NE/Prabhupada 0367 - वृन्दावन भनेको कृष्ण केन्द्रविन्दुमा रहनुहुन्छ



Lecture on BG 7.1 -- Bombay, December 20, 1975


कृष्णले आफ्नो बारेमा सबैलाई बुझाउनका लागि आफैं भगवद् गीता बताउनुभएको छ, त्यसैले हामीले यसको फाइदा लिन सक्नुपर्छ, अन्यथा हामीले यो मानव जीवनको सु-अवसर गुमाइरहेका छौं | कृष्णले कुकुर-बिरालोलाई भगवद् गीता सिकाउनुभएको होइन | उहाँले सबभन्दा शक्तिशाली व्यक्तिलाई सिकाउँदै हुनुहुन्छ, इमं राजर्षयो विदु: | भगवद् गीता राजर्षिका लागि हो, जो धेरै धनी र उही समयमा सन्त समान छन् | पहिलेको समयमा सबै राजाहरु राजर्षी थिए | राजा र ऋषि संयुक्त | भगवद् गीता कुनै आवारा वर्गका मानिसका लागि होइन | यो ज्ञान त समाजका ठुला व्यक्तिहरुले बुझ्नु पर्ने कुरा हो | यद यद आचरति श्रेष्ठस तत तद एवेतरो जन​: (भ गी ३|२१) | जसले आफुलाई समाजका अगुवा भनेर कहलाउँछन्, उनीहरुले भगवद् गीताको ज्ञान सिक्नैपर्छ, कसरी व्यावहारिक र वास्तविक अगुवा हुने भनेर सिक्नैपर्छ, र त्यसपछि मात्र समाज लाभान्वित हुनेछन् | यदि हामीले भगवद् गीता र कृष्णको उपदेश अनुसरण गर्छौं भने सम्पूर्ण समस्याहरु समाधान हुनेछन् | यो कुनै साम्प्रदायिक एवं धार्मिक भावुकता वा पागलपन होइन | यस्तो होइन | यो एक विज्ञान हो - सामाजिक विज्ञान, राजनैतिक विज्ञान, सांस्कृतिक विज्ञान | यसमा सबै कुरा छ |

त्यसैले हामी अनुरोध गर्दछौं तिमीहरु सबैजना गुरु बन | त्यो चैतन्य महाप्रभुको आदेश हो | उहाँ चाहनुहुन्छ कि सबैजना गुरु बनुन् | कसरी ? उहाँ भन्नुहुन्छ : यारे देख तारे कह ऽकृष्ण​ऽ-उपदेश आमार आज्ञाय गुरु हञा तार​ऽ एइ देश​ (चै च मध्य ७|१२८)

यो नै गुरुको गुण हो | मानौं तिमी कुनै परिवारका सदस्य हौ | तिमी आफ्ना छोरा-छोरीहरु, बुहारी, वा बच्चा लगायत धेरै प्राणीहरुको गुरु बन्न सक्छौ | तिमी साँझको समयमा यसैगरी बस्न सक्छौ र भगवद् गीताको बारेमा बोल्न सक्छौ, यारे देख तारे कह कृष्ण​-उपदेश​ (चै च मध्य ७|१२८) | तिमीले केहि सिर्जना गर्नुपर्दैन | निकै सजिलो आदेश छ; तिमी केवल त्यसलाई दोहोर्‍याऊ र उनीहरुलाई सुनाऊ - त्यसो गरे तिमी गुरु बन्नेछौ | यसमा कुनै कठिनाई छैन | हाम्रो प्रचार यहि नै हो | हामी एक्लै गुरु बन्न चाहँदैनौं, तर हामी यस्तो तरिकाले प्रचार गर्न चाहन्छौं कि हरेक मुख्य मानिस वा कुनै पनि साधारण मानिस आफ्नो समाजमा गुरु बन्न सकोस् | जसले पनि यसो गर्नसक्छ | एउटा कुल्लीको पनि परिवार हुन्छ, साथीहरु हुन्छन्, ऊ अशिक्षित भएतापनि उसले कृष्णको आदेश सुनेर त्यहि ज्ञान प्रचार गर्नसक्छ | हामी यहि चाहन्छौं | र हामी सबै आदरणीय सज्जन, अगुवाहरुलाई यो ज्ञान सिक्नका लागि निमन्त्रणा गर्दछौं | यो धेरै सजिलो छ : मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५), र कृष्णको उक्त आदेश पालन गरेमा, उहाँले वाचा गर्नुभएको छ, माम एवैष्यसि, "तिमी मकहाँ आउँछौ |" यद गत्वा न निवर्तन्ते तद धाम परमं मम (भ गी १५|६) | त्यक्त्वा देहं पुनर जन्म नैति माम एति कौन्तेय (भ गी ४|९) | धेरै सजिलो कुरा |

त्यसैले हाम्रो समाजका अगुवाहरुलाई भगवाद- गीताको ज्ञानलाई गम्भीरतापूर्वक ग्रहण गर्न आग्रह गर्दछौं, आफुले सिक्ने, अनि त्यसपछि अरुलाई सिकाउने | यहि नै कृष्ण भावनामृतअभियान हो | यसमा कुनै कठिनाई छैन, यो धेरै सजिलो छ | जसले पनि गर्न सक्छ | तर यसको परिणाम यो हुन्छ कि तिमीले कृष्णलाई बुझ्नासाथ मानिसले पनि उहाँलाई बुझ्नेछन्, जन्म कर्म च मे दिव्यं यो जानाति तत्त्वत​: (भ गी ४|९), जसले पनि कृष्णलाई बुझ्न सक्छ, त्यसको परिणाम - त्यक्त्वा देहं पुनर जन्म नैति.... यो शरीर छाडेपछि उसले अरु कुनै भौतिक शरीर स्वीकार गर्नुपर्दैन | उसले आफ्नो अध्यात्मिक पहिचान अवस्थित भएर कृष्णको समाजमा आनन्द लिन सक्छ | वृन्दावन भनेको यहि हो | गोपीजन​-वल्लभ​ | कृष्ण.... वृन्दावन भनेको कृष्ण सधैं केन्द्रविन्दुमा रहनुहुन्छ | उहाँ सबैको प्रेमको पात्र हुनुहुन्छ | गोपीहरु, गोपाहरु, बाच्छाहरु, गाईहरु, रुखहरु, फल, फुल, बुवा, आमा - सबैजना कृष्णप्रति आकर्षित हुन्छन् | वृन्दावन भनेको यहि हो | यहाँ अवस्थित वृन्दावन एउटा नमुना हो र त्यहाँ वास्तविक वृन्दावन अवस्थित छ | यो पनि वास्तविक हो | परम स्तरमा कुनै भेद हुँदैन |

तर हामीले बुझ्नका लागि हामीले भन्न सक्छौं कि त्यहाँ मूल वृन्दावन हुन्छ,

चिन्तामणि-प्रकर​-सद्मसु कल्प​-वृक्ष​-लक्षावृतेषु सुरभीर अभिपालयन्तम्
लक्ष्मी-सहस्र​-शत​-सम्भ्रम​-सेव्यमानं गोविन्दम आदि-पुरुषं तम अहं भजामि
( ब्र स ५|२९)
वेणुं क्वणन्तम अरविन्द​-दलायताक्षं बर्हावतंसम असिताम्बुद​-सुन्दराङ्गम्
कन्दर्प​-कोटि-कमनीय​-विशेष​-शोभं गोविन्दम्
( ब्र स ५|३०)

यो गोलोक वृन्दावनको विवरण हो |