NE/Prabhupada 0341 - जो बुद्धिमान छन्, उसले यो प्रक्रिया ग्रहण गर्नेछ



Lecture on BG 9.1 -- Melbourne, June 29, 1974

प्रभुपाद : हँ ?

मधुद्विष​: उनले सोधे कि कृष्णले अर्जुनलाई दिनुभएको ज्ञान के हो ?

प्रभुपाद : हो | कृष्णले सोध्नुभयो कि "तिमी धूर्त, ममा शरणागत होऊ | " तिमीहरु सबै धूर्त हौ; तिमीहरु कृष्णमा शरणागत होऊ | तब तिम्रो जीवन सफल हुनेछ | यो कृष्णको निर्देशनको निचोड हो | सर्व​-धर्मान् परित्यज्य माम् एकंशरणं व्रज (भ गी १८|६६) कृष्णले अर्जुनलाई मात्र भन्नुभएको होइन | उहाँले हामी सबै धूर्तहरुलाई आग्रह गर्दै हुनुहुन्छ, कि,"तिमी खुसी हुनको लागि धेरै वस्तुहरु उत्पादन गर्दैछौ | तिमी कहिल्यै खुसी सक्दैनौ |" तर ममा शरणागत होऊ, र म तिमीलाई खुसी पार्नेछु |" यो कृष्ण भावना हो, त्यति हो | एउटा वाक्य | त्यसैले जो बुद्धिमान छ, उसले यो विधि ग्रहण गर्छ, कि "मैले खुसी हुनको लागि धेरै प्रयत्न गरेँ, तर सबै बेकार भयो | अब म कृष्णमा शरणागत हुन्छु |" त्यति हो |