NE/Prabhupada 0268 - कृष्णको शुद्ध भक्त नबनी कसैले पनि कृष्णलाई बुझ्न सक्दैन



Lecture on BG 2.10 -- London, August 16, 1973


यो निकै गाह्रो छ | कृष्णलाइ शुद्ध भक्त नबनी कसैले पनि कृष्णलाई बुझ्न सक्दैन | किनभने कृष्ण भन्नुहुन्छ,भक्त्या माम् अभिजानाति यावान् यस् चास्मि तत्त्वतः (भ गी १८।५५)| तत्त्वतः, सत्य रुपमा | तत्त्वतः भनेको सत्य | यदि कसैले कृष्णलाई यथारुपमा बुझ्न चाहन्छ भने उसले भक्तिमय सेवा स्वीकार्नुपर्छ | हृषीकेण हृषीकेश​-सेवनं भक्तिर् उच्यते (चै च मध्य १९।१७०) | जब कोहि इन्द्रियाहरुको स्वामी हृषीकेशको सेवामा संलग्न हुन्छ | स्वामी र हृषीकेण, जब तिम्रा इन्द्रियहरु इन्द्रियहरुका स्वामीको सेवामा संलग्न हुन्छ, तब तिमी पनि इन्द्रियहरुको स्वामी हुन्छौ | तिमी पनि | तिम्रा इन्द्रियहरु हृषीकेशको सेवामा संलग्न भएको कारण तिनीहरु संग्लग्न हुने अन्य अवसर नै हुँदैन | बाँधिन्छन् | स वै मनः कृष्ण​-पदारविन्दयो (श्री भा ९।४।१८) | यो भक्तिमय सेवाको प्रक्रिया हो | यदि तिमी इन्द्रियाहरुको स्वामी वा गोस्वामी हुन चाहन्छौ भने तिमीले आफ्ना इन्द्रियहरुलाई सधैं हृषीकेशको सेवामा संलग्न गराउनुपर्छ | त्यो एउटा मात्र मार्ग हो | अन्यथा यो सम्भव छैन | जब तिमी आफ्ना इन्द्रियहरुलाई इन्द्रियहरुका स्वामीको सेवामा संलग्न गराउन थोरै पछि हट्छौ, तत्काल माया अगाडि हुन्छिन, "कृपया आऊ |" यो प्रक्रिया हो | कृष्ण भुलिया जीव भोग वाञ्छा करे, पासते माया तारे जापटिया धरे | तिमीले एक क्षण पनि कृष्णलाई बिर्सियौ भने तत्काल माया पअगाडि हुन्छिन् | "प्रिय साथी, कृपया यता आऊ |" त्यसैले हामीले धेरै सावधान हुनुपर्छ | हामीले कृष्णलाई एक क्षण पनि बिर्सनुहुँदैन | त्यसैले यो जप, हरे कृष्ण, हरे कृष्ण, कृष्ण कृष्ण, हरे हरे, हरे, राम, हरे, राम, राम, राम, हरे, हरे,..... सधैं कृष्णलाई सम्झिनुपर्छ | तब मायाले तिमीलाई छुन सक्दिनन् | माम् एव ये प्रपद्यन्ते मायाम् एतान् तरन्ति | मायाले छुन सक्दिनन् | जस्तै हरिदास ठाकुर | उनी हृषीकेश​को सेवामा संलग्न थिए | माया आफ्नो पूर्ण क्षमताका साथ आइन् | तर पनि, उनी हारिन्; हरिदास ठाकुर हारेनन् |