NE/Prabhupada 0238 - भगवान् उत्तम हुनुहुन्छ, उहाँ सर्वोत्तम हुनुहुन्छ
Lecture on BG 2.3 -- London, August 4, 1973
अतः श्री-कृष्ण-नामादि न भवेद् ग्राह्यम् इन्द्रियै: (चै च मध्य १७।१३६) | कृष्णको यस व्यवहार साधारण मानिसले कसरी बुझ्न सक्छन् ? तिनीहरुको साधारण इन्द्रिय भएको कारण तिनीहरु गल्ति गर्छन् | किन कृष्ण ? कृष्णका भक्त पनि, वैष्णव | त्यो पनि वर्णित छ | वैष्णवेर क्रिया मूद्र विज्ञेह ना बुझय | एक वैष्णव आचार्य पनि, उनले के गर्दैछन्, सबभन्दा दक्ष बुद्धिमान मानिसले पनि बुझ्न सक्दैन कि उनले किन यसो गर्दैछन् | तसर्थ हामीले उच्च अधिकारिको नक्कल गर्ने प्रयास गर्नुहुँदैन, तर हामीले उच्च अधिकारीले दिनुभएको आज्ञा, उपदेश पालन गर्नुपर्छ | यो सम्भव छैन | कृष्णले अर्जुनलाई युद्ध गर्न प्रोत्साहन दिंदै हुनुहुन्छ | त्यसको मतलब यो होइन कि हामीले पनि त्यस्तो गर्नसक्छौं, प्रोत्साहन, हुँदैन | त्यो अनैतिक हुन्छ | कृष्णको लागि त्यो अनैतिक हुँदैन | उहाँले जे गर्नुहुन्छ..... भगवान् उत्तम हुनुहुन्छ, उहाँ सर्वोत्तम हुनुहुन्छ | हामीले यो स्वीकार्नुपर्छ | उहाँले जे गर्नुहुन्छ, त्यो सर्वोत्तम हुन्छ | यो एउटा पक्ष हो | र जे मैले कुनै अधिकारीको आज्ञा बिना गर्दैछु, त्यो पूर्णतः नराम्रो हो | उहाँलाई कसैकोआदेश चाहिंदैन | ईश्वरः परमः कृष्णः (ब्र स ५|१) | उहाँ परम नियन्त्रक हुनुहुन्छ | उहाँलाई कसैको उपदेश चाहिंदैन | जे उहाँ गर्नुहुन्छ, त्यो पूर्ण हुन्छ | यो कृष्ण बुझाइ हो | र यो होइन कि मैले कृष्णलाई आफ्नो तरिकाले अध्ययन गर्नुपर्छ | कृष्ण तपाईको परिक्षा वा तपाईको परिक्षणको अधिनमा हुनुहुन्न | उहाँ सबभन्दा माथि हुनुहुन्छ | उहाँ दिव्य हुनुहुन्छ | तसर्थ जसको दिव्य दृष्टि छैन, तिनीहरु कृष्णलाई बुझ्दैनन् | यहाँ, उहाँले प्रत्यक्ष भन्दै हुनुहुन्छ,
- क्लैब्यं म स्म गमः पार्थ
- नैतत् त्वय्य् उपपद्यते
- क्षूद्रं हृदय-दौर्बल्यं
- तक्त्वोत्तिष्ठ परन्तप
- (भ गी २।३)
परन्तप शब्द प्रयोग गरिएको छ, "तिमी क्षत्रिय हौ, तिमी राजा हौ | तिम्रो कार्य कुचेष्टा फैलाउनेलाई सजाय दिनु हो | त्यो तिम्रो कार्य हो | तिमीले कुचेष्टा फैलाउनेलाई माफ गर्न सक्दैनौ |" पहिले राजाहरु यति..... राजा स्वयंले निर्णय गर्दथे | एउटा अपराधीलाई राजा समक्ष ल्याइन्थ्यो, र यदि राजालाई ठिक लाग्थ्यो भने उनले आफ्नो तरवार लिन्थे र तत्काल उसको टाउको काटिदिन्थे | त्यो राजाको कर्तव्य थियो | धेरै पनि होइन, केवल सय वर्ष अगाडि कश्मिरमा, जब चोरलाई समाइन्थ्यो, उसलाई राजा समक्ष ल्याइन्थ्यो, र यदि ऊ चोर हो, उसले चोरेको छ भनेर प्रमाणित हुन्थ्यो भने तत्काल राजाले आफैं उसको हात काटिदिन्थे | सय वर्ष अगाडि पनि | अरु सबै चोरहरुलाई चेतावनी हुन्थ्यो,"यो तिमीहरुको सजाय हो |" त्यसैले त्यहाँ कुनै चोरी हुँदैनथ्यो | कश्मिरमा कुनै चोरी, डकैती थिएन | कसैले बाटोमा केहि हराए पनि, त्यो त्यहिं रहन्थ्यो | कसैले त्यसलाई छुँदैनथ्यो | आदेश थियो, राजाको आदेश थियो कि "यदि कुनै कुरा सडकमा छ भने तिमीले त्यसलाई छुन सक्दैनौ | जुन मानिसले त्यो छोडेको छ, ऊ आउँछ, उसले लिनेछ | तिमीले लिन सक्दैनौ |" सय वर्ष अगाडि पनि | त्यसैले मृत्युदण्ड आवश्यक हुन्छ | आजकल मृत्युदण्ड माफ गरिन्छ | हत्याराहरुलाई फाँसी छैन | यो सब गल्ति हो, सबै धूर्तता | हत्यारालाई मार्नुपर्छ | कुनै कृपा हुँदैन | किन एउटा मानव हत्यारा ? एउटा पशु हत्यारालाई पनि तत्काल झुन्ड्याउनुपर्छ | त्यो राज्य हो | राजा यति कडा हुनुपर्छ |