NE/Prabhupada 0279 - वास्तवमा हामीले पैसाको सेवा गर्दैछौं



Lecture on BG 7.2 -- San Francisco, September 11, 1968


यहाँ, यो अध्यायमा राम्ररी व्याख्या गरिएको छ कि परम आराध्य वस्तु को हुनुहुन्छ | हामी आराधना गर्दैछौं | हाम्रो क्षमता अनुसार हामी कसैको आराधना गर्दैछौं | कम्तिमा हामीले आफ्नो कार्यालयको मालिकको आराधना गर्दैछौं | मानौं म एउटा कार्यालय वा एउटा उद्योगमा कार्यरत छु, मैले मालिकको आराधना गर्नुपर्छ, मैले उसको आज्ञापालन गर्नुपर्छ | सबजना आराधना गर्दैछन् | अब, जो परम आराध्य वस्तु हुनुहुन्छ, कृष्ण, उहाँ कसरी परम आराध्य वस्तु हुनुहुन्छ, त्यो कुरा यस अध्यायमा बताइएको छ | य स्वरूपं सर्व करं च यच् च धियां तद् उभय​-विषयकं ज्ञानं व्यक्तुम् अत्र भक्ति-प्रतिज्ञानम् | तसर्थ, यदि हामीले यहाँ परम नियन्त्रक हुनुहुन्छ, यहाँ परम आराध्य वस्तु हुनुहुन्छ भनेर बुझ्छौं भने हाम्रो जीवनको समस्याको समाधान तुरुन्त निस्कन्छ | हामी खोज्दैछौं...... अर्को दिन मैले तपाईलाई एउटा कथा भनेको थिएँ कि एक मुहम्मदन भक्तले सर्वोच्च पुरषको सेवा गर्न चाहन्थे | उनले नवाबको सेवा गर्दै थिए, त्यसपछि उनी सम्राट बादशाहकहाँ गए, त्यसपछि सम्राटकहाँबाट हरिदास, एक सन्त पुरुषकहाँ गए र हरिदासबाट वृन्दावनमा कृष्णको आराधना गर्न उनको स्तरोन्नति भयो | हामी पर्याप्त मात्रामा जिज्ञासु, बुद्धिमान हुनुपर्छ | हामी सेवारत छौं | हामी सबजना सेवारत छौं, कम्तिमा हामी आफ्ना इन्द्रियहरुको सेवा गर्दैछौं | व्यवहारिक रुपमा कसैले पनि कुनै मालिक वा हाकिमको सेवा गरिरहेका छैनन् तर तिनीहरु आफ्ना इन्द्रियहरुको सेवा गर्दैछन् | मानौं मैले कसैलाई आफ्नो हाकिम मानेर सेवा गर्दैछु, वास्तवमा मैले त्यस मानिसको सेवा गरेको होइन तर मैले उसको पैसाको सेवा गरेको हो | यदि उसले भन्छ,"भोलि तिमीले नि:शुल्क कार्य गर्नुपर्छ | तिमीले अहिले दैनिक बीस डलर प्राप्त गर्दैछौ | भोलिको लागि मसँग कुनै पैसा छैन | तिमीले नि:शुल्क कार्य गर्नुपर्नेछ |" "ओहो, हुँदैन, हुँदैन महाशय | म आउनेछैन किनकि म तपाईको होइन तपाईको पैसाको सेवा गर्दैछु |" वास्तवमा हामीले पैसाको सेवा गर्दैछौं | र तपाईले पैसाको सेवा किन गर्दै हुनुहुन्छ ? किनकि हामीले पैसा मार्फत आफ्ना इन्द्रियहरु सन्तुष्ट पार्न सक्छौं | पैसा बिना हामीले आफ्ना यी इन्द्रियहरुलाई सन्तुष्ट पार्न सक्दैनौं | यदि मलाई पिउने इच्छा हुन्छ, यदि मलाई कुनै कुरा भोग गर्ने इच्छा हुन्छ भने मलाई पैसा चाहिन्छ | तसर्थ अन्त्यमा मैले आफ्ना इन्द्रियहरुको सेवा गर्दैछु | तसर्थ कृष्णलाई गोविन्द भनिन्छ | हामी अन्त्यमा आफ्ना इन्द्रियको सन्तुष्टि चाहन्छौं, र गो भनेको इन्द्रिय | यहाँ परम पुरुषोत्तम भगवान हुनुहुन्छ | यदि तपाई कृष्णको सेवा गर्नुहुन्छ भने तपाईका इन्द्रियहरु सन्तुष्ट हुन्छन् | तसर्थ उहाँको नाम गोविन्द हो | वास्तवमा, हामी आफ्ना इन्द्रियहरुको सेवा गर्न चाहन्छौँ तर वास्तविक इन्द्रिय, दिव्य इन्द्रिय भनेको कृष्ण, गोविन्द हुनुहुन्छ | तसर्थ भक्ति भनेको इन्द्रियहरुको शुद्धिकरण हो | परम-शुद्ध भगवानको सेवामा संग्लग्न गराउने | भगवान् परम-शुद्ध हुनुहुन्छ | भगवद् गीतामा दशौँ अध्यायमा तपाईले पाउनुहुनेछ कि अर्जुनले कृष्णको वर्णन गरेका छन्, पवित्रं परमं भवान्: "हजुर परम शुद्ध हुनुहुन्छ |" त्यसैले यदि हामी परम-शुद्धका इन्द्रियहरुको सेवा गर्न चाहन्छौं भने हामी पनि शुद्ध बन्नुपर्छ | किनकि यो नबनी........ शुद्ध हुनु भनेको आध्यात्मिक हुनु | आध्यात्मिक जीवन भनेको शुद्ध जीवन र भौतिक जीवन भनेको प्रदुषित जीवन | जस्तै हामीसँग यो भौतिक शरीर छ | यो अशुद्ध शरीर हो | तसर्थ हामी रोगद्वारा पीडित छौं, हामी बुढ्यौलीद्वारा पीडित छौं, हामी जन्मद्वारा पीडित छौं, हामी मृत्युद्वारा पीडित छौं | र हाम्रो वास्तविक शुद्ध आध्यात्मिक रुपमा त्यस्तो कुनै पीडा हुँदैन | त्यसमा कुनै जन्म हुँदैन, कुनै मृत्यु हुँदैन, कुनै रोग हुँदैन र कुनै बुढ्यौली हुँदैन | भगवद् गीतामा तपाईले पढ्नुभएको छ, नित्यः शाश्वतो ऽयं न हन्यते हन्यमाने शरीरे (भ गी २।२०) | नित्य | यदि म सबभन्दा पुरानो हुँ, मैले आफ्नो वस्त्र परिवर्तन गरिरहेको कारण...... म आत्माको रुपमा शुद्ध छु | मेरो कुनै जन्म छैन, मेरो कुनै मृत्यु छैन तर मैले केवल शरीर परिवर्तन गर्दैछु | तसर्थ म सबभन्दा पुरानो हुँ | म सबभन्दा पुरानो भए तापनि मसँग नयाँ जोश हुन्छ | म सधैं ताजा हुन्छु | मेरो अवस्था यस्तो छ |