NE/Prabhupada 0175 - धर्म भनेको क्रमिक रुपमा कागलाई हाँसमा परिवर्तन गर्ने



Lecture on SB 1.8.33 -- Los Angeles, April 25, 1972


जुन साहित्य भगवानसँग सम्बन्धित छैन, तद वयासम तीर्थम, त्यो कागले आनन्द लिने स्थान जस्तै हो | कागले कता आनन्द लिन्छ ? फोहोरी ठाउँमा | र हाँस, स्वेत हाँस, उनीहरु सफा पानीमा आनन्द लिन्छन्, जहाँ बगैंचा र चराहरु हुन्छन् | त्यसैगरी, जनावरहरुको पनि विभाजन हुन्छ | हाँसको वर्ग र कागको वर्ग | प्राकृतिक विभाजन | काग हाँसकहाँ जाँदैन | हाँस कागकहाँ जाँदैन | त्यसैगरी मानव समाजमा पनि काग वर्गका मानिस र हाँस वर्गका मानिस हुन्छन् | हाँस वर्गका मानिस यहाँ आउँछन् किनभने यहाँ सबै कुरा सफा, राम्रो छ, राम्रो सिद्धान्त, राम्रो खानेकुरा, राम्रो शिक्षा, राम्रो लुगा, राम्रो चेतना, सबै राम्रा छन् | र काग वर्गका मानिसहरु क्लब, नग्न नृत्य र अरु धेरै स्थानमा जान चाहन्छन् | तपाईलाई थाहा छ | त्यसैले यो कृष्ण भावनामृत अभियान हाँस वर्गका मानिसको लागि हो | काग वर्गका मानिसको लागि होइन | होइन | तर हामी ती कागहरुलाई हाँस बनाउन सक्छौँ | यो हाम्रो सिद्धान्त हो | जो पहिले काग थिए, उनीहरु अहिले हाँस जस्तै पौडिदै छन् | त्यो हामी गर्न सक्छौं | यो कृष्ण भावनामृत अभियानको फाइदा हो | जब हाँस काग बन्छ, त्यो भौतिक जगत् हो | कृष्णले भन्नुभयो: यदा यदा हि धर्मस्य ग्लानिर् भवति (भ गी ४|७) |

जीवात्मा भौतिक शरीरमा बद्ध छ र ऊ आफ्नो इन्द्रियतृप्तिको लागि प्रयासरत छ, एउटा शरीर पछिअर्को शरीर, अर्को शरीरपछि अर्को शरीर | यो हो हाम्रो स्थिति | र धर्म भनेको कागबाट हाँसमा तुरुन्त परिणत हुने अवस्था हो | यो नै धर्म हो | जस्तै एउटा व्यक्ति अशिक्षित, असभ्य छ, तर उसलाई शिक्षित र सभ्य मानिस बनाउन सकिन्छ | शिक्षा दिएर, तालिम दिएर | मानव जीवनमा त्यो कुरा सम्भव छ | मैले कुकुरलाई भक्त बनाउन सक्दिनँ | त्यो निकै कठिन हुन्छ | त्यो पनि गर्न सकिन्छ | तर म चैतन्य महाप्रभु जस्तै शुद्ध र शक्तिशाली छैन | जब उहाँ झारिखण्ड जंगलबाट गुज्रदै हुनुहुन्थ्यो, बाघ, सर्प, मृग, सबै जनावर भक्त भए | उनीहरु सबै भक्त भए | त चैतन्य महाप्रभुलाई जे सम्भव थियो... किनभने उहाँ स्वयं भगवान् हुनुहुन्छ | उहाँले जे पनि गर्न सक्नुहुन्छ | हामी सक्दैनौं | तर हामी मानव समाजमा काम गर्न सक्छौँ | व्यक्ति जति पतित भए पनि केहि मतलब हुँदैन | यदि उसले हाम्रो निर्देशन अनुरुप कार्य गर्छ भने ऊ फर्किन सक्छ | यसलाई धर्म भनिन्छ | धर्म भनेको मानिसलाई वास्तविक स्थितिमा ल्याउनु हो | यो धर्म हो | धेरै स्तरहरु हुन सक्छन् | तर हाम्रो वास्तविक स्थिति भनेको हामी भगवानका अंश हौँ र जब हामीलाई थाहा हुन्छ कि हामी भगवानका अंश हौँ, तब त्यो हाम्रो जीवनको वास्तविक अवस्था हुन्छ | यसलाई ब्रह्म-भुत (श्री भा ४|३०|२०) स्तर भनिन्छ, अर्थात् आफ्नो ब्रह्म परिचय बुझ्नु |