NE/Prabhupada 0176 - यदि तिमी कृष्णलाई प्रेम गर्छौ भने उहाँ तिमीसँग सधैं रहनुहुन्छ



Lecture on SB 1.8.45 -- Los Angeles, May 7, 1973

हामीसँग यो अद्भुत शक्ति छ , तर हामीलाई यसको बारेमा ज्ञान छैन । त यहाँ एउटा उदाहरण छ - कस्तुरीको नाभीबाट गन्ध निस्किन्छ जुन निकै सुगन्धित हुन्छ , ऊ एक ठाँउबाट अर्को ठाँउसम्म उफ्रन्छ | यो सुगन्धित बास्ना कहाँबाट आएको हो ? उसलाई यति पनि थाहा हुँदैन कि त्यो सुगन्धित बास्ना उसको नाभीबाट आएको हो । त्यो सुगन्धित बास्ना उसमा नै निहित छ , तर ऊ खोज्दैछ, "कहाँबाट आएको ? कहाँबाट आएको ?" त्यसैगरी हामी भित्र पनि धेरै अद्भुत शक्तिहरु सूक्ष्म अवस्थामा छन्, तर हामी यसको बारेमा अनभिज्ञ छौं । तर यदि तिमीले योग प्रणालीको अभ्यास गर्छौ भने तीमध्ये कुनैमा तिमी धेरै राम्रो हुनसक्छौ । जसरी चराहरु उड्छन् , तर हामी उड्न सक्दैनौ । कहिलेकहीं हामी इच्छा गर्छौं," मसँग परेवाको जस्तै पखेटा भएको भए ......" कविताहरु छन् "म तत्काल जहाँपनि जान सक्थें |" तर त्यस्तो अद्भुत शक्ति पनि तिमीभित्र नै छ । यदि तिमीले योग अभ्यासद्वारा आफुमा विकास ल्याउँछौ भने तिमी पनि हावामा उड्न सक्छौ । यो सम्भव छ । यो ब्रहमाणडमा सिद्धलोक नामक एउटा ग्रह छ । सिद्धलोकका वासिन्दाहरुलाई...... सिद्धलोक भनेको त्यहाँका वासिन्दाहरुसगँ धेरै अद्भुत शक्तिहरू हुन्छ । हामी धेरै यन्त्रहरु प्रयोग गरेर चन्द्रमासम्म पुग्न प्रयासरत छौं । तर उनीहरु उड्न सक्छन् । तिनीहरु आफुले इच्छा गर्नेबित्तिकै जहाँ पनि जान सक्छन् । यो अद्भुत शक्ति हामी सबै भित्र छ । यसलाई विकास गर्नु जरुरी छ । परास्य शक्तिर विविधैव श्रुयते (चै च मध्य १३।६५ तात्पर्य) | हामीसगँ धेरै सूक्ष्म शक्तिहरू छन् । हामीले यसलाई विकास गर्नुपर्छ ।

जस्तै कृष्ण | चार , पाँच वर्ष अगाडि तिमीहरूलाई कृष्णको हो बारेमा थाहा थिएन । बिस्तारै विकास गर्दै तिमीहरुले कृष्ण, भगवान् को हुनुहुन्छु , हाम्रो उहाँसगँको सम्बन्ध के हो इत्यादी कुराहरु बुझेका छौ | मानव जीवन भनेको त्यो भावनाको विकास गर्नको लागि हो, खाना कहाँ छ , वासस्थान कहाँ छ, यौनतृप्ति कहाँ छ भनेर खोज्नमात्र होइन | यो त पहिलेदेखि नै छ । तस्यैव हेतः प्रयतेत कोविदो न लभ्यते ......(श्री भा १।५।१८) | यी कुराहरू हाम्रो खोजीका विषयवस्तु होइनन् । यी त पहिलेदेखि नै छन् । यो कुराहरु त चराचुरुङ्गी र किरा-फट्यांग्राहरुमा पनि छ । मानिसहरुको त के कुरा गर्नु ? तर तिनीहरु निकै मूर्ख भएका छन् । तिनीहरु केवल खाना कहाँ छ , वासस्थान कहाँ छ , यौनतृत्प्ति कसरी गर्ने र आफ्नो शरीरको सुरक्षा कसरी गर्ने भन्ने कुरामा सोचमग्न छन् । यो कुमार्गमा लागेको मानव सभ्यता हो , कुमार्ग । यी कुराहरूको कुनै प्रश्न नै उठ्दैन........यो त समस्याको विषय नै होइन । तिनीहरु देख्दैनन् कि जनावरहरुलाई कुनै समस्या छैन , चराचुरुङ्गीलाई पनि कुनै समस्या छैन । तर किन मानव समुदायलाई मात्र यस्तो समस्या हुन्छ ? यो कुनै समस्याको विषय नै होइन । वास्तविक समस्या भनेको यो दोहोरिरहेको जन्म , मृत्यु , बुढ्यौली र रोगलाई रोक्नु हो । यो वास्तविक समस्या हो । त्यो समस्या कृष्ण भावनामृत अभियानबाट समाधान हुन्छ । यदि तिमी केवल कृष्ण को हुनुहुन्छ भनेर बुझ्छौ भने , त्यक्त्वा देहम् पुनर् जन्म नैती (भ गी ४।९),तिम्रो भौतिक जन्म हुँदैन । कृष्ण भावनामृत अभियान निकै राम्रो छ, यदि तिमी कृष्णसगँ मित्रता गाँस्छौँ भने तिमी कृष्णसँग बोल्न सक्छौ । जसरी युधिष्ठिर महाराजले बिन्ती गर्नुभयो ," कृष्ण , कृपा गरेर अझै अरु दिन बस्नुहोस् ।" कृष्ण केही दिनको लागि मात्र होइन ;यदि तिमीले कृष्णलाई प्रेम गर्छौ भने उहाँ सधैंभरिका लागि तिमीसँगै रहनुहुनेछ । धेरै धेरै धन्यवाद |