NE/Prabhupada 0249 - प्रश्न उठेको थियो कि, युद्ध किन हुन्छ ?
Lecture on BG 2.6 -- London, August 6, 1973
युद्ध गर्ने कि नगर्ने भनेर अर्जुनले सोच्ने कुनै प्रश्न नै उठ्दैन | यो कृष्णद्वारा अनुमोदित छ, त्यसैले युद्ध पक्का हुनुपर्छ | जस्तै, जब हामी हिंड्दैथ्यौं, यो प्रश्न उठेको थियो कि "किन युद्ध हुनुपर्यो ?" त्यो बुझ्न त्यति कठिन छैन किनकि सबजनाको युद्ध गर्ने इच्छा हुन्छ | बच्चाहरु पनि झगडा गर्छन्, कुकुर र बिरालो झगडा गर्छन्, चराहरु झगडा गर्छन्, कमिलाहरु झगडा गर्छन् | हामीले यो देखेका छौं | त्यसैले किन मानवले हुँदैन ? युद्धको इच्छा उनीहरुमा पनि हुन्छ | त्यो जीवित अवस्थाको एउटा लक्षण हो | युद्ध | त्यो युद्ध कहिले हुनुपर्छ ? अवश्य पनि, वर्तमान समयमा, महत्त्वाकांक्षी नेताहरु युद्ध गर्छन् | तर युद्ध, वैदिक सभ्यताको अनुसार, युद्ध भनेको धर्म-युद्ध | धार्मिक सिद्धान्तमा | राजनैतिक विचार, कुनै वादको लहरमा होइन | जस्तै, अहिले दुई राजनैतिक समुहबीच युद्ध चल्दैछ, साम्यवादी र पूंजीवादी | तिनीहरु युद्धबाट बच्ने प्रयासमा छन्, तर युद्ध चल्दैछ | जब अमेरिका कुनै क्षेत्रमा हुन्छ, तत्काल रुस पनि त्यहाँ हुन्छ | भारत र पाकिस्तान बीचको अन्तिम युद्धमा जब राष्ट्रपति निक्सनले आफ्नो सातौं विमान पठाए, भारतीय महासगारमा, बङ्गालको खाडीमा, लगभग भारतको अगाडि.... यो गैरकानुनी थियो | तर धेरै घमण्डी, अमेरिका | सातौं विमान पठायो, हुनसक्छ पाकिस्तानलाई सहानुभूति देखाउन | तर तत्काल हाम्रा रुसी मित्र पनि त्यहाँ देखिए | तसर्थ, अमेरिका फर्कनुपरेको थियो | अन्यथा, मलाई लाग्छ, अमेरिकाले पाकिस्तानको तर्फबाट आक्रमण गर्ने थियो | यो चल्दैछ | तपाईले युद्ध रोक्न सक्नुहुन्न | धेरै मानिसहरु सोच्दैछन् कि युद्ध कसरी रोक्ने | त्यो असम्भव छ | यो बेकार प्रस्ताव हो | यो हुन सक्दैन | किनकि युद्धको इच्छा सबजनामा हुन्छ | त्यो जीवको लक्षण हो | बच्चाहरु पनि, जसको राजनीति हुँदैन, शत्रुता हुँदैन, उनीहरु पाँच मिनेटको लागि युद्ध गर्छन्; फेरी उनीहरु मित्र बन्छन् | युद्धको इच्छा हुन्छ | अब, यसको उपयोग कसरी गर्ने ? यहाँ हाम्रो कृष्ण भावनामृत अभियान छ | हामी भन्छौं, चेतना | हामी भन्दैनौं, "युद्ध रोक" वा "यो नगर, त्यो गर, त्यो गर," होइन | सबै कुरा कृष्ण भावनामा गर्न सकिन्छ | त्यो हाम्रो प्रचार हो | निर्बन्ध-कृष्ण-सम्बन्धे | तपाई जे गर्नुहुन्छ, कृष्णको सन्तुष्टिसँग त्यसको कुनै सम्बन्ध हुनुपर्छ | यदि कृष्ण सन्तुष्ट हुनुहुन्छ भने तपाई कार्य गर्नुहोस् | त्यो कृष्ण भावना हो | कृष्णेन्द्रिय तृप्ति वाञ्छा तार नाम प्रेम (चै च अादि ४।१६५) | यो प्रेम हो | जस्तै तपाई कसैलाई प्रेम गर्नुहुन्छ, आफ्नो प्रियको लागि तपाईले जे पनि गर्न सक्नुहुन्छ र कहिलेकहीं हामी पनि गर्छौं | त्यसैगरी, उही कुरा कृष्णकहाँ स्थानान्तरण हुनुपर्छ | त्यति हो | आफुलाई शिक्षा दिनुहोस् कि कृष्णलाई कसरी प्रेम गर्ने र केवल कृष्णको लागि कार्य कसरी गर्ने | यो जीवनको पूर्णता हो | स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भ १।२।६) | भक्ति भनेको सेवा, भज-सेवायाम् | भज्-धातु, यसको प्रयोग सेवा गर्ने प्रयोजनमा गरिन्छ, भज | र भज, संस्कृत व्याकरणमा, क्ति-प्रत्यय, यसलाई नाम बनाइन्छ | यो क्रिया हो | प्रत्ययहरु हुन्छन्, क्ति-प्रत्यय, ति प्रत्यय, धेरै प्रत्ययहरु | भज-धातु क्ति, भक्ति | भक्ति भनेको कृष्णलाई सन्तुष्ट पार्नु | भक्ति अरु कसैलाई लागु गर्न सकिन्न | यदि कसैले "म कालीदेवीको महान भक्त हुँ" भन्छ भने त्यो भक्ति होइन, त्यो व्यापार हो | किनकि तपाईले कुनै देवताको आराधना गर्दा त्यसको पछाडी कुनै प्रयोजन हुन्छ | साधारणतया, मानिसहरु मासु खान कालीदेवीको भक्त बन्छन् | त्यो तिनीहरुको प्रयोजन हो | वैदिक संस्कृतिमा, जो मांस-भक्षक हुन्छन्, तिनीहरुलाई सुझाव दिइएको छ कि "वधशाला वा बजारबाट खरिद गरेको मासु नखाऊ |" वास्तवमा, यो चलन कतै पनि थिएन, सारा संसारभरि, वधशाला निर्माण गर्ने | यो आधुनिक आविष्कार हो | हामी कहिलेकहीं इशाई सज्जनहरुसँग कुरा गर्छौं, र जब हामी सोध्छौँ कि "येशुले भन्नुहुन्छ 'तिमीले मार्नुहुँदैन'; तिमी किन मार्दैछौ ?" तिनीहरु प्रमाण दिन्छन् कि "येशुले पनि कहिलेकहीं मासु खानुहुन्थ्यो |" कहिलेकहीं येशुले मासु खानुभयो, त्यो ठिक छ, तर के येशुले भन्नुभयो कि "तिमी ठुलो, ठुलो वधशाला निर्माण गर र मासु खाऊ ?" यसमा कुनै जायज तर्क पनि छैन | येशुले खानुभएको थियो होला | कहिलेकहीं उहाँ..... यदि कुनै खाना केहि उपलब्ध थिएन भने के गर्न सकिन्थ्यो ? त्यो अर्को प्रश्न हो | ठुलो आवश्यकतामा, जब मासु बाहेक अन्य खानेकुरा हुँदैन..... त्यो समय आउँदैछ | यस युगमा, कलि युगमा, बिस्तारै अन्न घट्दै जान्छ | यो श्रीमद् भागवतम, बाह्रौं अध्यायमा वर्णित छ | चामल, गहुँ, दुध, चिनी केहि पनि उपलब्ध हुँदैन | मानिसले मासु खानुपर्छ | यस्तो परिस्थिति हुनेछ | र हुन सक्छ मानव मासु पनि खानुपर्छ | पापी जीवन यति धेरै पतित हुँदैछ कि तिनीहरु अझै पापी हुनेछन् | तान् अहम् द्विषतः क्रूरान् क्षीपाम्य् अजस्रम् अन्धे-योनिषु (भ गी १६।१९) | जो राक्षस छन्, जो पापी हुन्छन्, प्रकितिको नियम अनुसार उसलाई त्यस्तो स्थितिमा राखिन्छ कि ऊ अझै राक्षस बन्छ ताकी उसले कहिल्यै भगवानलाई बुझ्न सक्दैन | यो प्रकृतिको नियम हो | यदि तपाई भगवानलाई बिर्सन चाहनुहुन्छ भने भगवानले तपाईलाई यस्तो स्थितिमा राख्नुहुन्छ कि तपाई कहिल्यै भगवानलाई बुझ्न सक्षम हुनुहुनेछैन | त्यो आसुरी जीवन हो | त्यो समय पनि आउँदैछ | वर्तमान समयमा, अझै केहि मानिसहरुलाई रुची छ, भगवान् को हुनुहुन्छ | आर्तो अर्थार्ती जिज्ञासु ज्ञानी (चै च मध्य २४।९५) | तर समय आउँदैछ जब भगवानलाई बुझ्ने कुनै बुद्धि हुँदैन | त्यो कलि-युगको अन्तिम अवस्था हो र त्यस समयमा कल्की अवतार आउनुहुनेछ | त्यस समयमा भागवत चेतनाको कुनै प्रचार हुँदैन, केवल मार्ने, केवल मार्ने | कल्की अवतारले आफ्नो तरबार लिएर केवल मार्नुहुनेछ | त्यसपछि फेरी सत्य-युग आउनेछ | फेरी सुनौलो युग आउनेछ |