NE/Prabhupada 0340 - कोहि मर्न चाहँदैनन्, तर हामी बाध्यतापूर्वक मर्नुपर्छ



Lecture on BG 9.1 -- Melbourne, June 29, 1974

नमो महा-वदान्याय कृष्ण​-प्रेम​-प्रदाय ते
कृष्णाय कृष्ण​-चैतन्य​- नाम्ने गौर​-त्विषे नमः
(चै च मध्य १९|५३)

श्रील रुप गोस्वामीले जब चैतन्य महाप्रभुलाई प्रयागमा भेट्नुभयो .... भारतमा प्रयाग नामक एक तीर्थस्थल छ | श्री चैतन्य महाप्रभुउहाँले सन्यास जीवन स्वीकार गर्नुभए पछि, उहाँ प्रयाग तथा अन्य तिर्थस्थल जानुभयो | श्रील रुप गोस्वामी सरकारी मन्त्रि हुनुहुन्थ्यो, तर उहाँले सबै त्याग्नुभयो र श्री चैतन्य महाप्रभुको हरे कृष्ण अभियानमा सहभागी हुनुभयो| जब उहाँले पहिलोपल्ट भेट्नुभयो, उहाँले यो श्लोक प्रस्तुत गर्नुभयो, महा-वदान्याय​ | वदान्याय​ भनेको "सबभन्दा दार |" भगवानका धेरै अवतारहरु छन्, तर रुप गोस्वामीले भन्नुभयो, "भगवानको यस अवतार, श्री चैतन्य महाप्रभु सबभन्दा उदार हुनुहुन्छ |" नमो महा- वदान्याय | किन उदार ? कृष्ण​-प्रेम​-प्रदाय ते : "यो संकिर्तन अभियानद्वारा हजुरले सिधै कृष्ण दिंदै हुनुहुन्छ |" कृष्णलाई बुझ्नु धेरै कठिन कार्य हो | कृष्णले भगवद् गीतामा व्यक्तिगत रुपमा भन्नुहुन्छ, मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये (भ गी ७|३) "लाखौँ मानिसहरुमध्ये," यो युगमा मात्र होइन, अघिल्लो युगमा पनि | मनुष्याणां सहस्रेषु, " लाखौँ मानिसरुमध्ये", कश्चिद् यतति सिद्धये, "एउटा व्यक्तिले पूर्णताको लागि प्रयास गर्छ |" साधारणतया, तिनीहरुसँग ज्ञान छैन कि पूर्णता के हो | तिनीहरुलाई थाहा छैन | पूर्णता भनेको यो जन्म, मृत्यु, बुढ्यौली र रोग रोक्ने कार्य हो | यसलाई पूर्णता भनिन्छ | सबैजना पूर्ण बन्न प्रयासरत छन्, तर तिनीहरुलाई थाहा छैन कि पूर्णता के हो | पूर्णता भनेको: जब तिमी यी चार अपूर्णताबाट मुक्त हुन्छौ | त्यो के हो ? जन्म, मृत्यु, बुढ्यौली र रोग | कोहि मर्न चाहँदैन, तर हामी बाध्यतापूर्वक मर्नुपर्छ | त्यो अपूर्णता हो | तर यी धूर्तहरुलाई थाहा छैन | तिनीहरु सोच्छन् कि हामी मर्नुपर्छ | तर होइन | तिमी शाश्वत भएको कारण तिमी मर्नुपर्दैन, तर प्रकृतिले तिमीलाई बाध्य बनाउँदैछिन्, तिमी मर्नैपर्छ |