NE/Prabhupada 0200 - एउटा सानो गल्तिले सम्पूर्ण योजनालाई बिगार्नेछ



Lecture on CC Adi-lila 1.11 -- Mayapur, April 4, 1975


सम्पूर्ण वैदिक प्रक्रिया यसरी बनाइएको छ कि कि अन्त्यमा व्यक्ति जन्म, मृत्यु, जरा र व्याधिबाट बच्दछ| धेरै पहिले, जब विश्वामित्र मुनि राम लक्ष्मणलाई माग्न महाराज दशरथकहाँ आएका थिए, उहाँहरुलाई जङ्गलमा लान, किनभने एउटा राक्षसले दुःख दिइरहेको थियो ........ उनले मार्न सक्थे, तर मार्ने कार्य क्षत्रियहरुको हो | यो वैदिक सभ्यता हो| यो ब्राह्मणको कार्य होइन| विश्वामित्र मुनिलाई दशरथ महाराजले स्वागत गर्नुभयो, कि ऐहिष्ठं यत् पुनर्-जन्म​-जयाय​: तपाई महाऋषि हुनुहुन्छ, तपाईले यो समाज त्याग्नुभएको छ | तपाई जंगलमा एक्लै बस्नुहुन्छ | यसको प्रयोजन के हो? यसको उद्देश्य पुनर्-जन्म​-जयाय​ हो, बारम्बार दोहोरिने जन्मको प्रक्रियालाई रोक्नु हो |" यो हो मुख्य उद्देश्य | त्यसैगरी, हाम्रो यस कृष्ण भावनामृत अभियान पनि यहि उद्देश्यको लागि हो, पुनर्-जन्म​-जयाय​, जन्म र मृत्युको बारम्बार दोहोरिने प्रक्रियालाई जित्न | तिमीहरुले सधैँ यो सम्झनुपर्छ | एउटा सानो गल्तीले पुरा योजनालाई बिगार्नेछ, सानो गल्तिले पनि | प्रकृति निकै बलियो छिन् | दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया (भ गी ७|१४) | धेरै, धेरै बलियो | त्यसैले तिमीहरु, जो अमेरिकाबाट आएका छौ, म धेरै आभारी छु | तर थोरै गम्भीर नबन | धेरै गम्भीर बन | म सबै अमेरिकीहरुलाई अर्को अनुरोध गर्दछु कि, अमेरिकासँग विश्व बचाउने राम्रो गुण छ, त्यसैले तिम्रो देशमा राम्रो प्रचार गर्यौ भने... सबैजना उत्सुक हुँदैनन्, तर तिम्रो देशका एक वर्गका मानिसहरु, यदि तिमीले उनीहरुलाई कृष्ण भवनाभावित बनाउन सक्छौ भने यो विश्वको ठुलो कल्याण हुनेछ | तर लक्ष्य उही हो, पुनर्-जन्म​-जयाय​: जन्म र मृत्युको बारम्बार दोहोरिने चक्रमाथि विजय प्राप्त गर्ने |

यो काल्पनिक होइन; यो तथ्य हो | मानिसहरु गम्भीर छैनन् | तर तिमीले शिक्षा दिन सक्छौ, अन्यथा सम्पूर्ण मानव समाज जोखिममा छ | यी जनावर जस्तै छन्, बुद्धि नभएका... विशेषगरी यो साम्यवादी अभियान धेरै खतरनाक छ- ठुल्ठुला जनावर बनाउने | उनीहरु पहिल्यै जनवार छन् र यो अभियानले उनीहरुलाई ठुलो जनावर बनाउँदैछ | त्यसैले म अमेरिकालाई भन्दैछु किनभने अमेरिका यो साम्यवादी अभियान हटाउन आतुर छ | र यो धेरै वर्षदेखि चलिरहेको कारण यसलाई रोक्न सकिन्छ | देव असुर, देवासुर, राक्षस र देवता बीच हुने युद्ध | यही युद्ध "साम्यवादी र पूँजीवादी " बीच छ, नाम मात्र फरक छ | तर असी, नब्बे प्रतिशत पूँजीवादीहरु पनि राक्षस नै हुन् | हो | किनभने उनीहरुलाई भगवानको विज्ञान थाहा छैन | यो आसुरी सिद्धान्त हो | त्यसैले तिमीहरुको देशमा तिनीहरुको आसुरी सिद्धान्तलाई परिवर्तन गर्न सकिन्छ | त्यसपछि तिनीहरु अरु राक्षससँग राम्ररी युद्ध गर्न सक्षम हुन्छन् | यदि हामी देव भयौं भने... देव अर्थात् वैष्णव | विष्णु-भक्तो भवेद् देव आसुरस् तद्-विपर्ययः | जो भगवान् विष्णुको भक्त छन्, उनीहरुलाई देव अथवा देवता भनिन्छ | र जो यसको ठिक उल्टो छ...

त्यो उल्टो संख्याको पनि कोहि भगवान् हुन्छन् | जस्तै राक्षसहरु, उनीहरु भगवान् शिवको आराधना गर्छन् | अथवा रावण, राम्रो उदाहरण... हामीले अनावश्यक रुपमा आरोप लगाएको होइन | रावण ठुलो राक्षस थियो, तर भक्त पनि... भौतिक लाभ पाउन भगवान् शिवको आराधना गरिन्छ | र भगवान् विष्णुको आराधना गर्दा भौतिक लाभ हुन्छ | त्यो विष्णुले दिनुहुन्छ | त्यो कर्म होइन | तर वैष्णवहरु यी भौति सुख चाहँदैनन् | भौतिक लाभ स्वतः आउँछ | तर, उनीहरु चाहँदैनन् | अन्याभिलाषिता-शून्यम् (भ र सि १|१|११) | उनीहरुको जीवनको लक्ष्य भौतिक लाभ होइन | उनीहरुको जीवनको मुख्य उद्देश्य भगवान् विष्णुलाई खुसी बनाउनु हो | यी वैष्णव हुन् | विष्णुर् अस्य देवतः | न ते... र राक्षसहरुलाई थाहा छैन कि वैष्णव बन्नु जीवनको सर्वोच्च पूर्णता हो | उनीहरुलाई थाहा छैन | जे भएपनि, हाम्रो अनुरोध यो छ कि तिमीहरु सबै, जसले यस वैष्णव मार्गको अनुसरण गरेका छौ, र तिम्रो देशमा यस मार्गको प्रचार गर्ने राम्रो अवसर छ, तिमीहरु अरु देशमा सफल नभए पनि, यो देशमा तिमीहरु धेरै सफल हुनेछौ | यहाँ राम्रो अवसर छ | र उनीहरुलाई आसुरी सिद्धान्तसँग युद्ध गर्न अझ बलियो बनाऊ |

धेरै धेरै धन्यवाद |