NE/Prabhupada 0266 - कृष्ण पूर्ण ब्रह्मचारी हुनुहुन्छ



Lecture on BG 2.10 -- London, August 16, 1973


प्रभुपाद: भीष्मदेवले, राजसूय-यज्ञमा स्वीकार्नुभयो कि "कृष्ण भन्दा उत्कृष्ट ब्रह्मचारी कोहि पनि छैन |" कृष्ण गोपीहरुको माझमा हुनुहुन्थ्यो तर उहाँ ब्रह्मचारी रहनुभयो | यदि म गोपिहरुको माझमा हुन्थें भने मेरो स्थिति कस्तो हुन्थ्यो म कल्पना पनि गर्न सक्दिनँ |" त्यसैले कृष्ण पूर्ण ब्रह्मचारी हुनुहुन्छ, हृषीकेश​ | र यी दुष्टहरु भन्छन् कि कृष्ण अनैतिक हुनुहुन्छ | होइन | कृष्ण पूर्ण ब्रह्मचारी हुनुहुन्छ | धीर | धीर भनेको जी उत्तेजित हुने परिस्थितिमा पनि उत्तेजित हुदैन | कृष्ण त्यस्तो ब्रह्मचारी हुनुहुन्छ | उहाँको युवा अवस्था, १५, १६ वर्षको उमेरमा, गाउँका सबै किशोरीहरु उहाँका सखीहरु थिए, उनीहरु कृष्णको सुन्दरताप्रति निकै आकर्षित थिए | उनीहरु कृष्णसँग गाउँमा नृत्य गर्नको लागि आउँथे | तर पनि उहाँ ब्रह्मचारी हुनुहुन्थ्यो | तिमीहरुले कहिले पनि सुन्दैनौ कि कृष्णले कसैसँग अवैध समब्ध राख्नुभएको थियो | थिएन | त्यस्तो कुनै विवरण छैन | नित्यको बारेमा वर्णन छ तर गर्भनिरोधक चक्कीको बारेमा छैन | छैन | त्यस्तो विवरण छैन | त्यसैले उहाँ हृषीकेश​ हुनुहुन्छ | हृषीकेश​ भनेको पूर्ण ब्रह्मचारी | विकार-हेतु, उत्तेजित हुने परिस्थितिमा पनि उहाँ उत्तेजित हुनुहुन्न | यस्तो हुनुहुन्छ कृष्ण | उहाँका हजारौं भक्तहरु छन्, र केहि भक्तहरु, यदि उनीहरु कृष्णको प्रेमी हुन चाहन्छन् भने कृष्णले स्वीकार्नुहुन्छ तर उहाँलाई कोहि पनि आवश्यक छैन | उहाँलाई चाहिंदैन | उहाँ आत्मनिर्भर हुनुहुन्छ | उहाँको इन्द्रियतृप्तिको निम्ति कोहि अरु आवश्यक पर्दैन | त्यसैले कृष्ण हृषीकेश​ हुनुहुन्छ, सबै इन्द्रियहरुका स्वामी | त्यसैले कृष्णको भक्त कम्तिमा... कृष्णको भक्तका उदाहरण धेरै छन् | उनीहरु पनि.... किन धेरै ? लगभग सबै भक्तहरु इन्द्रियहरुको स्वामी हुन्छन्, गोस्वामी |

जस्तै हरिदास ठाकुर, तिमीहरुलाई थाहा छ | हरिदास ठाकुर युवा हुनुहुन्थ्यो, र उहाँ मुसलमान हुनुहुन्थ्यो | सबैजना हरिदास ठाकुरको प्रशंसा गर्थे, उहाँ महान् भक्त हुनुहुन्थ्यो | त्यसैले गाउँको जमिन्दार, ऊ धेरै इर्ष्यालु भयो | उसले हरिदास ठाकुरको साधना भंग गर्न एउटा वेश्यलाई खटायो | ती वेश्य मध्यरातमा अति राम्रो वस्त्र पहिरिएर निकै आकर्षक बनेर आइन् | उनी पनि युवती थिइन्, निकै राम्री | उनले प्रस्ताव राखिन् कि " म तपाईको सौन्दर्यताद्वारा आकर्षित भएर आएकी हुँ |" हरिदास ठाकुरले भन्नुभयो, " ठिकै छ | यहाँ आउनुहोस्, बस्नुहोस् | कृपया मेरो जप सकाउन दिनुहोस् | त्यसपछि हामी रमाइलो गरौंला |" उनी बसिन् | तर हरिदास ठाकुर जप्दै हुनुहुन्थ्यो ..... हामी सोह्र माला पनि जप्न सक्दैनौ, तर उहाँ चौसट्ठी माला तीन पटक जप्नुहुन्थ्यो | त्यो कति हुन्छ ?

रेवतिनन्दन: १९६ |

प्रभुपाद: १९६ माला | त्यो उहाँको नित्य कार्य थियो | हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण... कहिलेकहिं हरिदास ठाकुरको नक्कल गर्न चाहन्छ | त्यो सम्भव छैन | जब बिहान भयो, हरिदास ठाकुरलाई वेश्याले भनिन् " महासय, बिहान भइसक्यो |" "ठिक छ, अर्को रातमा म.... अर्को रात आउनुहोस् | आज मैले आफ्नो जप सकाउन सकिनँ |" त्यो बहाना थियो | यसरी तीन दिन बित्यो | त्यसपछि वेश्या परिवर्तन भइन् , उहाँको शरणमा परिन्....... "महासय, म तपाईलाई प्रदुषित पार्न आएकी थिएँ | अब मलाई बचाउनुहोस् , म धेरै पतित छु |" हरिदास ठाकुरले भन्नुभयो "हो, मलाई थाहा छ | मैले तपाई आउने बित्तिकै यो स्थान छाड्न सक्थें, तर म चाहन्थें कि तपाई मकहाँ आउनुभएको कारण तपाई वैष्णव बन्नुहोस् |" ती वेश्या हरिदास ठाकुरको कृपाले महान भक्त..... हरिदास ठाकुरले भन्नुभयो कि "तपाई यो स्थानमा बस्नुहोस् | तपाई यो तुलसीको वृक्ष अगाडि हरे कृष्ण जपनुहोस् | अब म यो स्थानबाट अन्यत्र जान्छु |"