NE/Prabhupada 0199 - धूर्त भाष्यकारहरु कृष्णलाई हटाउन चाहन्छन्



Lecture on BG 13.8-12 -- Bombay, September 30, 1973

दर्शन बिनाको धरान केवल भावना हो । र धार्मिक धारणा बिनाको दर्शन केवल मानसिक कल्पना हो । यी दुई कुरा चल्दैछन्, संयुक्त रुपमा होइन, सारा संसारभरि। धेरै तथाकथित धार्मिक विधिहरु छन् , तर कुनै दर्शन छैन । त्यसैले, यी तथाकथित धार्मिक प्रणालीले आधुनिक शिक्षित व्यक्तिहरुलाई आकर्षण गर्दैन | उनीहरु धर्म त्याग्दैछन्, चाहे हिन्दु हुन् वा इसाई हुन् वा मुस्लिम | केवल आधिकारिकता, रितिरिवाज, उनीहरुलाई मनपर्दैन| उनीहरु सबै कुरा दर्शनको आधारमा बुझ्न चाहन्छन् | त्यो भगवद्-गीता हो| भगवद्-गीता सिद्धान्तमा आधारित छ, यो प्रक्रिया, कृष्ण भक्ति | भगवद्-गीता भनेको कृष्ण भक्ति,कृष्ण भावनामृत हो | त्यो हो भगवद्-गीता | भगवद् गीता,यसको शिक्षा: मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | यो हो भगवद्-गीता | "सधैँ मेरै स्मरण गर|" यो हो कृष्ण भक्ति, शुद्ध र सरल| मन मना भव मद् भक्तो मद् याजी माम् नमस्कुरु (भ गी १८|६५) | हरेक स्थानमा कृष्णले आफ्नो साकार स्वरूपमा जोड दिनुहुन्छ| अहम् आदिर् हि देवानाम्: (भ गी १०|२) "म सम्पूर्ण देवताहरुको स्रोत हुँ|" मत्त: परतरम् नान्यत किञ्चिद् अस्ति धनञ्जय (भ गी ७|७) । अहं सर्वस्य प्रभवो मत्त: सर्वम् प्रवर्तते इति मत्वा भजन्ते माम् बुधा भाव-समन्विताः (भ गी १०|८) त्यहाँ साबि कुरा छ । तसर्थ,सर्व धर्मान् परित्यज्य माम् एकम् (भ गी १८|६६), माम्, अहम्,"म" | तसर्थ प्रत्येक श्लोकमा, प्रत्येक अध्यायमा,कृष्ण | मय्य् आशक्त मनाः पार्थ योगम् युञ्जन् मद्-आश्रयः । मय्य् आसक्त​,"जो ममा आशक्त छ|" आसक्त मन: "ममा आशक्त मन , यो हो योग |" योगीनाम् अपि सर्वेषां मद्-गतेनान्तरात्मना | मद्-गत​, फेरी मत् (भ गी ६|४७) । मद्-गतेनान्तरात्मना, श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः । तसर्थ सम्पूर्ण जोड कृष्णलाई नै दिइएको छ| तर यी धूर्त भाष्यकारहरु कृष्णलाई हटाउन चाहन्छन् | यो धूर्तताले भारतमा विध्वंस सिर्जना भएको छ| यी धूर्त भाष्यकारहरु कृष्णलाई हटाउन चाहन्छन् | तसर्थ यस कृष्ण भावनामृत अभियान यी धूर्तहरुलाई चुनौती हो| यो तिमीहरुलाई चुनौती हो कि "तिमीहरु कृष्णबिनाको कृष्ण बनाउन चाहन्छौ | यो नचाहिने कुरा हो|"