NE/Prabhupada 0397 - राधा-कृष्ण बोल तात्पर्य



Purport to Radha-Krsna Bol


"राधा-कृष्ण" बोलो बोलो बोलो रे सोबाई | यो भजन भक्तिविनोद ठाकुरले लेख्नुभएको हो | यहाँ भनिएको छ चैतन्य महाप्रभु र नित्यानन्द प्रभु, नदीया गाउँको सडकमा हिड्दै हुनुहुन्छ, र यी अनुदेशलाई भनेर, सबैलाई सम्बोधन गर्नुभएको छ | उनीहरु भन्नुहुन्छ,"तिमी सबै मानिसहरु, कृपया राधा-कृष्ण वा हरे कृष्ण जप गर |" "राधा-कृष्ण" बोलो बोलो बोलो रे सोबाई | " तिमीहरु सबै, केवल राधा-कृष्ण वा हरे कृष्णको जप गर |" यी अनुदेश हुन् | एइ शिखा दिया | चैतन्य महाप्रभु र नित्यानन्द प्रभु दुवैसँगै सडकमा नाच्दै हिड्दै, निर्देश दिदै हुनुहुन्छ " तिमीहरु केवल राधा-कृष्ण भन |" एइ शिखा दिया, सब नदीया, फिर्छे नेचेऽ ग्और​-निताइ | फिर्छे , फिर्छे भनेको हिड्नु | पुरै नदीया भरि उहाँहरुले सिकाउदै हुनुहुन्छ | एइ शिखा दिया, सब नदीया, फिर्छे नेचेऽ ग्और​-निताइ | तब उहाँ भन्नुहुन्छ, केनो मायार बोशे, जाच्छो भेसेऽ, " किन तिमी मायाको छालमा फोहोर हुदै जादैछौ, भौतिक अज्ञानता मा ?" खाच्छो हाबुडुबु, भाई |" र पुरै दिन रात तिमी चिन्तामा जोडिन जान्छौ | जसरी एक मानिस, जब उसलाई पानीमा राखिन्छ, कहिले ऊ डुब्छ, कहिले माथि आउँछ, तर उसले धेरै संघर्ष गर्छ | त्यसरी नै, मायाको समुन्द्रमा, किन यति धेरै संघर्ष गर्दै छौ ? कहिले डुब्छ, कहिले माथि आउँछ, कहिले खुसि हुन्छ, कहिले खुसि हुदैनौ | वास्तवमा, त्यहाँ खुसि नै छैन | पानीमा, यदि तिमीलाई पानीमा राख्यौ भने, र कहिले कहिँ जब तिमि डुब्छौ र बाहिर आउँछौ. त्यसलाई खुसियाली भनिदैन | अस्थायी समयको लागी केहि समय बाहिर आएर, र फेरी डुब्नु, त्यो खुसियाली होइन | त चैतन्य महाप्रभुले निर्देशन दिनुभएको छ " किन तिमीले यति धेरै परिशान छौ," मायार बोशे, " मायाको तन्त्रमा ?" त के गर्न सकिन्छ ? उहाँ भन्नुहुन्छ जीव कृष्ण​-दास्, ए विश्वास्, " त्यसरी नै विश्वास गर यदि तिमी भगवानको दास छौ भने, तिमी कृष्णको दास हौ |" जीव कृष्ण​-दास्, ए विश्वास्, कोर्ले तोऽ आर दु:ख नाइ: " र जब तिमी यो बिन्दुमा आउँछौ कि तिमी भगवानको दास वा कृष्णको दास हौ, तुरुन्तै तिम्रो सबै क्लेश हरु हट्छन् | त्यहाँ अरु केहि क्लेश हुदैनन् |" यो अनुदेश चैतन्य महाप्रभुले सडकमा हिडेर दिनुभएको छ | जीव कृष्ण​-दास्, ए विश्वास्, कोर्ले तोऽ आर दु:ख नाइ | तब भक्तिविनोद ठाकुरले आफ्नै व्यक्तिगत अनुभव दिनुभएको छ | उहाँ भन्नुहुन्छ, जय सकल विपोद्, " म सबै प्रकारका खतराबाट मुक्त हुन्छौ |" गई भक्तिविनोद | भक्तिविनोद ठाकुर एक आचार्य हुनुहुन्छ, उहाँ अनुभवी हुनुहुन्छ, उहाँ त्यो भन्नुहुन्छ " जब म राधा-कृष्ण वा हरे कृष्ण जप गर्छु, म सबै प्रकारका खतराबाट मुक्त हुन्छौ |" जय सकल विपोद् | जखोन अमि ओ-नाम गाई, " जब मैले यो पवित्र नाम जप गर्छु, हरे कृष्ण वा राधा-कृष्ण, तुरुन्तै मेरा सबै खतराहरु हराउँछन् |" "राधा-कृष्ण" बोलो, सांगे चलो | त्यसैले चैतन्य महाप्रभु भन्नुहुन्छ, " म सडकमा हिडेर तिमीसँग माग्दै छु | यो भीख के हो ? तिमी केवल जप गर | यो मेरो अनुरोध हो |" "राधा-कृष्ण" बोलो, सांगे चलो| " र मेरो पछाडी आऊ |" "राधा-कृष्ण"बोलो, सङ्गे चलो, एइ-मात्र भिक्षा चाइ, " म तिमीलाई केवल यो योगदान दिन आग्रह गर्दैछु, कि तिमी हरे कृष्ण जप गर र मेरो अनुसरण गर, ता कि यो भौतिक समुन्द्रमा तिम्रो अस्तित्वको लागी संघर्ष सकिन्छ |"