NE/Prabhupada 0265 - भक्ति भनेको इन्द्रियहरुका मालिक हृषीकेशको सेवा गर्नु



Lecture on BG 2.10 -- London, August 16, 1973


प्रद्युम्न: अनुवाद, "हे भारतवंशी, त्यस समयमा कृष्णले मुस्कुराउँदै, दुई पक्षका सेनाहरुको बिचमा, शोकाकुल अर्जुनलाई निम्न शब्दहरु भन्नुभयो |"

प्रभुपाद: हृषीकेशः, प्रहसन्न् इव​ | कृष्ण मुस्कुराउन थाल्नुभयो, " के नचाहिने कुरा हो यो, अर्जुन |" सर्वप्रथम उनले भने , "मलाई राख्नुहोस् |" सेनयोर् उभयोर् मध्ये रथं स्थापय मे अच्युत (भ गी १।२१) | "कृष्ण, कृपया मेरो रथ दुई सेनाहरुको बीचमा राख्नुहोस् |"

(सँगै) मलाई पानी ल्याइदेऊ |

र अब... सुरुवातमा उनी यति उत्साहित थिए, कि " मेरो रथ दुई पक्षका सेनाको बीचमा राख्नुहोस् |" अहिले यी मूर्ख भन्दैछन्, नो योत्स्य, " म युद्ध गर्दिनँ |" यो धूर्तता हेर त | कृष्णको निकटतम मित्र अर्जुन पनि, माया यति बलियो छिन्, कि उनी पनि धूर्त बने, अरुको के कुरा गर्नु | सुरुवातमा निकै उत्सुक थिए: " हो, मेरो रथ दुई पक्षका सैनिकको बीचमा राख्नुहोस् |" र अब..., न योत्स्य इति गोविन्दम् (भ गी २।९), " म युद्ध गर्दिनँ |" यो धूर्तता हो | उहाँ मुस्कुराउँदै हुनुहुन्थ्यो, "ऊ मेरो निकटतम मित्र, तर यस्तो ठुलो.. र अहिले उनी भन्दैछन् कि " म युद्ध गर्दिनँ |" त्यसैले कृष्ण मुस्कुराउँदै, यो मुस्कानको ठुलो अर्थ छ, प्रहसन्न् | तम् उवाच हृषीकेशः प्रहसन्न् इव भारत​, सेनयोर् उभयोर् विषीदन्तम्, शोक गर्दै | सुरुवातमा उनी निकै उत्साहपूर्वक युद्ध गर्न आएका थिए; अहिले उनी शोक गर्दैछन् | र कृष्णलाई यहाँ हृषीकेश भनेर सम्बोधन गरिएको छ | उहाँ पक्का हुनुहुन्थ्यो | उहाँ अच्युत​ हुनुहुन्छ | उहाँ परिवर्तन हुनुहुन्न | हृषीकेश​को शब्द अर्को महत्व... किनभने नारद-पंचारात्रमा भनिएको छ कि भक्ति भनेको हृषीकेश​-सेवनम् हो | त्यसैले यो नाम यहाँ उल्लेख गरिएको छ, हृषीकेश | हृषीकेश​-सेवनं भक्तिर् उच्यते | भक्ति भनेको इण्डियहरुका मालिक हृषीकेशको सेवा गर्नु | केहि धूर्तहरु कृष्णलाई अनैतिक भन्छन् | उहाँ इन्द्रियहरूको स्वामी र उहाँ अनैतिक हुनुहुन्छ | हेर त उसले भगवद् गीताको अध्यन कसरी गरेको छ | यदि कृष्ण पूर्ण ब्रह्मचारी... कृष्ण पूर्ण ब्रह्मचारी हुनुहुन्छ..... यस कुराको घोषणा भीष्म देवले गरेका थिए | भीष्मदेव ब्रह्माण्डका प्रथम श्रेणीका ब्रह्मचारी हुन् | उनले सत्यवतीको पितासँग वाचा गरेका थिए...... तिमीहरुलाई यो कथा थाहा छ | सत्यवतीको पिता... भीष्मदेवका पिता माझीको पुत्रीसँग आकर्षित भएका थिए | त्यसैले उनले विवाह गर्न चाहन्थे | तर ती युवतीको पिताले अस्विकार गरे, "म आफ्नी छोरी तपाईलाई दिन सक्दिनँ |" "किन? म राजा हुँ, म तपाईकी कन्या माग्दैछु |" " हुँदैन, तपाईको एउटा छोरो छ |" भीष्मदेव आफ्ना पिताकी प्रथम पत्नीका पुत्र थिए | माता गंगा सन्तनु महाराजकी श्रीमती थिइन् र भीष्मदेव एक्लो पुत्र थिए | सन्तनु महाराज र गंगा बीच सम्झौता यो थियो कि "म तपाईसँग विवाह गर्न सक्छु, यदि तपाईले अनुमति दिनुहुन्छ कि मैले सबै जन्मेका सन्तानहरुलाई गंगाको पानीमा फालिदिनेछु | र यदि तपाईले मलाई अनुमति दिनुभाएन भने मैले तत्काल तपाईको सङ्ग त्याग्नेछु |: सन्तनु महाराजले भने, " ठिकै छ, म तिमीलाई विवाह गर्नेछु |" उनले आफ्ना सबै सन्तानलाई गंगामा फाल्दै तहीं | यी भीष्मदेव....... पीता धेरै दुःखी भए कि, "यो के हो ? मैले कस्ती पत्नी पाएँ ? उनले आफ्ना सबै सन्तानलाई पानीमा फालिदिन्छिन् |" भीष्मदेवको पालोमा, सन्तनु महाराजले भने, "होइन, म अनुमति दिन सक्दिनँ |" त्यसपछि माता गंगाले भनिन्, "त्यसोभए म जान्छु? "हुन्छ, तिमी जान सक्छौ, तिमी मलाई चाहिंदैन | मलाई यो छोरा चाहिन्छ |" उनि पत्नीविहिन भएका थिए | उनी सत्यवतीसँग विवाह गर्न चाहन्थे | पिताले भने, "हुँदैन, म आफ्नी छोरी तिमीलाई दिन सक्दिनँ किनभने तिम्रो एउटा हुर्किएको पुत्र छ | ऊ भविष्यमा राजा हुनेछ | म आफ्नी छोरी तपाईको दासी बन्नको लागि पठाउन सक्दिनँ | यदि उसकी पुत्र राजा हुन्छ भने म आफ्नी छोरी तपाईलाई दिन सक्छु |" उनले भने, "हुँदैन, त्यो सम्भव छैन |" तर भीष्मदेवले बुझे कि " मेरा पिता यी स्त्रीसँग आसक्त हुनुभएको छ |" उनले माझीसँग भने कि "तपाईले आफ्नी छोरी मेरा पितालाई दिन सक्नुहुन्छ, तर तपाई सोच्दै हुनुहुन्छ कि म राजा हुनेछु | तपाईकी पुत्रीको पुत्र राजा हुनेछन् | यो अवस्थामा तपाईले आफ्नी पुत्री दिन सक्नुहुन्छ |" उनले भने, "हुँदैन, मैले सक्दिनँ |" "किन?" :तपाई राजा नहुनुहोला, तर तपाईका पुत्र राजा हुनसक्छन् |" हेर त, यो भौतिक दृष्टिकोण | त्यसपछि उनले भने, "होइन, म विवाह गर्दिनँ | त्यति हो | म प्रण लिन्छु | म विवाह गर्दिनँ |" उनी ब्रह्मचारी बसे | त्यसैले उनको नाम भीष्म हो | भीष्म भनेको अत्ति दृढ र पक्का | उनी ब्रम्हाचरी थिए | आफ्नो पिताको इन्द्रियको सन्तुष्टिको लागि उनी ब्रह्मचारी बसे |