NE/Prabhupada 0220 - हरेक जीव भगवानको अंश हो



Arrival Lecture -- Paris, July 20, 1972


आध्यात्मिक स्तरमा अवस्थित विद्वान मानिसलाई थाहा हुन्छ कि "यहाँ कुकुर छ र यहाँ विद्वान ब्राह्मण छन् | आफ्नो कर्मको कारणले उनीहरुसँग भिन्न वस्त्रमात्र छ, तर ब्राह्मणभित्र र कुकुरभित्र उही आत्मा छ |" भौतिक स्तरमा हामी भेद देख्छौं,"म भारतीय हुँ, तिमी फ्रान्सेली हौ, ऊ बेलायती हो, ऊ अमेरिकी हो, ऊ बिरालो हो, ऊ कुकुर हो |" यो भौतिक स्तरको दृष्टि हो | आध्यात्मिक स्तरमा हामीले देख्न सक्छौं कि हरेक जीव भगवानको अंश हो, जसरी भगवद् गीतामा यसको पुष्टि गरिएको छ: माम् एवांश जीव​-भूत​ | हरेक जीव | यसको मतलब हुँदैन कि ऊ के हो | ८४,००,००० प्रजातिका रुपहरु छन्, तर तिनीहरु सबै, तिनीहरु केवल भिन्न वस्त्रले ढाकिएका छन् | जस्तै तपाई फ्रान्सेलीहरु भिन्न वस्त्रमा हुनुहुन्छ र बेलायती भिन्न वस्त्रमा हुन्छन् र भारतीय भिन्न वस्त्रमा हुन्छन् | तर वस्त्र त्यति महत्वपूर्ण हुँदैन | वस्त्रभित्रको मानिस, ऊ महत्वपूर्ण हुन्छ | त्यसैगरी, यो शरीर त्यति महत्वपूर्ण कुरा होइन | अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः (भगी २।१८), यो शरीर नाशवान छ | तर शरीरभित्रको आत्मा नाशवान हुँदैन |

तसर्थ यो मानव जीवन त्यस अविनाशी तत्त्वको ज्ञान विकास गर्नको लागि हो | दुर्भाग्यवश, हाम्रो विज्ञान, विद्यालय, कलेज, विश्वविद्यालय, तिनीहरु केवल नाशवान विषयमा रुची राख्छन्, अविनाशीसँग होइन | यस कृष्ण भावनामृत अभियान अविनाशी तत्त्वको विषयमा सरोकार राख्नको लागि हो | यो आत्माको अभियान हो, राजनैतिक अभियान, सामाजिक अभियान वा धार्मिक अभियान जस्तो होइन | तिनीहरु नाशवान शरीरसँग सम्बन्धित छन् | तर कृष्ण भावनामृत अभियान अविनाशी आत्मासँग सम्बन्धित छ | तसर्थ हाम्रो यो सङ्कीर्तन अभियान, केवल यस हरे कृष्ण मन्त्र जपेर, तपाईको हृदय क्रमिक रुपमा सफा हुन्छ ताकी तपाई आध्यात्मिक स्तरमा आउन सक्नुहोस् | जस्तै यहाँ यस अभियानमा, हामीसँग संसारका सारा राष्ट्र, सारा धर्मबाट आएका विद्यार्थीहरु छन् | तर उनीहरु कुनै विशेष धर्म वा राष्ट्र वा जात वा रङ्गको बारेमा सोच्दैनन् | उनीहरु सबजना कृष्णको अंशको रुपमा सोच्छन् | जब हामी त्यस स्तरमा आउँछौँ र जब हामी आफुलाई यस स्तरमा संग्लग्न गराउँछौं, तब हामी मुक्त हुन्छौं | त्यसैले यो अभियान धेरै महत्वपूर्ण अभियान हो | केहि मिनेटमा यसको सम्पूर्ण विवरण दिन अवश्य पनि सम्भव छैन, तर यदि तपाई इच्छुक हुनुहुन्छ भने तपाईले हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ, पत्रबाट, वा हाम्रा साहित्य पढेर, वा व्यक्तिगत सम्पर्कबाट | कुनै पनि माध्यमबाट, तपाईको जीवन दिव्य हुन्छ | हामीसँग त्यस्तो भेद छैन कि "यो भारत हो," "यो बेलायत हो," "यो फ्रान्स हो," "यो अफ्रीका हो |" हामी सोच्छौं कि हरेक जीव, मानवमात्र होइन, पशु पनि, पंक्षी, पशु, रुख, जलचर, किरा- सबै भगवानका अंश हुन् |