NE/Prabhupada 0352 - यो साहित्यले सारा संसारमा क्रान्ति ल्याउनेछ



Lecture on SB 1.8.20 -- Mayapura, September 30, 1974

तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: । जुनसुकै रचनामा कहिँ-कतै भगवान्‌को महिमागान गरिएको छ, जुनसुकै भएतापनि । तद्-वाग्-विस​...जनताघ​-विप्लव:​, त्यस्तो प्रकारको साहित्य क्रान्तिकारी हुन्छ | क्रान्तिकारी | विप्लव​: | विप्लव​: भनेको क्रान्ति हो | कस्तो प्रकारको विप्लव​ ? जस्तै क्रान्तिमा, एउटा राजनीतिक दलले अर्को माथि विजय प्राप्त गर्दछ, वा एक प्रकारको.... हामीले क्रान्ति भन्नाले राजनीतिक क्रान्ति भनेर बुझ्छौं | एक प्रकारको राजनीतिक विचारले अर्कोमाथि अधिपत्य जमाउँछ | त्यसलाई क्रान्ति भनिन्छ | यसको नेपाली शब्द क्रान्ति हो, र संस्कृतमा विप्लव भनिन्छ | तद्-वाग्-विसर्गो जनताघ​-विप्लव​: । यदि त्यस्तो साहित्य प्रस्तुत गरिन्छ भने.....जसरी हामीले प्रस्तुत गरिरहेका छौं.....हामी त्यति ठुलो विद्वान होइनौं । हाम्रो....हामीसँग धेरै राम्रो साहित्य रचना गर्ने योग्यता छैन | त्यसमा धेरै गल्ति हुन सक्छन्.....जे पनि होस् | तर यो क्रान्तिकारी हुन्छ | यो तथ्य हो | यो क्रान्तिकारी हुन्छ | अन्यथा, किन ठुला-ठुला विद्वानहरु, प्राध्यापकहरु, विश्वविद्यालयका अधिकारीहरु, पुस्तकालयाध्यक्षहरु, उनीहरुले यी पुस्तकहरु लिइरहेका छन् ? किनभने उनीहरुलाई थाहा छ कि यो साहित्यले सारा संसारमा क्रान्ति ल्याउनेछ | पश्चिमी मुलुकहरुमा यस्तो अरु कुनै सोच नै छैन | उनीहरु पनि सहमत हुन्छन् | किन यो क्रान्तिकारी छ त ? किनभने यसमा भगवान् कृष्णको महिमागान गर्ने प्रयास गरिएको छ | अरु केही होइन | यसमा कुनै साहित्यिक व्यवसाय हुँदैन | त्यसैले यसलाई स्वीकार गरिएको छ | तद्-वाग्-विसर्गो जनताघ​-विप्लवो यस्मिन प्रति-श्लोकम् अबद्ध​....श्लोक (श्री भा १|५|११) | संस्कृत श्लोक लेख्नका लागि प्रकाण्ड विद्वता चाहिन्छ | त्यसमा धेरै धेरै नीति नियमहरु छन् | यो होइन कि तिमीले मनलागी रचना गरेर कवि बन्न सक्छौ | होइन | त्यसमा विभिन्न नीति नियमहरु पालना गर्नु पर्छ | तत्पश्चात मात्र रचना गर्न सकिन्छ....जस्तै तिमीले देख्न सक्छौ यहाँ एउटा छन्द छ | तथा परमहंसानां मुनीनाम अमलात्मनाम भक्ति-योग​-विधानार्थं कथं पश्येम हि स्त्रिय:​ (श्री भा १|८|२०) यसमा एउटा छन्द छ | हरेक श्लोकमा छन्द छ | यदि त्यो स्तरीय छन्दमा लेखिएको छैन र कहिलेकाहीं टुटेफुटेको हुन्छ भने त्यसमा भगवान्‌को महिमागान गरिएको कारण ..... नामान्य् अनन्तस्य​ | अनन्त भनेको सर्वोच्च, असीमित | यसमा उहाँको नामहरु छन् | त्यसैले मेरो गुरुमहराजले स्वीकार गर्नुभयो | यदि "कृष्ण," "नारायण," "चैतन्य," जस्ता अनंतस्य, अनन्तको, सर्वोच्चको, नाम हुन्छ भने शृण्वन्ति गायन्ति गृणन्ति साधव:​ । साधव: भनेको जो पुण्यात्माहरु हुन्छन् | त्यसप्रकारका साहित्यहरु, चाहे त्यो टुटेफुटेका भाषामा लेखिएको भएतापनि उनीहरुले श्रावण गर्दछन् | श्रावण गर्दछन् | किनभने त्यसमा भगवान्‌को महिमागान गरिएको छ | यो नै प्रक्रिया हो | कुनै पनि प्रकारले, हामी कृष्णसँग जोडिनुपर्छ | मय्य आसक्त​-मना: पार्थ​ | त्यो हाम्रो एकमात्र कार्य हुनुपर्छ, कसरी हामी हुनसक्छौं..... टुटे फुटेका भाषामा लेखिएको भएतापनि त्यसले फरक पर्दैन | कहिलेकाहीं.... धेरै संस्कृत रचनाहरु छन्....मेरो मतलब, जुन राम्ररी उच्चारण गरिएका छैनन् | जसरि हामीले पनि गर्दछौं | हामी त्यति दक्ष छैनौं | संस्कृत वेदमन्त्रका धेरै-धेरै दक्ष वाचकहरु छन् । र हामी त्यति दक्ष छैनौं | तर हामी कोसिस गर्दैछौं | तर यसमा कृष्णको नाम छ | त्यसैले यो पर्याप्त छ | यो पर्याप्त छ |