NE/Prabhupada 0196 - केवल अाध्यात्मिक विषयप्रति लालायित होऊ



Lecture on BG 2.58-59 -- New York, April 27, 1966


हामीले अध्यात्मिक जीवनको सुन्दरता कसरी देख्न सकिन्छ भन्ने सम्बन्धि सिक्नुपर्छ | तब, स्वभाविक रुपमा हामी भौतिक कार्यहरुबाट टाढा बस्नेछौं | जस्तै एउटा बालक | उसले सारा दिन चक-चक गरेर र खेलेर बिताउँछ, तर यदि उसलाई केहि राम्रो संलग्नता दिइयो भने...... अहिले शैक्षिक विभागमा धेरै विधिहरु छन्, बाल सदन विभाग वा त्यो विभाग | तर यदि ऊ संलग्न भयो भने, " ओहो, 'क' बाट, 'ख' बाट| " त्यहि समयमा उसले क ख ग पनि सिक्छ र बदमास व्यवहारबाट पनि टाढा हुन्छ | त्यसैगरी आध्यात्मिक जीवनमा धेरै कुराहरु छन्, बाल सदन प्रणाली छ | यदि हामी अध्यात्मिक कार्यमा संलग्न भयौं भने यी भौतिक कार्यबाट मुक्ति पाउन सजिलो हुन्छ | कार्यहरु रोक्न सकिंदैन | उही उदाहरण, अर्जुन.... भगवद् गीता सुन्नुभन्दा अगाडि उनी युद्ध गर्न धेरै निस्क्रिय थिए | तर भगवद्-गीता सुनेपछि उनी धेरै सक्रिय भए, तर दिव्य रुपमा सक्रिय | आध्यात्मिक जीवन वा दिव्य जीवन भनेको हामी कार्यबाट मुक्त हुने होइन | यदि हामी कृत्रिम रुपमा बस्यौं भने " ओहो, म अरु केहि भौतिक कार्य गर्दिनँ | म केवल ध्यान गर्छु," तिमी के ध्यान गर्छौ ? तिम्रो ध्यान एकै क्षणमा भंग हुन्छ | जस्तै विश्वमित्र मुनि, उनले आफ्नो ध्यान जारी राख्न सकेनन् | हामी आध्यात्मिक जीवनमा सधैं शत प्रतिशत संलग्न हुनुपर्छ | त्यो हाम्रो जीवनको कार्यक्रम हुनुपर्छ | आध्यात्मिक जीवनमा तिमीले यसबाट निस्किने समय बिरलै पाउनेछौ | तिमीसँग धेरै संलग्नता हुन्छ | रस​-वर्जम् | र त्यो संलग्नता तब मात्र सम्भव हुन्छ जब तिमीले त्यसमा कुनै दिव्य आनन्द प्राप्त गर्छौ | तब त्यो गरिनेछ | अदौ श्रद्धा तत​: साधु-सङ्ग​: (चै च मध्य २३|१४-१५)| आध्यात्मिक जीवन सर्वप्रथम श्रद्धाबाट सुरु हुन्छ, केहि आस्था | जस्तै तिमी यहाँ मलाई सुन्न आएका छौ | तिमीसँग थोरै आस्था छ | यो सुरुवात हो | आस्था बिना, तिमीले आफ्नो समय यहाँ बिताउन सक्दैनथ्यौ किनकि यहाँ कुनै चलचित्र चलिरहेको छैन, यहाँ कुनै राजनीतिक कुरा भएको छैन, केहि पनि..... यहाँ हुनसक्छ, कसैको लागि धेरै फोस्रो विषय हुनसक्छ | धेरै फोस्रो विषय | ( मुस्कान ) तर पनि तिमी आएको छौ | किन? किनकि तिमीसँग थोरै आस्था छ, " ओहो यहाँ भगवद्-गीता छ यसलाई सुन्नुपर्छ |" त आस्था भनेको सुरुवात हो | आस्थाविहिन मानिसको कुनै अध्यात्मिक जीवन हुनसक्दैन | आस्था सुरुवात हो | आदौ श्रद्धा | श्रद्धा | र यो विश्वसनीयता, यो जति तीव्र हुन्छ, त्यति नै तिम्रो प्रगति हुन्छ | यो विश्वासलाई तीव्र गर्नुपर्छ | सुरुवात भनेको विश्वास हो | र अहिले, जब तिमीले आफ्नो विश्वास तीव्र बनाउँछौ, तिमी त्यति नै आध्यात्मिक मार्गमा प्रगतिशील हुन्छौ | आदौ श्रद्धा तत​: साधु-सङ्ग​: (चै च मध्य २३|१४-१५) | यदि तिमीसँग केहि आस्था छ भने तिमीले कुनै साधु पाउँछौ, साधु वा सन्त, कोहि ऋषि, जसले तिमीलाई केहि आध्यात्मिक प्रबुद्धता दिन्छन् | यसलाई साधु-सङ्ग भनिन्छ (चै च मध्य २२|८३) | आदौ श्रद्धा | श्रद्धा मुलभूत सिद्धान्त हो, र अर्को चरण भनेको साधु-सङ्ग हो, आध्यात्मिक अनुभूति भएका व्यक्तिहरुको सङ्ग | यसलाई भनिन्छ साधु......आदौ श्रद्धा तत​: साधु-सङ्ग​: ऽथ भजन​-क्रिया | र यदि आध्यात्मिक अत्मनुभुती गरेका मानिसको सङ्ग हुन्छ भने उनले तिमीलाई आध्यात्मिक कार्यको केहि प्रक्रिया दिन्छन् | त्यसलाई भजन-क्रिया भनिन्छ | आदौ श्रद्धा तत​: साधु-सङ्ग: अथ भजन​-क्रिया तत: अनर्थ​-निवृत्ति: स्यात् | र जब तिमी धेरै भन्दा धेरै आध्यात्मिक कार्यमा संलग्न हुन्छौ, त्यहि मात्रामा तिम्रो भौतिक कार्य र भौतिक कार्यप्रतिको आकर्षण हराउँछ | प्रतिक्रिया | जब तिमी आध्यात्मिक कार्यमा संलग्न हुन्छौ, तिम्रो भौतिक कार्यहरु हराउँछन् | तर यो दिमागमा राख | भौतिक कुरा र आध्यात्मिक कुरामा फरक के छ भने..... जस्तै तिमी चिकित्सकको रुपमा संलग्न छौ | तिमीले यो नसोच कि " यदि म अध्यात्ममा संलग्न भएँ भने मैले आफ्नो व्यवसाय छोड्नुपर्छ |" होइन, होइन | त्यो होइन | तिमीले आफ्नो व्यवसायलाई आध्यात्मिक बनाउनुपर्छ | जस्तै अर्जुन, उनी एक योद्धा थिए | उनी पनि आध्यात्मिक बने | त्यो भनेको उनले आफ्नो सैन्य कार्यलाई आध्यात्मिक बनाए | त यी सबै विधि हुन् | त आदौ श्रद्धा तत: साधु-सङ्ग​: अथ भजन​-क्रिया तत​: अनर्थ​-निवृत्ति: स्यात् (चै च मध्य २३|१४-१५) | अनर्थ भनेको....अनर्थ भनेको जसले दुःख सिर्जना गर्छ | भौतिक कार्यले निरन्तर दुःख बढाउँछ | र यदि तिमीले आध्यात्मिक जीवन स्वीकार्यौ भने तिम्रो भौतिक सम्पूर्ण दुःख बिस्तारै हट्छन् र ती व्यवहारिक रुपमा शुन्य हुन्छन् | र जब हामी भौतिक सम्बन्धबाट टाढा हुन्छौं, तब हाम्रो आध्यात्मिक जीवन सुरु हुन्छ | अथासक्ति | तिमी संलग्न हौ | तिमी छोड्न सक्दैनौ | जब तिम्रो अनर्थ​-निवृत्ति हुन्छ, जब तिम्रो भौतिक कार्य पूर्णतः रोकिन्छ, तब तिमीले छोड्न सक्दैनौ | अथासक्ति | आदौ श्रद्धा तत: साधु-सङ्ग​: अथ भजन​-क्रिया तत​: अनर्थ​-निवृत्ति: स्यात् ततो निष्ठा (चै च मध्य २३|१४-१५) | निष्ठा भनेको तिम्रो आस्था दृढ़, स्थिर हुन्छ | ततो निष्ठा ततो रुचि: | रुचि भनेको तिमीले केवल आध्यात्मिक वस्तुप्रति लालायित हुन्छौ | तिमीसँग आध्यात्मिक सन्देश बाहेक अरु केही सुन्ने इच्छा हुँदैन | तिमीसँग आध्यात्मिक कार्य बाहेक अरु केहि गर्ने इच्छा हुँदैन | तिमीलाई ती वस्तु खाने इच्छा हुँदैन, जुन आध्यात्मिक हुँदैन | तिम्रो जीवन परिवर्तन हुन्छ | ततो निष्ठा अथासक्ति: | त्यसपछि आशक्ति, त्यसपछि भाव | त्यसपछि तिमी दिव्य हुन्छौ, मेरो मतलब, परम आनन्दित हुन्छौ | केहि परमानन्द हुन्छ | र त्यो..... यी आध्यात्मिक जीवनको उच्चतम स्तरका विभिन्न पाइला हुन् | ततो भाव​:| भाव, भावको स्तर, त्यो स्तरमा तिमीले भगवानसँग प्रत्यक्ष बोल्न सक्छौ |