NE/Prabhupada 0280 - भक्तिमय सेवा भनेको इन्द्रियहरुको शुद्धिकरण



Lecture on BG 7.2 -- San Francisco, September 11, 1968

कृष्ण भावना वा भक्ति भनेको इन्द्रियहरुको शुद्धिकरण हो | त्यति हो | हामीले इन्द्रियातित गतिविधिहरु उन्मुलन गर्नु वा सोबाट बाहिर निस्कनुपर्दैन | होइन | हामीले केवल इन्द्रियहरुलाई शुद्ध पार्नुपर्छ | तपाई इन्द्रियहरुबाट कसरी मुक्त हुन सक्नुहुन्छ ? तपाई जीव भएको कारण तपाईसँग इन्द्रियहरु हुन्छन् | तर वर्तमान समयमा हामी भौतिक रुपले प्रदुषित भएको कारण हाम्रा इन्द्रियहरुले पूर्ण आनन्द प्राप्त गर्न सकेका छैनन् | यो पूर्णत: वैज्ञानिक छ | भक्तिमय सेवा भनेको इन्द्रियहरुको शुद्धिकरण | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् (चै च मध्य १९।१७०) | निर्मलम् भनेको शुद्धिकरण | तपाईले आफ्ना इन्द्रियहरु कसरी शुद्ध पार्न सक्नुहुन्छ ? यसको वर्णन नारद-भक्ति-सूत्रमा गरिएको छ | त्यहाँ भनिएको छ कि सर्वोपाधि-विनिर्मुक्तम् | इन्द्रियको शुद्धिकरण भनको तपाई सम्पूर्ण प्रकारका उपाधिहरुबाट मुक्त हुनुपर्छ | हाम्रो जीवन उपाधिले भरिएको छ | जस्तै मैले सोच्दैछु "म भारतीय हुँ," म सोच्दैछु "म सन्यासी हुँ," तपाई सोच्दै हुनुहुन्छ कि तपाई अमेरिकी हुनुहुन्छ, तपाई सोच्दै हुनुहुन्छ "पुरुष," तपाई सोच्दै हुनुहुन्छ "महिला," तपाई सोच्दै हुनुहुन्छ "गोरो," तपाई सोच्दै हुनुहुन्छ "कालो |" धेरै उपाधिहरु | यी सब उपाधि हुन् | इन्द्रियहरुको शुद्धिकरण भनेको उपाधिको शुद्धिकरण | र कृष्ण भावना भनेको "म न भारतीय हुँ, न युरोपेली हुँ, न अमेरिकी हुँ, न यो हुँ, न त्यो हुँ | म कृष्णसँग शाश्वत रुपमा सम्बन्धित छु | म कृष्णको अंश हुँ |" जब हामी पूर्णतः विश्वस्त हुन्छौं कि "म भगवानको अंश हुँ," त्यो नै कृष्ण भावना हो र त्यो नै तपाईका इन्द्रियहरुको शुद्धिकरण हो | त्यसैले कृष्णको अंश भएको कारण तपाईले कृष्णको सेवा गर्नुपर्छ | त्यो तपाईको आनन्द हो | अहिले हामी आफ्ना भौतिक इन्द्रियहरुलाई सन्तुष्ट पार्न प्रयासरत छौं | जब तपाईले अनुभव गर्नुहुन्छ कि तपाई कृष्णको अंश हुनुहुन्छ, तब तपाईले कृष्ण, गोविन्दका इन्द्रियहरुलाई सन्तुष्ट पार्नुहुनेछ | र उहाँका इन्द्रियहरुलाई सन्तुष्ट पारेर तपाईका इन्द्रियहरु सन्तुष्ट हुनेछन् | जस्तै एउटा उदाहरण छ- यो आध्यात्मिक होइन- जस्तै पतिलाई भोक्ताको रुपमा बुझिन्छ र पत्नीलाई भोग्यको रुपमा बुझिन्छ | यदि पत्नीले पतिका इन्द्रियलाई सन्तुष्ट पार्छिन् भने उनका इन्द्रियहरु पनि सन्तुष्ट हुन्छन् | त्यसैगरी, तपाईको शरीरमा चिलाउँदा तपाईको शरीरको अंश, औंलाले त्यहाँ कन्याउँछ र औंलाले पनि सन्तुष्टि अनुभव गर्छ | यो होइन कि त्यस चिलाएको भागमामात्र सन्तुष्टिको अनुभूति हुन्छ, तर सम्पूर्ण शरीरमा सन्तुष्टिको अनुभूति हुन्छ |

त्यसैगरी, कृष्ण पूर्ण हुनुभएको कारण, यदि तपाई कृष्णलाई सन्तुष्ट पार्नुहुन्छ, यदि तपाई कृष्ण वा गोविन्दका इन्द्रियहरुलाई सन्तुष्ट पार्नुहुन्छ भने सम्पूर्ण ब्रह्माण्ड सन्तुष्ट हुनेछ | यो विज्ञान हो | तस्मिन् तुष्टे जगत् तुष्ट​ | अर्को उदाहरण भनेको यदि तपाईले आफ्नो शरीरमा पेटलाई सन्तुष्ट पार्नुहुन्छ भने सम्पूर्ण शरीर सन्तुष्ट हुन्छ | पेटले भोजन पचाएर यस्तो शक्ति उत्पन्न गर्छ कि यसले भोजनलाई रगतमा परिणत गर्छ, यो मुटुमा आउँछ, मुटुबाट यो सम्पूर्ण शरीरभरि वितरित हुन्छ र सम्पूर्ण शरीरको तनाव वा थकान मेटिन्छ र यसबाट सन्तुष्टि प्राप्त हुन्छ | कृष्ण भावनाको विधि यहि हो | यो कृष्ण भावनाको विज्ञान हो र कृष्णले व्यक्तिगत रुपमा व्याख्या गर्दै हुनुहुन्छ |

यज् ज्ञात्वा, यदि हामीले कृष्ण भावनाको विज्ञान बुझ्छौं भने नजानेको कुरा केहि बाँकी हुँदैन | सबै कुरा थाहा हुन्छ | यो धेरै राम्रो कुरा हो |