NE/Prabhupada 0206 - वैदिक समाजमा पैसाको कुनै प्रश्न उठ्दैन



Morning Walk -- October 16, 1975, Johannesburg


प्रभुपाद: "सबजना धूर्त हुन्" भनेर लिऊ, त्यसपछि उनीहरुलाई तालिम देऊ | त्यो आवश्यक छ | सबलाई धूर्तको रुपमा लिऊ | यो प्रश्न उठ्दैन कि "यहाँ बुद्धिमान मानिस छ, यहाँ धूर्त छ, यहाँ...... " होइन | सर्वप्रथम तिनीहरुई धूर्तको रुपमा लिऊ र त्यसपछि तिनीहरुलाई तालिम देऊ | त्यो आवश्यक छ | त्यो अहिले आवश्यक छ | वर्तमान समयमा सम्पूर्ण संसार धूर्तले भरिपूर्ण छ | अब, यदि तिनीहरुले कृष्ण भावना ग्रहण गर्छन् भने तिनीहरुमध्ये एउटालाई लिऊ | जस्तै मैले तालिम दिंदैछु | तिमी तालिमबाट ब्राह्मण बन्दैछौ | त्यसैले जो ब्राह्मणको रुपमा तालिम प्राप्त गर्न तयार छ, उसलाई ब्राह्मणको रुपमा वर्गीकरण गर | जसलाई क्षत्रियको रुपमा तालिम दिइन्छ, उसलाई वर्गीकारण गर | यस प्रकारले, चातुर्-वर्ण्यं मया सृष्...

हरिकेश: उक्त क्षत्रियले सबैलाई शुद्रको रुपमा संग्लग्न गराउँछ र त्यसपछि तिनीहरुबाट वर्गीकरण गर्ने |

प्रभुपाद: हँ ?

हरिकेश: उसले सुरुवातमा छान्नेछ.......

प्रभुपाद: होइन, होइन, होइन | तिमी छान...... तिमी सम्पूर्ण मानव समुहलाई शुद्रको रुपमा लिऊ | त्यसपछि ......

हरिकेश: छान्ने |

प्रभुपाद: छान | र बाँकि, जो न ब्राह्मण छन्, न क्षत्रिय न वैश्य, ऊ शुद्र हो | त्यति हो, धेरै सजिलो कुरा | यदि उसलाई इन्जिनियरको रुपमा तालिम दिन सकिंदैन भने ऊ सामान्य मानिसको रुपमा रहन्छ | यसमा केहि पनि बलपूर्वक गरिंदैन | यो समाज व्यवस्थापन गर्ने उपाय हो | यसमा केहि पनि बलपूर्वक गरिंदैन | शुद्र पनि आवश्यक हुन्छ |

पुष्ट कृष्ण: अहिले आधुनिक समाजमा शिक्षित हुनु वा इन्जिनियर बन्नुको प्रेरणा पैसा हो | वैदिक संस्कृतिको प्रेरणा के हो ?

प्रभुपाद: त्यहाँ पैसाको कुनै आवश्यकता छैन | ब्राह्मणले सबै कुरा नि:शुल्क सिकाउँछन् | त्यहाँ पैसाको कुनै प्रश्न उठ्दैन | जसले पनि ब्राह्मण वा क्षत्रिय वा वैश्यको रुपमा शिक्षा लिन सक्छ | कुनै पनि....... वैश्यलाई कुनै शिक्षा आवश्यक हुँदैन | क्षत्रियलाई थोरै चाहिन्छ | ब्राह्मणलाई चाहिन्छ | तर त्यो नि:शुल्क हुन्छ | केबल एउटा ब्राह्मण गुरुलाई खोज र उनले तिमीलाई नि:शुल्क शिक्षा दिनेछन् | त्यति हो | यो समाज हो | अब, जबसम्म...... वर्तमान समयमा, जब कोहि शिक्षित हुन चाहन्छ, उसलाई पैसा चाहिन्छ | तर वैदिक समाजमा पैसाको कुनै प्रश्न उठ्दैन | नि:शुल्क शिक्षा |

हरिकेश: त्यसोभए प्रेरणा भनेको समाजको खुसी हो ?

प्रभुपाद: हो, त्यो...... सबजना लालायित छन्: "खुसी कहाँ छ ?" यो नै खुसी हुनेछ | जब मानिस आफ्नो बाँच्ने अवस्थाप्रति शान्त, खुसी हुनेछन्, त्यसले खुसी ल्याउनेछ, यो कल्पना गरेर होइन कि "यदि मसँग गगनचुम्बी भवन हुन्छ भने म खुसी हुनेछु," त्यसपछि हाम्फाल्ने र आत्महत्या गर्ने | यो चल्दैछ | उसले सोच्दैछ कि "यदि मसँग गगनचुम्बी भवन हुन्छ भने म खुसी हुनेछु," र जब ऊ निराश हुन्छ, ऊ हाम्फल्छ | यो चल्दैछ | यो खुसी हो | त्यसको अर्थ सबै धूर्तहरु हुन् | तिनीहरुलाई थाहा छैन कि खुसी के हो | तसर्थ सबजनालाई कृष्णको मार्गदर्शन आवश्यक छ | त्यो कृष्ण भावना हो | तिमीले भन्दै थियौ कि यहाँ आत्महत्याको दर उच्च छ ?

पुष्ट कृष्ण: हो |

प्रभुपाद: किन ? यो सुनको खानी भएको देश हो र किन यहाँ.....? र तिमीले भन्यौ कि यहाँ मानिसलाई गरिब बन्न कठिन छ |

पुष्ट कृष्ण: हो | यहाँ गरिब मानिस बन्ने प्रयास गर्नुपर्छ |

प्रभुपाद: हो | तर पनि यहाँ आत्महत्या छ | किन ? हरेक मानिस धनी मानिस छ, तर उसले आत्महत्या किन गर्छ ? हँ ? के तिमी जवाफ दिन सक्छौ ?

भक्त: तिनीहरुसँग केन्द्रिय खुसी छैन ?

प्रभुपाद: हो | त्यहाँ कोहि खुसी छैन |