NE/Prabhupada 0269 - तिमीले धूर्त व्याख्याद्वारा भगवद्-गीता बुझ्न सक्दैनौ



Lecture on BG 2.10 -- London, August 16, 1973


कृष्णलाई हृषीकेश​को रुपमा बुझ्ने प्रयास गर | हृषीकेश​, कृष्ण हाँस्न थाल्नुभयो कि " ऊ मेरो मित्र हो, नित्य पार्षद हो, तर त्यस्तो कमजोरी | ऊ पहिले निकै उत्साहित भएर मलाई आफ्नो रथ, सेनयोर् उभयोर् मध्ये | अहिले विषीदन्तन्, अहिले ऊ शोक गर्दैछ |" त्यसैले... हामी सबै त्यस्तै मूर्ख हौँ | अर्जुन मूर्ख होइनन् | अर्जुनलाई गुडाकेश भनेर उल्लेख गरिएको छ | उनी कसरी मूर्ख हुन सक्छन्? तर उनी मूर्खको भूमिका निर्वाह गर्दैछन् | उनले मूर्खको भूमिका निर्वाह नगरेका भए कृष्णले भाग्वाद् गीता कसरी भन्नुहुन्थ्यो ? उनी शुद्ध भक्त भएकाले उनी कृष्णले उपदेश दिनुहुने पात्रको भूमिका निर्वाह गर्दैछन् | पूर्ण गुरु र पूर्ण शिष्य, अर्जुन | हामीले उहाँहरुको क्रियाकलापबाट सिक्नुपर्छ.... हाम्रो स्थिति.... अर्जुनले हामी जस्ता साधारण मानिसको भूमिका निर्वाह गर्दैछन् र कृष्ण हृषीकेश​ हुनुहुन्छ, आफ्नो पूर्ण सल्लाह दिंदै हुनुहुन्छ | यदि हामीले पूर्ण शिष्य, अर्जुनको जस्तै मनोभावका साथ भगवद्-गीता अध्ययन गर्छौं र यदि हामीले पूर्ण गुरु कृष्णको सल्लाह स्वीकार्छौं भने हामीलाई थाहा हुन्नुपर्छ कि हामीले भगवद्-गीता बुझेका छौं | मानसिक कल्पनाद्वारा, धूर्त व्याख्याद्वारा, आफ्नो विद्वता प्रदर्शन गरेर भगवद्-गीता बुझ्न सकिंदैन | त्यो सम्भव छैन | समर्पण भाव | त्यसैले भगवद् गीतामा भनिएको छ, तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया (भ गी ४|३४) | अर्जुनले जस्तै हामीले पनि आत्मसमर्पण गर्नुपर्छ | शिष्यस् ते ऽहं शाधि मां प्रपन्नम्: (भ गी २।७) | "म तपाईमा आत्मसमर्पण गर्छु | म तपाईको शिष्य बन्छु |" शिष्य बन्नु भनेको आत्मसमर्पण गर्नु, स्वेच्छापूर्वक गुरुको उपदेश, सल्लाह, आदेश स्वीकार्नु | अर्जुनले पहिले नै त्यो स्वीकारिसके | यद्यपि उनले भन्दैछन् कि न योत्स्ये, "कृष्ण, म युद्ध गर्दिनँ |" तर जब गुरुले सबै शिक्षा दिनुहुन्छ, उनले युद्ध गर्नेछ | गुरुको आदेश | युद्ध नगर्नु भनेको उनको आफ्नो इन्द्रियतृप्ति हो | र युद्ध गर्ने इच्छा नभएपनि युद्ध गर्नु भनेको गुरुको सन्तुष्टि हो | यो भगवद्-गीताको मूल सार हो |

कृष्णले अर्जुनको विचलन, शोक देख्नुभयो, विषीदन्तम्, उनी आफ्नो कर्तव्य निर्वाह गर्न तयार थिएनन् | त्यसैले अर्को श्लोकामा उहाँ भन्नुहुन्छ, कि: शोच्यान् अन्वशोचस् त्वं प्रज्ञ​-वादांश् च भाषसे: (भ गी २।११) "मेरो प्रिय अर्जुन, तिमी मेरो मित्र हौ | माया निकै बलवान छिन् | तिमी मेरो व्यक्तिगत मित्र भए तापनि, तिमी झुटो करुणाका साथ विचलित भएको छौ | त्यसैले मेरो कुरा सुन |" उहाँले भन्नुभयो: "तिमी यस्तो विषयमा शोक गर्दै छौ, जुन थोरै पनि राम्रो छैन |" अशोच्य​ | शोच्य भनेको शोक र अशोच्य भनेको शोक गर्नुहुँदैन | अशोच्य | अशोच्यान् अन्वशोचस् त्वं प्रज्ञ​-वादांश् च भाषसे | "तर तिमी ज्ञानी विद्वान जस्तै कुरा गर्दैछौ |" किनभने उनले भनेका छन् | तर कुराहरु ठिक होइनन् | अर्जुनले जे भने, कि वर्ण-सङ्कर​, जब स्त्रीहरु दुषित हुन्छन्, जनसंख्या वर्ण-संकर हुन्छ, यो तथ्य हो | अर्जुनले युद्ध नगर्नको लागि कृष्णलाई भनेका सबै कुराहरु ठिक हुन् | तर आध्यात्मिक स्तरमा... ती कुराहरु सहि वा गलत हुन सक्छन्, तर आध्यात्मिक स्तरमा तिनीहरुलाई त्यति गम्भीर मानिंदैन | त्यसैले अशोच्यान् अन्वशोचस् त्वम् | किनभने उनको शोक शारीरिक अवाधारणामा आधारित थियो | जीवनको शारीरिक अवधारणा, कृष्णको उपदेशको सुरुवातमा नै यो निन्दित छ | अशोच्यान् अन्वशोचस् त्वम्: (भ गी २।११) "तिमीले जीवनको शारीरिक अवाधरानामा शोक गर्दैछौ |" जो जीवनको शारीरिक अवधारणामा रहन्छ, ऊ पशुभन्दा राम्रो हुँदैन |