NE/Prabhupada 0253 - वास्तविक खुसी भगवद् गीतामा वर्णित छ
Lecture on BG 2.8 -- London, August 8, 1973
प्रद्युम्न:
- न हि प्रपश्यामि ममापनुद्याद्
- यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम्
- अवाप्य भूमाव् असपत्नम् ऋद्धं
- राज्यं सुराणाम् अपि चाधिपत्यम्
- (भ गी २।८)
अनुवाद: "मेरा इन्द्रियहरुलाई सुकाउने यो शोक हटाउने कुनै उपाय म देख्दिनँ | यस पृथ्वीमा स्वर्गका देवताहरुको जस्तै अधिपत्य भएको अद्वितीय राज्य प्राप्त गरे पनि म यो शोकलाई हटाउन सक्दिनँ |"
प्रभुपाद: न न हि प्रपश्यामि ममापनुद्याद् | यो भौतिक अस्तित्वको अवस्था हो | हामी कहिलेकहीं कठिनाइमा हुन्छौं | कहिलेकहीं होइन | सधैं हामी कठिनाइमा हुन्छौं, तर हामी यसलाई कहिलेकहींभन्छौं किनकि यो कठिनाइलाई पार गर्न हामी केहि प्रयास गर्छौं र त्यो प्रयासलाई खुसीको रुपमा लिन्छौं | वास्तवमा यहाँ खुसी छैन | तर कहिलेकहीं यो आशा लिएर कि "यस प्रयासद्वारा म भविष्यमा खुसी हुनेछु........" तथाकथित वैज्ञानिकहरुले सपना देखे जस्तै: "भविष्यमा हामी मृत्युरहित हुनेछौं |" तिनीहरु धेरै सपना देख्दैछन् | तर जो समझदार मानिस छन्, तिनीहरुले भन्छन्: "भविष्य जतिसुकै आनन्दमय भए पनि यसको विश्वास नगर |"
त्यो वास्तविक अवस्था हो | न हि प्रपश्यामि ममापनुद्याद् | तसर्थ अर्जुन कृष्ण समक्ष गएका छन्: शिष्यस् ते ऽहम् (भ गी २।७) | "म अब हजुरको शिष्य बन्छु |" "तिमी मकहाँ किन आएका छौ ?" "किनकि मलाई थाहा छ कि यो खतरनाक परिस्थितिबाट मलाई कसैले पनि जोगाउन सक्दैन |" यो सहि बुद्धि हो | यच् छोकम् उच्छोषणम् इन्द्रियाणाम् (भ गी २।८) | उच्छोषणम् | जब हामी ठुलो कठिनाइमा हुन्छौं, तब यसले इन्द्रियहरुको अस्तित्वलाई सुकाउँछ | कुनै इन्द्रियतृप्तिले हामीलाई खुसी बनाउन सक्दैन | उच्छोषणम् इन्द्रियाणाम् | यहाँ खुसी भनेको इन्द्रितृप्ति हो | वास्तवमा, यो खुसी होइन | वास्तविक खुसीको भगवद् गीतामा वर्णित छ: अतीन्द्रियम्, सुखम् अत्यन्तीकं यत् तत् अतीन्द्रियम् (भ गी ६।२१) | वास्तविक खुसी, अत्यन्तिकम्, परम खुसीको भोग इन्द्रियद्वारा हुँदैन | अतीन्द्रिय, यो इन्द्रियहरुभन्दा दिव्य हुन्छ | त्यो वास्तविक खुसी हो | तर हामीले इन्द्रियतृप्तिलाई खुसीको रुपमा लिएका छौं | इन्द्रियतृप्तिद्वारा कोहि पनि खुसी हुन सक्दैन | किनकि हामी भौतिक अस्तित्वमा छौं | र हाम्रा इन्द्रियहरु झुटा इन्द्रियहरु हुन् | वास्तविक इन्द्रिय- आध्यात्मिक इन्द्रिय हो | त्यसैले हामीले आफ्नो आध्यात्मिक चेतनालाई पुनर्जागृत गर्नुपर्छ | तब आध्यात्मिक इन्द्रियद्वारा हामीले आनन्द लिन सक्छौं | सुखम् अत्यन्तीकं (भ गी ६।२१) | यी इन्द्रियहरुलाई पार गरेर | यी इन्द्रियहरुलाई पार गर्नु अर्थात्........ यी इन्द्रियहरु भनेको आवरण | जस्तै म यो शरीर हुँ | वास्तवमा, म यो शरीर होइन | म आत्मा हुँ | तर यो मेरो वास्तविक शरीर, आध्यात्मिक शरीरको आवरण हो | त्यसैगरी, आध्यात्मिक शरीरका आध्यात्मिक इन्द्रियहरु हुन्छन् | निराकार होइन | किन निराकार ? यो व्यवहारिक बुद्धिको कुरा हो | जस्तै तपाईसँग दुइटा हात छन् | जब हातलाई कुनै वस्त्रले ढाक्छ, तब वस्त्रको पनि हात हुन्छ | मसँग हात भएको कारण मेरो वस्त्रको पनि हात हुन्छ | मसँग खुट्टा भएको कारण मेरो आवरण वा वस्त्रको पनि खुट्टा हुन्छ | यो साधारण कुरा हो | यो शरीर कहाँबाट आएको हो ? यो शरीरको वर्णन छ: वासांसि, वस्त्र | वस्त्र शरीर अनुरुप काटिएको हुन्छ | वस्त्र त्यस्तो हुन्छ | यो होइन कि मेरो शरीर वस्त्र अनुरुप बनेको छ | यो साधारण कुरा हो | जब मेरो सर्टको हात हुन्छ, यो मेरो सुक्ष्म शरीर वा स्थूल शरीर हो, तसर्थ मौलिक रुपमा, आध्यात्मिक रुपमा मसँग हात र खुट्टा छन् | अन्यथा, यी कसरी आउँछन् ? तपाईले कसरी विकास गर्नुहुन्छ ?