NE/Prabhupada 0334 - जीवनको वास्तविक आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो
Lecture on SB 1.8.33 -- Los Angeles, April 25, 1972
शारीरिक सुविधाले तिमीलाई जोगाउन सक्दैन | मानौं एउटा मानिस धेरै सुविधाजनक परिस्थितिमा अवस्थित छ | के यसको मतलब ऊ मर्दैन भन्ने हुन्छ ? ऊ मर्नेछ | त्यसैले केवल शारीरिक सुविधाको मदतले तिमी बाँच्न सक्दैनौ | सबभन्दा बलवानको अस्तित्व | अस्तित्वको लागि संघर्ष | जब हामीले केवल शरीरको ख्याल राख्छौं, त्यसलाई धर्मस्य गलानीः भनिन्छ | मानिसले थाहा पाउनुपर्छ कि शरीरको आवश्यकता के हो र आत्माको आवश्यकता के हो | जीवनको वस्ताव्क आवश्यकता भनेको आत्मालाई सुविधा प्रदान गर्नु हो | र आत्मालाई भौतिक व्यवस्थाद्वारा सुविधा प्रदान गर्न सकिंदैन | आत्माको परिचय भिन्न भएको कारण आत्मालाई आध्यात्मिक भोजन दिनुपर्छ | त्यो आध्यात्मिक भोजन कृष्ण भावना हो | यदि तिमीले आत्मालाई आध्यात्मिक भोजन दिन्छौ भने..... जब कोहि रोगी हुन्छ, तब तिमीले उस्ल्लई भोजन र औषधी दिनुपर्छ | दुई कुरा आवश्यक हुन्छ | यदि तिमीले उसलाई केवल औषधी दियौ तर भोजन दिएनौ भने त्यो सफल हुनेछैन | दुवै चाहिन्छ | यस कृष्ण भावनामृत अभियान पनि आत्मालाई भोजन र औषधी प्रदान गर्नको लागि हो | औषधी हरे कृष्ण महा मन्त्र हो | भवौषधाच् छ्रोत्र-मनो-ऽभिरामात् क उत्तमश्लोक-गुणानुवादात् पुमान् विरज्येत विना पशुघ्नात् (श्री भा १०|१|१४) | परीक्षित महाराजले शुकदेव गोस्वामीलाई भने कि: "हजुरले मलाई प्रदान गर्नुभएको यस भागवत छलफल साधारण कुरा होइन |" निवृत्त-तर्षैर् उपगीयमानात् | यस भागवत छलफलको आस्वादन त्यस्ता व्यक्तिले गर्न सक्छन्, जो निवृत्त-तृष्णा छन् | तृष्णा भनेको लालासा | यस भौतिक जगतमा सबैजना लालायित छन् | जो मानिस यस्तो लालसाबाट मुक्त छ, उसले भागवतको स्वाद थाहा पाउन सक्छ | यो धेरै राम्रो कुरा हो | निवृत्त-तर्षैः..... त्यसैगरी, हरे कृष्ण मन्त्र पनि भागवत हो | भागवत भनेको भगवानसँग सम्बन्धित हरेक कुरा | त्यसलाई भागवत भनिन्छ | परम-ईश्वरलाई भगवान् भनिन्छ | भगवत-शब्द, र उहाँसँग सम्बन्धित हरेक कुरा, भगवत-शब्द परिणत भएर भागवत-शब्द बन्छ | परीक्षित महाराजले भागवतको स्वाद त्यस्तो व्यक्तिले चाख्न सक्छ, जसको सम्पूर्ण भौतिक इच्छाहरु प्रतिको लालसा समाप्त भएको छ | निवृत्त-तर्षैर् उपगीयमानात् | किन त्यस्तो कुराको स्वाद चाख्नुपर्छ | भवौषधि | भवौषधि, हाम्रो जन्म र मित्यु रुपी रोगको औषधी | भाव अर्थात् "हुनु" | वर्तमान समयमा हामी रोगी छौं | ती धूर्तहरुलाई थाहा छैन कि रोगी अवस्था के हो, स्वस्थ अवस्था के हो | तिनीहरुलाई केहि थाहा छैन | तर पनि तिनीहरु आफुलाई वैज्ञानिक, दार्शनिक...... तिनीहरुले जिज्ञासा गर्दैनन् कि "म मर्न चाहन्नँ | किन म मर्न बाध्य हुन्छु ?" त्यस्तो जिज्ञासा नै छैनन् | न त कुनै समाधान छ | तर पनि तिनीहरु वैज्ञानिक हुन् | कस्तो प्रकारको वैज्ञानिक ? विज्ञान भनेको ज्ञानमा विकास गर्नु ताकी जीवनको पीडादायी परिस्थितिलाई न्यूनीकरण गर्न सकियोस् | त्यो विज्ञान हो | अन्यथा, यो विज्ञान के हो ? तिनीहरु केवल वाचा गर्दैछन्, "भविष्यमा |" "तर अहिले तत्काल के दिंदै हुनुहुन्छ, महाशय ?" "अहिले पाएको पीडा भोग्दै बस | भविष्यमा हामी केहि रसायन पत्ता लगाउनेछौं |" हुँदैन | वास्तवमा आत्यन्तिक-दुःख-निवृत्ति | आत्यन्तिक, अन्त्यमा | आत्यन्तिक भनेको अन्त्यमा | दुःख भनेको पीडा | त्यो मानव जीवनको लक्ष्य हुनुपर्छ | तिनीहरुलाई थाहा छैन कि आत्यन्तिक-दुःख के हो | दुःख भनेको पीडा | भगवद्-गीतामा आत्यन्तिक-दुःखको बारेमा बताइएको छ | "यहाँ आत्यन्तिक-दुःख छ, महाशय |" त्यो के हो ? जन्म-मृत्यु-जरा-व्याधि (भ गी १३|९) | जन्म, मृत्यु, बुढ्यौली र योग |