NE/Prabhupada 0321 - सधैं मूल बिजुलीघरसँग जोडिएको



Lecture on SB 1.15.28 -- Los Angeles, December 6, 1973

चैतन्य महाप्रभुले भन्नुहुन्छ कि तिमीले निर्देशन अनुसार कार्य गर्नुपर्छ, आपनि आचरि, तब तिमीले अरुलाई सिकाउन सक्छौ | यदि तिमीले स्वयं गर्दैनौ भने तिम्रो शब्दको कुनै अर्थ हुँदैन | (विराम) ... एवं परम्परा प्राप्तम् (भ गी ४|२) | यदि तिमी मूल बिजुलीघरसँग जोडिएको छौ भने तिमीले बिजुली प्राप्त गर्दछौ | अन्यथा तार मात्र हुन्छ | के मूल्य रहन्छ ? केवल तारले तिमीलाई मदत गर्दैन | बिजुलीघरसँग जोडिएको हुनुपर्छ | र यदि तिमीले जडान टुटायौ भने त्यसको कुनै अर्थ हुँदैन | तसर्थ कृष्ण भावनामृत अभियान भनेको तिमी सधैं मूल बिजुलीघरसँग जोडिनुपर्छ | तब तिमी जहाँ जान्छौ, त्यहाँ उज्यालो हुनेछ | त्यहाँ उज्यालो हुनेछ | यदि तिमी जोडिदैनौ भने त्यहाँ उज्यालो हुनेछैन | त्यहाँ चिम हुन्छ; त्यहाँ तार हुन्छ, त्यहाँ स्विच हुन्छ | त्यहाँ सबै कुरा हुन्छ | अर्जुनले त्यस्तै अनुभव गर्दैछन्, कि " म त्यहि अर्जुन हुँ | म त्यहि अर्जुन हुँ जसले कुरुक्षेत्र​को युद्धभूमिमा युद्ध गर्यो | मलाई एउटा महान् योद्धाको रुपमा चिनिन्थ्यो, र मेरो धनु पनि त्यहि उही धनु हो र मेरो वाण पनि उही वाण हो | तर अहिले त्यो बेकार भएको छ | मैले आफुलाई बचाउन सकिनँ, किनकि म कृष्णसँग जोडिएको छैन | कृष्ण अहिले हुनुहुन्न |" त्यसैले उनले कृष्णको वाणी स्मरण गर्न सुरु गरे, जुन उनलाई कुरुक्षेत्र​को युद्धभूमिमा बताइएको थियो | कृष्ण आफ्नो वाणीभन्दा भिन्न हुनुहुन्न | त्यो परमसत्य हो | यदि तिमीले कृष्णले पाँच हजार वर्ष अगाडि बताउनु भएको वाणीहरु पुनः स्मरण गर्छौ भने तिमी तत्काल कृष्णसँग जोडिन्छौ | यो प्रक्रिया हो | अर्जुनलाई हेर | उनले भन्छन्, एवं चिन्तयतो जिष्णोः कृष्ण​-पाद​-सरोरुहम् | जब उनले कृष्ण र उहाँले युद्धभूमिमा दिनुभएको ज्ञान स्मरण गर्छन्, तत्काल उनी शान्त हुन्छन् | तत्काल शान्त | यो प्रक्रिया हो | कृष्णसँग हाम्रो आत्मीय सम्बन्ध छ, शाश्वत रुपमा | त्यो कृत्रिम होइन | त्यसैले यदि हामी आफुलाई सधैं कृष्णसँग जोड्छौं भने हामीलाई कुनै पनि विचलन हुँदैन | शान्त | यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः | यदि तिमीले त्यो स्तर प्राप्त गर्छौ भने त्यो नै सर्वोच्च लाभ हो, यं लब्ध्वा च​, तब तिमीले अरु कुनै लाभको चाहना राख्दैनौ | तिमीलाई थाहा हुनेछ कि तिमीले सर्वोच्च लाभ प्राप्त गरेका छौ | यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः, यस्मिन् स्थितः... र यदि तिमीले आफुलाई त्यहि स्तरमा राख्छौ भने, गुरुणापि दुःखेन न (भ गी ६|२०-२३), सबभन्दा कठोर प्रलयमा पनि तिमी विचलित हुनेछैनौ | त्यो शान्ति हो | यो होइन कि अलिकति चिमटेर तिमी विचलित हुन्छौ | यदि तिमी वास्तवमा कृष्ण भावनामा अवस्थित हुन्छौ भने तिमी कुनै सबभन्दा खतरनाक अवस्थामा पनि विचलित हुनेछैनौ | त्यो कृष्ण भावनाको पूर्णता हो | धेरै, धेरै धन्यवाद |