: यी तीन प्रकारका दुःख सधैँ विद्यमान हुन्छन् | सधैँ नै | तर हामी यो दुःख चाहँदैनौं| र जब यो प्रश्न आउँछ.........

यहाँ अर्जुनलाई थाहा छ कि "युद्ध हुँदैछ, र शत्रुसँग युद्द गर्नु मेरो कर्तव्य हो, तर युद्द गर्दा दुःख हुन्छ किनभने तिनीहरु मेरो आफन्त हुन्|" उनी त्यसो अनुभव गर्दैछन् | जबसम्म एउटा मानिस यी कुराप्रति चेतनशील र जागरुक हुँदैन कि हामी सधैँ दुःखी छौं तर हामी यी दुःख चाहँदैनौं..... जब त्यस्तो व्यक्ति चेतनामा आउँछ, ऊ आध्यात्मिक गुरूको शरणमा जानुपर्छ | तिमीले बुझ्छौ ? जबसम्म ऊ पशु जस्तै जीवन बिताउँछ, उसलाई थाहा हुँदैन कि ऊ सधैँ दुःखी छ... उसलाई थाहा हुँदैन, मतलब पनि गर्दैन, अथवा ऊ समाधान निकाल्न चाहँदैन | र यहाँ अर्जुन दुखी छन् र उनी समाधान निकाल्न चहान्छन्, त्यसैले उनले गुरू स्वीकार्छन् | जब हामीलाई आफ्नो दुःखको बारे चेतना हुन्छ, तब हामी पीडादायी आवस्थाको बारेमा अवगत हुन्छौं.... दुःख विद्यमान छ | विस्मृति अथवा दुःखको अज्ञानता कुनै अर्थपूर्ण कुरा होइन | दुःख त विद्यमान छ | तर जब कोहि व्यक्ति दुःखबाट समाधान पाउन गम्भीर हुन्छ, तब उसलाई आध्यात्मिक रू आवश्यक पर्छ | जस्तै अर्जुनलाई अहिले आध्यात्मिक गुरूको आवश्यकता छ | के यो स्पष्टट छ? हो | दुःख विद्यमान छ| यसलाई कुनै शिक्षा चाहिंदैन,केवल यो सोच्नुपर्छ, थोरै सोचविचार गर्नुपर्छ, कि "म यो सबै दुःख चाहन्न, तर म दुःखी छु| किन? केहि उपाय छ त? छ कुनै.....?" तर यसको उपाय छ | यी सम्पूर्ण शास्त्र, यी सम्पूर्ण वैदिक ज्ञान, सम्पूर्ण..... र वैदिक ज्ञान मात्र होइन..........अहिले.... ओहो! तिमी किन विद्यालय जान्छौ ? किन कलेज जान्छौ? किन वैज्ञानिक शिक्षा लिंदैछौ? किन कानूनको शिक्षा लिंदैछौ ? यी सबै कुरा हाम्रो दुःख अन्त्य गर्नको लागि बनाइएको हो| यदि कुनै दुःख हुँदैनथ्यो भने कसैले पनि शिक्षा लिने थिएनन्| तर उसले सोच्छ कि "यदि म शिक्षित हुन्छु, यदि म डाक्टर भएँ अथवा वकिल भएँ, इन्जिनियर भएँ भने म खुसी हुन्छु|" खुसी | त्यो नै अन्तिम लक्ष्य हो| "म एउटा राम्रो जागिर पाउँछु,सरकारी जागिर , म खुसी हुनेछु|"

खुसी नै प्रत्येक खोजको अन्त्य हो| तर यी दुःखको समाधान अस्थायी छन् | वास्तविक दुःख, वास्तविक दुःखको कारण भनेको यो भौतिक अस्तित्वक हो, यी तीन प्रकारका दुःखको कारण | तर जब कोहि व्यक्ति दुःखबाट समाधान पाउन गम्भीर हुन्छ, तब उसलाई आध्यात्मिक गुरूको आवश्यकता पर्छ | र यदि तिमी दुःखको समाधान चाहन्छौ र कसैको सल्लाह चाहन्छौ भने तिमी कस्तो व्यक्तिसँग भेट्नुपर्छ जसले सम्पूर्ण दुःखको अन्त्य गर्न सक्छन् | त्यो छनौट हुनुपर्छ | यदि तिमी कुनै गहना वा अति नै बहुमुल्य वस्तु किन्न किराना पसलमा जान्छौ भने..... त्यस्तो अज्ञानता- तिमी अवश्य ठगिनेछौ | तिमी कम्तिमा पनि गहना पसलमा जानुपर्छ | तिमी बुझ्छौ ? त्यति ज्ञान तिमीसँग हुनुपर्छ |