NE/Prabhupada 0205 - मैले सोचेको थिइनँ कि यिनीहरुले स्विकार्नेछन्



Morning Walk -- May 20, 1975, Melbourne


प्रभुपाद: यो होइन कि तिमीले देख्नुपर्छ कि ऊ कृष्ण भावनाभावित छ | कृष्ण भावनाभावित हुन त्यति सजिलो छैन | यो त्यति सजिलो छैन | यसलाई धेरै, बहुनां जन्मनां अन्ते (भ गी ७|१९), धेरै-धेरै जन्म पछि | तर तिमीले आफ्नो कर्तव्य गर्नुपर्छ | जाऊ र प्रचार गर | यारे देख तारे कह 'कृष्ण' उपदेश (चै च मध्य ७|१२८) | तिम्रो कर्तव्य समाप्त हुन्छ | अवश्य पनि तिमीले उसलाई परिणत गर्ने प्रयास गर्नेछौ | यदि ऊ परिणत भएन भने तिमी आफ्नो कर्तव्यबाट मोडिएको भन्ने होइन | तिमीले केवल गएर बोल्नुपर्छ | जस्तै, जब म तिम्रो देश आएँ, मैले कुनै सफलताको आशा नै राखिनँ, किनकि मलाई थाहा थियो "जब मैले 'अवैध सम्बन्ध नराख, मासु नखाऊ' भन्नेछु, तिनीहरुले मलाई अस्वीकार गर्नेछन् |" (हाँसो चल्छ) ममा कुनै आशा नै थिएन |

भक्त (१): तिनीहरु धेरै आशक्त छन् |

प्रभुपाद: हो | तर यो तिमीहरुको उदारता हो कि तिमीहरुले मलाई स्वीकार्यौ | तर मैले कहिल्यै आशा नै राखिनँ | मैले आशा राखिनँ कि "यिनीहरुले स्वीकार्नेछन्" | मैले कहिल्यै आशा राखिनँ |

हरि शौरी: त्यसैले यदि हामी केवल कृष्णमा शरणागत भयौं भने.....

प्रभुपाद: हो, हाम्रो सरोकार केवल यहि हो |

हरि शौरी: र यदि हामी फलको आशा राख्छौं भने......

प्रभुपाद: र हामीले गुरुले भन्नुभएको कर्तव्य पालन गर्नुपर्छ | गुरु कृष्ण कृपाय (चै च मध्य १९|१५१) | तब दुवै तर्फबाट फाइदा हुन्छ, गुरुबाट र कृष्णबाट | र त्यो नै सफलता हो |