NE/Prabhupada 0376 - भजहू रे मन तात्पर्य



Purport to Bhajahu Re Mana -- Los Angeles, January 7, 1969


भजहू रे मन​, श्री-नन्द​-नन्दन​-अभय​-चरणारविन्द रे | यो भजन गोविन्द दासले लेख्नुभएको हो, एक महान् कवि र वैष्णव | भगवाद गीतामा भनिएको छ यदि तिम्रो मन नियन्त्रणमा छन् भने तिम्रो मन तिम्रो उत्कृस्ट साथी हो | तर यदि तिम्रो मन नियन्त्रणमा छैन भने यो तिम्रो महान शत्रु हो | हामीले मित्र र शत्रु दुवैलाई प्रयास गरेका छौ, दुवैजना म मा बसेको छ | यदि तिमीले आफ्नो मनको मित्रता उपयोग गर्नसक्यौ भने, हामी उच्चतम पूर्णताको स्तरमा उन्नत हुन्छौ | तर यदि हामीले मनलाई शत्रु बनायौ भने, नर्कको लागि मेरो बाटो देखिन्छ | त्यसैले गोविन्द दस ठाकुरले आफ्नो मनलाई भन्दै हुनुहुन्छ | योगीहरुले आफ्नो मन धेरै व्यायामबाट नियन्त्रण गर्न खोज्छन् | त्यो पनि स्वीकार्य छ | तर यसलाई धेरै समय लाग्छ, र कहिलेकाही धेरै चोटी त्यहाँ असफलताहरु हुन्छ | विश्वामित्र जस्तो महान योगी पनि असफल भए, यी बेकार र साना योगिहरुको के कुरा गर्नु | त्यसैले गोविन्द दासले सलाह दिदै हुनुहुन्छ " तिमि आफ्नो मनलाई केवल कृष्ण चेतनामा संलग्न गराऊ | त्यसपछि मन आफै नियन्त्रणमा आउँछ |" यदि मन कृष्ण भावना भन्दा अरु केहिमा संलग्न हुने अवसर पाउँदैन, त्यसपछि ऊ मेरो शत्रु हुनसक्दैन | यो स्वत: मेरो मित्र हुन्छ | त्यो श्रीमद भागवतममा भनिएको छ : स वै मन​: कृष्ण​-पदारविन्दयो: ( श्री भ ९|४|१८) | अम्बरीष​ महाराज, उहाँले सर्वप्रथम आफ्नो मनलाई कृष्णको चरण कमलमा संलग्न गराउनु भयो | त्यसरी नै, यहाँ पनि, गोविन्द दास ठाकुर, उहाँले आफ्नो मनलाई सोध्दै हुनुहुन्छ : " मेरो प्यारो मन, तिमि केवल अभय​-चरणारविन्द​को चरण कमलमा आफुलाई संलग्न गराऊ |" त्यो कृष्णको चरण कमलको नाम हो | अभय भनेको निडर हो | यदि तिमीले कृष्णको चरण कमलको शरण लियौ भने तुरुन्तै तिमि निडर हुन्छौ | त्यसैले उहाँले आग्रह गर्नुहुन्छ " मेरो प्यारो मन, तिमि केवल गोविन्दको चरण कमलको सेवामा आफुलाई संलग्न गराऊ |" भजहू रे मन श्री-नन्द​-नन्दन​ | उहाँले " गोविन्द" भन्नुभएको छैन | उहाँले कृष्णलाई " नन्द महाराजको पुत्र" भनेर सम्बोधन गर्नुभएको छ | " किनकि त्यो चरण कमल निडर छ, त्यसपछि तिमीलाई मायाको आक्रमणबाट कुनै डर हुदैन |" " ओह, मलाई धेरै कुराको रमाइलो गर्नु छ | म कृष्णको चरण कमलमा आफ्नो मनलाई कसरि लगाऊ ?" तब गोविन्द दासले आग्रह गर्नुहुन्छ, " होइन, होइन |" दुर्लभ मानव​-जन्म​ | "तिमि आफ्नो जीवन त्यसरी खेर नफाल | यो मानव जीवन धेरै दुर्लव छ | धेरै करोडौ जन्म पछि तिमीले यो मौका पाएका छौ |" दुर्लभ मानव​-जनम सत्-सङ्गे | " त्यसैले जही पनि नजाऊ | तिमि केवल शुद्ध भक्तको संगमा बस |" तरह एइ भव​-सिन्धु रे |" त्यसपछि तिमीले यो अज्ञानको समुन्द तर्न सक्छौ |" " अह, यदि मैले आफ्नो मनलाई सधै कृष्णमा संलग्न गरे भने, मैले आफ्नो परिवार, र अरु कुराहरु कसरि भोग गर्नु ?" त्यसैले गोविन्द दास भन्नुहुन्छ , एइ धन यौवन​ | " तिमि आफ्नो धन र यौवन भोग गर्न चहान्छौ ," एइ धन यौवन​, पुत्र परिजन , " र तिमि मित्रताको, प्रेम र परिवार भोग गर्न चाहानुहुन्छ , तर म भन्छु ," इथे कि आछे परतीति रे, " ये तिमि यी बेकारका कुरामा दिव्य आनन्द हुन्छ भन्ने सोच्छौ ? होइन, त्यहाँ छैन | यो केवल भ्रम हो |" एइ धन यौवन​, पुत्र परिजन​, इथे कि आछे परतीति रे | दुर्लभ मानव​-जनम सत्-सङ्गे, तरह एइ भव सिन्धु रे | शीत आतप बात बरिषण एइ दिन जामिनी जागि ऽरे विफले सेविनु कृपण दुरजन चपल सुख लब लागिऽ रे गोविन्द दासले आफ्नो मनलाई सम्झाउदै हुनुहुन्छ :" तिमि आफ्नो भौतिक खुसिको अनुभव गरेका छौ | त भौतिक खुसि भनेको , परम आनन्द भनेको यौन हो | तर तिमीले यो कति समयसम्म भोग गर्न सक्छौ ?" चपल​ |" अस्थिर | केहि क्षण वा केहि समय सम्म | त्यति हो | तर त्यसका लागि तिमी धेरै मेहेनत गर्दै छौ ?" शीत आतप | " हिऊको वास्ता नगरी , पोल्ने गर्मिको वास्ता नगरी | ठुलो पानीको वास्ता नगरी | रातिको कार्यको वास्ता नगरी | पुरै दिन रात तिमी काम गर्दै छौ | र त्यसको प्रतिफल के हुन्छ ? केवल त्यो अस्थिर रमाइलोको लागि | तिमीलाई यो कुरामा लाज लाग्दैन ?" त शीत आतप​, बात बरिषण​, एइ दिन जामिनी जागि रे | दिन भनेको दिन, र जमिनी भनेको रात | त्यसैले " दिन र रात, तिमीले धेरै गारो काम गर्दै छौ | किन ?" चपल सुख लब लागिऽ रे | केवल त्यो अस्थिर खुसियालीको लागि |" त्यसपछि उहाँ भन्नुहुन्छ, एइ धन यौवन​, पुत्र परिजन​, इथे कि आछे परतीति रे | " त्यहाँ यो जीवन रामिलो गर्न वास्तविक खुसियाली छैन, शास्वत खुसि, दिव्य खुसि छैन, वा यो यौवन, परिवार, समाज | त्यहाँ खुसियाली छैन, दिव्य खुसियाली छैन |" त्यसैले कमल​-दल​-जल​, जीवन टलमल​ | " र तिमीलाई यो जिचन कहिले सम्म भोग गर्छौ | किनकि यो ढलमल छ | तिमि ढलमल हुने मंचमा छौ | जसरि कमलको पातमा पानि हुन्छ | त्यो ढलमल हुन्छ | कुनै समयमा त्यो खस्न सक्छ | हाम्रो जीवन पनि ढलमल छ | कुनैपनि समयमा यो सकिन सक्छ | हामीले धेरै मौकाबस कुनै खतरा भोगेर मृत्युको मुखमा पर्नसक्छौ | आफ्नो जीवनलाई त्यसप्रकारले खेरनाफाल | " भजहू हरि-पद नीति रे | " कृष्ण चेतनामा सधै संलग्न हौ | त्यो तिम्रो जीवनको सफलता हुनेछ |" अब यो कृष्ण चेतना कसरि सम्पादन गर्ने? उहाँ सल्लाह दिनुहुन्छ : श्रवण कीर्तन​, स्मरण वन्दन​, पाद​-सेवन दास्य रे | तिमीले यी नौ प्रकारका भक्तिमय सेवा मध्ये कुनै एक ग्रहण गर्न सक्छौ | यदि तिमीले यी सबै ग्रहण गर्नसक्यौ भने, त्यो धेरै राम्रो हुन्छ | यदि सक्दैनौ भने, कुनै आठओटा गर्न सक्छौ | तिमीले सातओटा, छओटा, पाँचओटा, चारओटा ग्रहण गर्न सक्छौ | तर तिमीले यदि एउटा मात्रै पनि ग्रहण गर्यौ भने तिम्रो जीवन सफल हुन्छ | यी नौ प्रक्रियाहरु के हुन् ? श्रवणम्, किर्तानम् | अधिकारिक स्रोतहरुबाट सुन्नु | र जप गर्नु | श्रवणं कीर्तनं, स्मरणं | सम्झिनु | वन्दनम्, प्रार्थना | श्रवण कीर्तनं, स्मरणं वन्दन​, पाद​-सेवनम् | एउटा नित्य सेवक जसरि उहाँको चरण कमलमा सेवा गरेर | पूजन सखी-जन​ | वा कृष्णलाई आफ्नो मित्र जसरि माया गर्न सिक्नु पर्छ | आत्म​-निवेदन​ | कृष्णका लागि सबै कुरा समर्पण गर्नु | त्यो भक्तिमय सेवाको तरिका हो, र गोविन्द दासले त्यो कृष्ण चेतनाको कार्यका लागि आकांक्षी हुनुहुन्छ |