NE/Prabhupada 0339 - भगवान् नियन्त्रणकर्ता हुनुहुन्छ, हामी नियन्त्रित छौं



Lecture on SB 5.5.2 -- Hyderabad, April 11, 1975

जबसम्म हामी यो भौतिक स्तर, जीवनको शारीरिक अवधारणामा हुन्छौं, तबसम्म भिन्नता हुनेछ: "म भारतीय हुँ " "तिमी अमेरिकी हौ ", तिमी बेलायती हौ," "तिमी यो हौ, त्यो हौ, " धेरै कुराहरु, धेरै उपाधिहरु | त्यसैले, यदि तिमी आध्यात्मिक स्तरमा उठ्न चाहन्छौ भने सूत्र भनेको सर्वोपाधि-विनिर्मुक्तम् हो | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् (चै च मध्य १९|१७०)| त्यो सुरुवात हो | अर्थात् सुरुवात भनेको ब्रह्म-भूत स्तर | ब्रह्म भूत ... (श्री भा ४|३०|२०)| उही कुरा | नारद पञ्चरात्रको, सर्वोपाधि-विनिर्मुक्तम्, र भगवद्-गीताको ब्रह्म​-भूतः प्रसन्नात्मा (भ गी १८|५४) उही कुरा हो | तिमीले जहाँ वैदिक सिद्धान्त पाउँछौ, उही कुरो पाउँछौ | त्यसैले यसलाई आधिकारिक मानिन्छ | त्यसमा कुनै भिन्नता छैन | भौतिक स्तरमा तिमीले एउटा पुस्तक लेख्छौ, म एउटा पुस्तक लेख्छु, त्यसपछि म तिमीसँग असहमत हुन्छु , तिमीमसँग असहमत हुन्छौ त्यो भौतिक स्तर हो | तर आध्यात्मिक स्तरमा, आत्मनुभुतीको स्तर हुन्छ | त्यहाँ कुनै गल्ति हुँदैन, त्यहाँ भ्रम हुँदैन, त्यहाँ अपूर्ण इन्द्रिय हुँदैन र त्यहाँ ठगी हुँदैन | त्यो आध्यात्मिक स्तर हो | त्यसैले भगवद् गीतामा भनिएको छ, ब्रह्म​-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति (भ गी १८|५४) | उही कुरा नारद पञ्चरात्र​मा पनि उल्लेख गरिएको छ : सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् हृषीकेण हृषीकेश​- सेवनं भक्तिर् उच्यते (चै च मध्य १९|१७०) | उक्त आध्यात्मिक स्तरमा हामी पुग्नुपर्छ, जहाँ हृषिकेण ... हृषिक भनेको इन्द्रिय, भौतिक इन्द्रिय र आध्यात्मिक इन्द्रिय | आध्यात्मिक इन्द्रिय भनेको के हो ? आध्यात्मिक इन्द्रिय भनेको इन्द्रियको अनुअस्थिति होइन | होइन | शुद्ध इन्द्रिय | यो अशुद्ध इन्द्रियमा सिमित भएर म सोच्दैछु कि, "यो शरीर भारतीय हो; त्यसैले म भारतलाई सेवा गर्दैछु," "यो शरीर अमेरिकी हो; त्यसैले मैले अमेरिकालाई सेवा गर्नुपर्छ |" यो उपाधि हो | तर आध्यात्मिक इन्द्रिय भनेको सर्वोपाधि-विनिर्मुक्तम् - "म भारतीय होइन अमेरिकी होइन, ब्राह्मण होइन , शुद्र होइन " त्यसोभए म को हुँ ?

चैतन्य महाप्रभुले भन्नुभए जस्तै, कृष्णले भन्नुभए जस्तै सर्व​-धर्मान् परित्यज्य माम् एकम्... (भ गी १८|६६) | त्यो आध्यात्मिक स्तर हो, कि "म यो धर्म वा त्यो धर्मको पालनकर्ता होइन |" म केवल कृष्णमा शरणागत आत्मा हुँ |" सर्वोपाधि विनिर्मुक्तम् (चै च मध्य १९|१७०) जब कोहि उक्त आध्यात्मिक स्तरमा पुग्छ, कि "म आत्मा हुँ | अहं ब्रह्मास्मि | म भगवानको अंश हुँ ..." मामैवांशो जीव​-भूतः (भ गी १५|७) | कृष्ण भन्नुहुन्छ, "यी सबै जीवात्माहरु मेरा अंश हुन् | " मनः षष्ठानीन्द्रियाणि प्रकृति-स्थानि कर्षति: (भ गी १५|७) "ऊ मन र शरीरको अधिनमा रहेर जीवनको लागि संघर्ष गर्दैछ |" हाम्रो अवस्था यस्तो छ | त्यसैले कृष्ण भावनामृत अभियान भनेको मानिसलाई शिक्षा दिनको लागि हो: "तिमी यो शरीर होइनौ, यो मन होइनौ, बुद्धि होइनौ, तर योभन्दा माथि छौ | तिमी आत्मा हौ |" कृष्ण पुष्टि गर्नुहुन्छ कि ममैवांश​ | यदि कृष्ण आध्यात्मिक वा आत्मा हुनुहुन्छ भने तिमी आत्मा हौ | तर फरक यति मात्र छ कि उहाँ परम हुनुहुन्छ; हामी उहाँको अधिनस्थ छौं | नित्यो नित्यानां चेतनश् चेतनानाम् एको यो बहूनां विदधाति... (कठ उपनिषद् २|२|१३) | यो वैदिक निर्देशन हो | उहाँ पनि जीवात्मा हुनुहुन्छ, हामी पनि जीवात्मा हौँ, तर उहाँ परम हुनुहुन्छ र हामी अधिनस्थ छौं | त्यो भिन्नता छ | एको यो बहूनां विदधाति कामान् | हाम्रो अवस्था यस्तो छ | यो आत्मा साक्षात्कार हो | जब तिमीले यो बुझ्छौ, कि "कृष्ण अथवा भगवान् अथवा तिमीले जे भन्छौ, उहाँ पूर्ण परमात्मा हुनुहुन्छ, र हामी उक्त परमात्माको सुक्ष्म अंश हौँ, उहाँ पालनकर्ता हुनुहुन्छ, हाम्रो पालनपोषण उहाँले गर्नुहुन्छ | उहाँ अधिनकर्ता हुनुहुन्छ, हामी अधिनस्थ छौं |" यो प्रथम साक्षात्कारहो | यसलाई ब्रह्म-भूत भनिन्छ | र यदि तिमी ब्रह्म-भूत अवस्थामा थप विकास गर्छौ भने धेरै जन्म पछि तिमीले कृष्णलाई बुझ्न सक्छौ | बहूनां जन्मनाम् अन्ते (भ गी ७|१९)| कृष्णले भगवद् गीतामा भन्नुहुन्छ, बहूनां जन्मनाम् अन्ते ज्ञानवान मां प्रपद्यते | जब कोहि पूर्ण रुपमा ज्ञानवान, बुद्धिमान हुन्छ, तब उसको कार्य, वासुदेवः सर्वम् इति स महात्मा सुदुर्लभः (भ गी ७|१९)| तब उसले बुझ्न सक्छ कि वासुदेव, वसुदेवको पुत्र कृष्ण सर्वोपरी हुनुहुन्छ | त्यो आत्मनुभुती आवश्यक छ | त्यो नै कृष्ण भावनाको पूर्णता हो |