NE/Prabhupada 0237 - हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं



Lecture on BG 2.3 -- London, August 4, 1973


प्रद्युम्न: अनुवाद-"हे पृथापुत्र, नामर्द नबन, तिमीजस्तो वीरलाई यो शोभा दिंदैन | हे शत्रु दमनकर्ता ! हृदयको क्षुद्र दुर्बलतालाई त्यागेर युद्ध गर्न उठ |"

प्रभुपाद: भगवान् कृष्ण प्रोत्साहन दिंदै हुनुहुन्छ, क्षूद्रं हृदय​-दौर्बल्यम् | "क्षत्रियले त्यसरी बोल्ने,'हुँदैन, हुँदैन, मैले आफ्ना नातेदारलाई मार्न सक्दिनँ | म मेरा हतियार दिंदैछु,' यो कमजोरी, कायरता हो | किन तिमी यो नचाहिने कुरा गर्दैछौ ?" क्षूद्रं हृदय​-दौर्बल्यम् | "यस प्रकारको सहानुभूति, क्षत्रियको रुपमा आफ्नो कर्तव्य त्यागेर, यो केवल हृदयको कमजोरी हो | यसको कुनै अर्थ छैन |" क्लैब्यं म स्म गमः पार्थ नैतत् त्वय्य् उपपद्यते | "विशेषगरी तिम्रो लागि | तिमी मेरा मित्र हौ | मानिसले के भन्नेछन् ? आफ्नो हृदयको यो कमजोरी त्याग र उत्तिष्ठ, उठ, साहस लिऊ |" हेर्नुहोस् कसरी कृष्णले अर्जुनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ | मानिस धेरै अज्ञानी छन् र कहिलेकहीं तिनीहरु निन्दा गर्छन् कि "कृष्णले अर्जुनलाई प्रोत्साहन दिंदै हुनुहुन्छ | उनी धेरै सज्जन, अहिंस्रक छन् र कृष्णले उनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ |" यसलाई भनिन्छ जड-दर्शन | जड-दर्शन | जड-दर्शन भनेको भौतिक दृष्टि | तसर्थ शास्त्रमा भनिएको छ, अतः श्री-कृष्ण​-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: (चै च मध्य १७।१३६) | श्री-कृष्ण नामादि | हामी हरे कृष्ण जपेर कृष्णको सम्पर्कमा रहन्छौं | त्यो कृष्णसँगको हाम्रो सम्पर्कको सुरुवात हो | नामादि | त्यसैले शास्त्रमा भनिएको छ, अत: श्री कृष्ण नामादि | आदि भनेको सुरुवात | हाम्रो कृष्णसँग कुनै सम्पर्क छैन | तर यदि हामीले हरे कृष्ण महा-मन्त्र जप्छौँ भने तत्काल कृष्णसँग सम्पर्क गर्ने पहिलो मौका सुरु हुन्छ | त्यसैले यसको अभ्यास गर्नुपर्छ | यो होइन कि तत्काल मैले कृष्णलाई अनुभव गरें | त्यो होइन....... अवश्य पनि, यदि कोहि विकसित छ भने यो तत्काल सम्भव हुन्छ | त्यसैले श्री-कृष्ण-नामादि | कृष्ण नाममात्र हुनुहुन्न | आदि, त्यो सुरुवात हो, तर रुप, गतिविधि | जस्तै श्रवणं कीर्तनम् (श्री भा ७।५।२३) | श्रवणं कीर्तनम्, कृष्णको महिमागान गर्नु वा उहाँको बारेमा वर्णन गर्नु..... उहाँको आफ्नो रुप छ | नाम, त्यसपछि रुप | नाम, रुप...... लिला भनेको गतिविधिहरु; गुण भनेको गुणवत्ता; घेरा, उहाँका पार्षद; यी सबै..... अत: श्री-कृष्ण​-नामादि न भवेद् (चै च मध्य १७।१३६) | न भवेद् ग्राह्यम् इन्द्रियै: | साधारण इन्द्रियद्वारा हामीले बुझ्न सक्दैनौं...... कि श्री कृष्णको नाम..... हामीले श्रवणद्वारा कृष्णको नाम सुन्दैछौं, तर यदि हामीले शुद्धिकरण बिना आफ्नो कान प्रयोग गर्छौं भने..... अवश्य पनि, श्रवणनद्वारा यो शुद्ध हुन्छ | हामीले मदत गर्नुपर्छ | मदत भनेको अपराधबाट बच्ने, दश प्रकारका अपराधहरु | यस प्रकारले हामीले शुद्धिकरण प्रक्रियालाई मदत गर्नेछौं | जस्तै यदि मलाई आगो बाल्ने इच्छा छ भने मैले आगो लगाउने विधिलाई काठ सुकाएर मदत गर्नुपर्छ | यसमा आगो चाँडै लाग्छ | त्यसैगरी, केवल जपेर, त्यसले हामीलाई मदत गर्नेछ, तर यसलाई समय लाग्नेछ | तर यदि हामी अपराधबाट बच्छौँ भने धेरै चाँडो शुद्ध हुन सकिन्छ | त्यसको असर हुनेछ |