NE/Prabhupada 0197 - तिमीले भगवद्-गीता यथारुप प्रस्तुत गर्नुपर्छ
Lecture on SB 5.5.30 -- Vrndavana, November 17, 1976
यदि तिमीले उत्कृष्ट प्रयास गर्यौ भने कृष्णले तिमीलाई बल दिनुहुन्छ | यदि तिमी उहाँको मद्धत लिन चहान्छौ भने कृष्ण तिमीलाई मदत गर्न सधैं तयार हुनुहुन्छ | उहाँ तयार हुनुहुन्छ | उहाँ तिमीलाई मदत गर्न आउनुभएको हो | अन्यथा कृष्ण यहाँ आएर सर्व-धर्मान् परित्यज्य माम् एकम् ((भ गी १८|६६) प्रचार गर्नुभएको के महत्व रहन्छ ? यो हाम्रो फाइदाको लागि हो | तिमी कृष्णमा शरणागत होऊ वा नहोऊ, यसले केहि फरक पार्दैन | कृष्ण तिम्रो सेवामा निर्भर हुनुहुन्न | उहाँ पूर्ण हुनुहुन्छ | उहाँले एक पलमा तिमी जस्तो लाखौं सेवक सिर्जना गर्न सक्नुहुन्छ | उहाँलाई तिम्रो सेवा किन चाहिन्छ त ? किन उहाँले तिम्रो सेवा माग्नुहुन्छ ? उहाँको तिम्रो सेवाको कमीले पिडित हुनुहुन्न | तर उहाँमा शरणागत हुनु तिम्रो फाइदाको विषय हो | यो तिम्रो फाइदाको लागि हो | कृष्णले हेर्न चाहनुहुन्छ कि तिमी उहाँमा शरणागत होऊ र पूर्ण भएर घर फर्क, भगवद् धाम फर्क | त्यो कृष्णको अभियान हो | यस कृष्ण भावनामृत अभियानको लक्ष्य उही हो: प्रचार गर्नु | दन्ते निधाय तृणकं पदयोर् निपत्य काकु-शतम् कृत्वा चाहं ब्रवीमि हे साधव: सकलम् एव विहाय दूराद् चैतन्य-चन्द्र-चरणे कुरुतानुरागम् | यो हाम्रो लक्ष्य हो, चैतन्य महाप्रभुको लक्ष्य | किन प्रबोधानन्द सरस्वतीले आग्रह गर्दैछन्, चैतन्य-चन्द्र-चरणे कुरुतानुरागम्: " तिमी केवल चैतन्य महाप्रभुको चरण कमलको सेवा गर्न उत्सुक होऊ "? किनकि उहाँ स्वयं कृष्ण हुनुहुन्छ र उहाँ हामीलाई कृष्णकहाँ पुग्ने विधि सिकाउन आउनुभएको हो | उहाँ चैतन्य महाप्रभु हुनुहुन्छ | कृष्णाय कृष्ण-चैतन्य-नाम्ने गौर-त्विषे नम: | श्रील रुप गोस्वमीले बुझ्नुभयो | सार्वभौम भट्टाचार्यले बुझे | वैराग्य विद्या-निज-भक्ति-योग- शिक्षार्थम् एक: पुरुष: पुराण: श्री-कृष्ण-चैतन्य-शरीर-धारी कृपाम्बुधिर यस् तम् अहं प्रपद्ये (चै च मध्य ६|२५४) यदि हामीले चैतन्य महाप्रभुको मदतले कृष्णलाई बुझ्न चहान्छौं भने.... चैतन्य महाप्रभुले भन्नुहुन्छ " तिमी गुरु बन |" कसरी ? यारे देख, तारे कह ऽकृष्णऽ-उपदेश (चै च मध्य ७|१२८) | परिवर्तन नगर, फरक नबनाऊ | केवल कृष्णले भन्नुभएको कुरा प्रचार गर्ने प्रयास गर | यो चैतन्य महाप्रभुको आदेश हो | यदि तिमीले यो आदेश पालन गर्छौ भने..... आफ्नो तथाकथित विद्वताद्वारा कुनै थप-घत वा फेरबदल नगर | त्यसले तिमीलाई मदत गर्दैन | तिमीले भगवद् गीता यथारूप प्रस्तुत गर्नुपर्छ | यारे देख, तारे कह ऽकृष्णऽ-उपदेश | यदि हामीले परम्परा प्रणालीको अनुसरण गर्यौं भने त्यहाँ सबै कुरा छन्, धेरै सजिलो हुन्छ | यो कृष्ण भावनामृत अभियानलाई धेरै विनम्रतापूर्वक अगाडि बढाउनु पर्छ | तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना अमानिना मानदेन कीर्तनीय: सदा हरि:(चै च आदि १७|३१) कीर्तनीय | यो प्रचार भनेको कीर्तन हो, यो होइन कि केवल मृदंगबाट हामीले किर्तन गर्न सक्छौं | होइन | प्रचार पनि कीर्तन हो | अभवद् वैयासकि-कीर्तने | वैयासकि, व्यासदेवका पुत्र, शुकदेव गोस्वामी, उनी केवल श्रीमद् भागवतम् व्याख्या गरेर पूर्ण भए | अभवद् वैयासकि-कीर्तने श्री-विष्णु-श्रवणे परीक्षित् | परीक्षित महाराज केवल सुनेर पूर्ण भए | र शुकदेव गोस्वामी केवल व्याख्या गरेर | त्यो पनि कीर्तन हो | यो पनि कीर्तन हो | जसरी प्रबोधानन्द सरस्वतीले सिकाएका छन्, हे साधव: सकलम् एव विहाय दूराद् चैतन्य-चन्द्र-चरणे कुरुतानुरागम्: " तिमी एउटा साधु हौ, उत्तम व्यक्ति, महान व्यक्ति, तर यो मेरो आग्रह हो |" यो विनम्रता हो | यदि तिमी भन्छौ, " ओहो तिमी त कर्मी हौ, तिमी मुढ हौ....." वास्तवमा ऊ एक मुढ हो, तर....यदि तिमीले पहिले नै भन्यौ भने कुरा गर्ने अवसर नै हुँदैन | ऊ एक मुढ हो...... सुँगुर र कुकुर जस्तै केवल इन्द्रियतृप्तिको लागि कार्य गर्दैछ, वास्तवमा ऊ मुढ हो , कर्मी | त्यसैगरी, ज्ञानी, उनीहरु केवल कल्पना गर्दैछन् | त्यो तर्क, काका-तलिय न्याय "काग खजूरको फलमा पहिला बसेको कारण खजूरको फल खस्यो ? वा खजूरको फल खसेको कारण काग त्यसमा बस्न सकेन ?" तर्क | एउटा पण्डितले भन्यो, " होइन, होइन | पहिले खजूरको फल खस्यो, र काग त्यहाँ बस्न चाहन्थ्यो, तर उसले सकेन |" अर्को पण्डितले भन्यो, " होइन, होइन | खजूरको फल त्यहाँ थियो, र काग त्यहाँ आएर बसेपछि त्यो खस्यो |" यो तर्क हो | उनीहरुले केवल कल्पना गरेर आफ्नो समय नाश गर्दैछन् | काका-तलिय न्याय | कुप-मन्दुक-न्याय |