NE/Prabhupada 0277 - कृष्ण भावना भनेको हरेक प्रकारको ज्ञान प्राप्त गर्नु



Lecture on BG 7.2 -- San Francisco, September 11, 1968

ज्ञानं ते ऽहं स​-विज्ञानम् इदं वक्ष्याम्य् अशेषतः
यज् ज्ञात्वा नेह भूयो ऽन्यज् ज्ञातव्यम् अवशिष्यते
(भ गी ७।२)

हामी यो श्लोकमा छलफल गर्दैछौं, ज्ञान के हो | ज्ञान भनेको यो ब्रह्माण्ड कसरी कार्यरत छ, कार्य-शक्ति के हो, शक्ति के हो | जस्तै वैज्ञानिकहरु विभिन्न शक्तिहरुको खोज गर्दैछन् | जस्तै पृथ्वी भारहीनतामा तैरिंदैछ | यस्तो ठुलो भौतिक पदार्थको थुप्रो जसमा यति धेरै हिमाल, समुद्र, महासागर, गगनचुम्बी भवन, शहर, देशहरु छन्- यो हावामा एउटा कपास जसरी तैरिंदैछ | त्यसैले यदि कसैले यो कसरी तैरिंदैछ भन्ने बुझ्छ भने त्यो ज्ञान हो | कृष्ण भावना भनेको हरेक प्रकारको ज्ञान प्राप्त गर्नु | यो होइन कि हामी, कृष्ण भावनाभावित मानिसहरु कुनै भावनामा बगेर चल्दैछौं | होइन | हामीसँग दर्शन, विज्ञान, धर्मशास्त्र, नैतिकता, सबै छन्- मानव जीवनमा चाहिने सबै कुरा छन् | त्यसैले कृष्णले भन्नुहुन्छ कि "मैले तिमीलाई ज्ञानको बारेमा सबै कुरा भन्नेछु |" यो हो कृष्ण भावना | एक कृष्ण भावनाभावित मानिस मूर्ख हुनुहुन्न | जब उसले ब्रह्माण्डका यी ग्रहहरु कसरी तैरिंदैछ भन्ने प्रश्नको जवाफ दिनुपर्छ, यो मानव शरीर कसरी चल्दैछ, कति प्रजातिहरु छन्, कसरी तिनीहरुको विकास हुँदैछ....... यी सब वैज्ञानिक ज्ञान हुन् | भौतिक विज्ञान, वनस्पति विज्ञान , रसायन विज्ञान, खगोल विज्ञान, सबै | तसर्थ कृष्णले भन्नुहुन्छ, यज् ज्ञात्वा, यदि तपाईले यो ज्ञान, कृष्ण भावना बुझ्नुहुन्छ भने तपाईले जान्नुपर्ने केहि बाँकी हुँदैन | त्यो भनेको तपाईसँग पूर्ण ज्ञान हुन्छ | हामी ज्ञानको पछाडि छौं तर यदि हामीसँग कृष्ण भावनाको ज्ञान हुन्छ, यदि हामी कृष्णलाई चिन्छौं भने त्यसमा सबै ज्ञान समावेश हुन्छ | तच्-छक्ति विषय विविक्त​-स्वरूप विषयकं ज्ञानम् | तपाईसँग आफ्नो मौलिक अवस्थाको पूर्ण ज्ञान हुन्छ, यो भौतिक जगत्, अध्यात्मिक जगत्, भगवान्, उहाँसँगको हाम्रो सम्बन्ध, समय, आकाश, सबै कुराको ज्ञान हुन्छ | थाहा पाउनको लागि धेरै विषय छन् तर प्रमुख विषय भनेको...... भगवान्, जीव, काल, कर्म र यो भौतिक प्रकृति | यी पाँच विषयहरुको बारेमा थाहा पाउनुपर्छ | तपाईले नकार्न सक्नुहुन्न कि "भगवान् हुनुहुन्न |" भगवान् परम नियन्त्रक हुनुहुन्छ | तपाईले भन्न सक्नुहुन्न कि तपाई नियन्त्रित हुनुहुन्न | एक नियन्त्रक हुनुहुन्छ | जस्तै तपाईले भन्न सक्नुहुन्न कि एउटा राज्यमा नियन्त्रक हुँदैनन् | त्यहाँ एक नियन्त्रक हुन्छन् | हरेक सडकमा, हरेक घरमा सरकारको नियन्त्रण हुन्छ | यो पसललाई मानौं, यहाँ पनि सरकारको नियन्त्रण छ | तपाईले यसरी पसल निर्माण गर्नुपर्छ, तपाई नकार्न सक्नुहुन्न | यदि यो आवासीय घर हो भने "अग्नि व्यवस्था यस्तो हुनुपर्छ |" त्यहाँ नियन्त्रण हुन्छ | तपाई सडकमा हिंड्दा पनि, तपाईले आफ्नो गाडी चलाउनुहुन्छ, त्यहाँ नियन्त्रण हुन्छ: "दाहिने भएर चलाऊ |" तपाईले "रोक" लेखेको ठाउँमा चलाउन पाउनुहुन्न | तपाई रोकिनुपर्छ | तपाई हरेक प्रकारले नियन्त्रणमा हुनुहुन्छ | त्यहाँ एक नियन्त्रक हुन्छन् | र परम नियन्त्रक कृष्ण हुनुहुन्छ | एक नियन्त्रक माथि अर्को नियन्त्रक हुन्छ | यदि तपाईले अन्तिम नियन्त्रकलाई खोज्दै जानुहुन्छ भने तपाईले कृष्णलाई पाउनुहुनेछ | सर्व-कारण​-कारणम् (ब्र स ५|१) | ब्रह्म​-संहितामा पुष्टि गरिएको छ छ, ईश्वरः परमः, परम नियन्त्रक कृष्ण हुनुहुन्छ | ईश्वरः परमः कृष्णः (ब्र स ५|१) | ईश्वरः भनेको नियन्त्रक | त्यसैले हामीले यी नियन्त्रक र उहाँले कसरी नियन्त्रण गर्दै हुनुहुन्छ भन्ने ज्ञान प्राप्त गर्नुपर्छ | (बच्चाले आवाज निकाल्दै) धेरै हल्ला भयो | ज्ञानं विज्ञानं ते सहितम् | नियन्त्रकलाई जान्ने मात्र होइन तर उहाँले कसरी नियन्त्रण गर्दै हुनुहुन्छ, नियन्त्रकसँग कति शक्ति छ, र उहाँले कसरी नियन्त्रण गर्दै हुनुहुन्छ- त्यो विज्ञानम् हो | ज्ञानं विज्ञानं ते नते तुभ्यां प्रपन्नाय अशेषतः |